गरिब तथा विपन्न परिवारहरुलाई सोलार सिष्टम सहित विभिन्न सामग्रीहरु वितरण

  • असोज २३, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / धनकुटाको चौबिसे गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार गरिब तथा विपन्न परिवारहरुलाई सोलार सिष्टम सहित विभिन्न सामग्रीहरु वितरण गरेको छ ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार चौविसे गाउँपालिकाको वडा नं. ७ मौनाबुधुक र वडा नं. ५ बोधेका गरिब तथा विपन्न परिवारहरुलाई उक्त सामग्री वितरण गरिएको हो । सो वडाका अति विपन्न परिवारका २३ घर परिवारलाई २३ थान सोलार, विजुली बत्तीको लागि विधुत मीटर बक्स २४ जनालाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । त्यस्तै गुणस्तरिय शिक्षा सुधार तथा नियमित अनुगमनको लागि माध्यमिक र आधारभुत ३ वटा विद्यालयमा सिसि क्यामेरा जडान गरिएको छ ।
रमाइलो कक्षा संचालनको लागि सो वडामा संचालनमा रहेका केजी र बाल कक्षाहरुमा १२ थान एलइडी टिभी जडान गरिएको छ भने कक्षा–६ देखि १२ सम्म अध्यायनरत छात्राहरुको लागि दुई हजार ८ सय पिस स्यानिटरी प्याड वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताईन् । सो अभियान गाउँपालिकाका सबै वडामा संचालन गरिनेछ । चौबिसे गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् । 120887996_808344603299151_27785178577722575_o copy 120939530_808344693299142_4076712051994227917_o copy

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved