चार महिनामा उत्पादन भएको आलु , कोपि र मूलाको आम्दानीले टरेको घर खर्च

  • असोज १९, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / इलाम र पाँचथरको संगमस्थलमा रहेको फिदिम नगरपालिका १४ सुकेपोखरीकी अस्मिता वान्तावा राईले तरकारी खेतीबाटै चार जनाको परिवार चलाएकी छन । चार महिनामा उत्पादन भएको आलु, कोपि र मूलाको आम्दानीले नै वर्ष भरीको घरखर्च चलिरहेको छ । उनले उत्पादन गरेका तरकारी स्थानीय व्यापारी मार्फत तराई र भारत सम्म पुग्ने गर्दछ । उनले यस वर्ष एक लाख भन्दा वढीको आलू र कोपि बेचीसकिन भने मूला खन्ने तयारीमा छिन ।

सोहि ठाउँकी रञ्जु राईपनी तरकारीबाट भएकै आम्दानीले घर खर्च चलाउछिन । अस्मीता सस्तै रञ्जुको पनी आलु,कोपी र मूला बाट भएको आम्दानीलेनै घर खर्च चलाउने गरेकी हुन । असार महिना देखि कार्तिक महिनाको समयमा उत्पादन गरेको तरकारीले घरमा आवश्यक पर्ने सवै खर्च पूर्याउनु पर्ने हुन्छ । यस वर्ष उनले ६० हजार भन्दा बढीको आलु र कोपी बेचीसकिन भने मूला खन्ने तयारीमा छिन ।

अस्मिता र रञ्जु प्रतिनिधि पात्र मात्र हुन । सुकेपोखरी क्षेत्रमा वुोवास गर्ने सबैको दैनिकी चार महिनाको आम्दानीले चलिरहेको हुन्छ । त्यहाँ जम्मा नौ वटा घर रहेका छन ती सवै घरको मूख्य आम्दानी भनेको तरकारी खेतीनै हो । कात्तिक महिना पछी हिउँ पर्ने हुँदा चार महिना मात्र तरकारी उत्पादन हुने गर्दछ । गतवर्षको तुलनामा अउत्पादन भएको आलुले मूल्य पाएको कारण उनीहरु सन्तुस्ट छन ।

प्रतिमन ३५ सय रुपैयाँ देखी ४० हजार रुपैयाँ सम्ममा आलू विक्रीभएपछि सन्तुस्ट रहेका छन । यस क्षेत्र गाई वस्तु चरनका लागि फराकिलो ठाउँ रहेको हुँदा गाईको दुधबाट पनी आम्दानी हुने गर्छ । यस क्षेत्रको उत्पादित वस्तु पौवा भञ्ज्याङ हुँदै बाहिरी जिल्ला जाने गर्छ तर पौवा भञ्ज्याङ देखी पाँच किलोमिटर कच्चि सडक भएको कारण समस्या भएको छ । बर्खाको समयमानै तरकारी उत्पादन हुने र पानी परेपछि सडक विग्रिएको कारण पनि समस्या हुने गरेको स्थानीय बताउँछन । वर्खाको शुरुमा दुखले ट्याक्टर सम्मत पुग्छ ।

पानी पर्न थालेपछि सडक भत्किएने र खाल्डा खुल्डी पर्न थालेछि समस्या हुनेगरेको उनीहरु बताउँछन । वर्खाको समयमानै तरकारी उत्पादन हुने र ट्याक्टर समेत नपुगे पछि त्यहाँ उत्पादन भएको तरकारी घोडा र मान्छेले वोकेर पौवा भञ्ज्याङ निकाल्ने गरेका छन । पौवावाट जम्मा पाँच किलोमिटर मात्र सडक भएपनि कच्चि सडक हुँदा बर्खाको समयमा समस्या हुनेगरेको स्थानीयको भनाई छ ।

त्यँहा उत्पादन भएको तरकारी बजार ल्याउन समस्या भएको र सुकेपोखरी क्षेत्र पर्यटकीय क्षेत्र भएको कारण सडक स्तरोन्नतीका लागी सरकारी चासो शुरु भएको छ । त्यस क्षेत्रको विकासको लागि बजेट विनियोजन भईसकेको छ । पौवा भञ्ज्याङ सुकेपोखरी सडक स्तरोन्नतिमा ४० लाख रुपैयाँ,चिसापानी,सुकेपोखरी, इलाम देउराली सडक निर्मयामा चारलाख रुपैयाँ विनियोजन भएको सुकेपोखरी लुहाकिल मञ्चका सचिव सुरेस वान्तावाले बताए ।

उनले भने ‘ पर्यटकीय क्षेत्रको विकासका लागि पनि रकम विनियोजन भएको छ ।,‘ लुहाकिल भ्यू पोईन्ट निर्माणमा प्रदेश सरकारको ३५ लाख, लुङमादेन पोखरी संरक्षणमा स्थानीय सरकारको एकलाख ५० हजार रुपैयाँ र बत्तीसे झरनाका लागी पाँचलाख रुपैया बजेट विनियोजन भएको छ ।’ ‘उक्त क्षेत्र होमस्टे अवधारण अनुरुप पर्यटक आकर्षित भएको कारण त्यहाँ पर्यटन आवास गृह,सामुदायिक भवन, होमस्टेमा सोलार प्यानलका साथै स्वास्थ्य र सुरक्षाको समस्या रहेको सचिव वान्तावा बताउँछन ।

_DSC0034

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved