महानगरद्वारा ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण

  • असार २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको छ ।

विराटनगर–१९ स्थित बैजनाथपुर कृषि सहकारी संस्थालाई महानगरले २४ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तारण गरेको हो । जसमा १२ लाख रुपैयाँ महानगर र १२ लाख रुपैयाँ कृषि सहकारीले व्यहोरेको छ ।

मंगलबार महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलको उपस्थितिमा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखाका प्रमुख प्रतीक गड्तौला, कृषि तथा पशुपंक्षी विकास शाखाका संयोजक हिरालाल यादवलगायतले कृषि सामग्री हस्तान्तरण गरेका थिए ।

कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले महानगरले १ थान ट्याक्टर, २ थान मिनि टिलर, सिचाइ मोटर २ हर्षको ५ थान, स्प्रेयर मेसिन ६ थान, समरसिथल पम्प १ थान र रोटाबेटर १ थान हस्तारण गरिएको थियो ।

कृषि सहकारीमा आबद्ध कृषकहरूले उक्त सामग्री उपयोग गर्न पाउनेछन् । बैजनाथपुर कृषि सहकारीमार्फत कृषि सामग्री प्रयोग गरी स्थानीय कृषकले आफ्ना उत्पादन वृद्धि गर्ने शाखा प्रमुख यादवको भनाइ छ ।

महानगर क्षेत्रभित्र १ हजार ३७५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । विशेष गरी ४, ६, ११, १२, १४, १६, १८ र १९ नम्बर वडामा बढी खेतीयोग्य जमिन रहेको छ । त्यस्तै महानगरभित्र ३६ वटा कृषक समूह रहेका छन् । ती समूहमार्फत महानगरले कृषिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

सुनसरी उद्योग वाणिज् ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदको निर ...

धरान–१६ को ग्याबिन ज ...

धरान/ धरान उपमहानगरपालिका–१६ स्थित नौलो बस्तीमा न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved