सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन : गोपाल कि शिवराज ? कस्ले जित्ला अध्यक्षको कुर्सी?

  • असार २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदको निर्वाचन नजिकिँदै जाँदा धरानको व्यापारिक माहोल मात्र होइन, बौद्धिक र राजनीतिक वृत्त समेत चुनावी सरगर्मीले तताइएको छ।

असार ३० गते हुने निर्वाचनलाई लिएर संघको नेतृत्व कसले लिने भन्ने बहस अहिले चिया पसलदेखि उद्योग परिसंघसम्म गुञ्जिरहेको छ।

अध्यक्ष पदका लागि वर्तमान प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ र अघिल्लो कार्यकालमा अध्यक्षमा पराजित शिवराज श्रेष्ठ प्रतिस्पर्धामा छन्। दुवै जना अनुभवी, योजनाबद्ध र व्यापारी वर्गसँग सघन सम्पर्कमा रहेका उम्मेदवार हुन्। यद्यपि, उनीहरूको एजेन्डा र नेतृत्वको दृष्टिकोण फरक–फरक देखिन्छ।

गोपाल श्रेष्ठ ८ जना पूर्व अध्यक्षको समर्थनमा साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।

सुरुङमार्ग, ड्राइपोर्ट, औद्योगिक ग्राम, व्यापारिक प्रदर्शनी स्थल, "कोशेली घर", वैज्ञानिक कर नीति, हटलाइन सेवा, राहत कोष र प्रविधिमैत्री सचिवालय निर्माणजस्ता योजनासहित उनी व्यापारी वर्गको दीर्घकालीन हित सुरक्षित गर्न चाहन्छन्।

उनका अनुसार धरान–लेउती सुरुङमार्ग निर्माण हुन नसकेमा धरान व्यापारिक रूपमा बाइपास हुन सक्छ, जसले यस क्षेत्रको भविष्य नै खतरामा पार्न सक्छ। त्यसैले सुरुङमार्गलाई उनी धरानको जीवनरेखा मान्छन्।

शिवराज श्रेष्ठ भने संस्थाभित्रको सिन्डिकेट प्रवृत्तिको अन्त्य गर्ने एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्।

उनी धरानको व्यापारिक बजार फेरि सक्रिय बनाउन सुरुङमार्ग, ड्राइपोर्ट, हेल्थ र धार्मिक पर्यटन प्रवर्द्धन, हेलिप्याड निर्माण, लेखा परीक्षण, कर परामर्श र कानुनी सेवा विस्तारजस्ता विषयमा जोड दिन्छन्। उनी भन्छन्, “यसपटक सिन्डिकेट सिस्टम तोड्दै छु,” र उनको विश्वास छ कि व्यापारीहरू परिवर्तनको पक्षमा छन्।

यसपटक संघको निर्वाचनमा राजनीतिक दलहरूको प्रत्यक्ष भूमिका नदेखिए पनि दुबै उम्मेदवार एमाले निकट रहेको चर्चा छ।

 गोपालको प्यानलमा उद्योग, वाणिज्य, एशोसिएट्स र बस्तुगत तर्फका अनुभवी सदस्यहरूको समावेश छ, जसले व्यवस्थापन पक्षमा उनलाई बलियो बनाएको देखिन्छ।

चुनावी मैदानमा एकातर्फ साझा उम्मेदवारको समर्थन, अनुभव र ठूला पूर्वाधार योजनासहित गोपाल श्रेष्ठ छन् भने अर्कोतर्फ सुधारवादी अभियान, पारदर्शिता र परिवर्तनको प्रतिबद्धतासहित शिवराज श्रेष्ठ छन्।

अब मतदाताले निर्णय गर्नु छ—स्थायित्व र संरचनात्मक विकासतर्फ जाने कि सुधार र पुरानो प्रवृत्तिको अन्त्यतर्फ?

धरानको व्यवसायिक नेतृत्व कुन दिशामा मोडिन्छ भन्ने उत्तर असार ३० गतेको परिणामले दिनेछ।

    

1000007817

1000007816

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved