समाज

    Showing 6,381-6,390 of 6,734 items.
  • पाँच दिन अघि भएको सशस्त्र प्रहरी सँगको झडपमा घाइते भएका साहवाज मियाँको मृत्यु

    धरान । सुनसरीको सिमानामा केही दिन अघि भएको सशस्त्र प्रहरी सँगको मुठभेटमा घाइते भएका हरिनगरा गाउँपालिका ७ का साहवाज मियाँको मृत्यु भएको छ । गत साउन २ गते सशस्त्र प्रहरी सँग भएको झडपमा मियाँलाई गोलि लागि घाइते भएका थिए । उनको उपचारका क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहिबार मृत्यु भएको हो । हरिनगरा गाउँपालिका ७ घुस्की स्थित दशगजामा साउन २ गते अवैध रुपमा सामान ल्याउँदै गरेको समयमा चेकजाँचका क्रममा सशस्त्र प्रहरी सँग झडप भएको थियो । सशस्त्रको हतियार खोस्न खोज्दा मियाँलाई पेटमा गोलि लागेको थियो । मियाँको मृत्यु भए पछि स्थानीय आन्दोलित बनेका थिए । विहिबार उनको मृत्यु भ

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 1,001 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसर पारेर वृक्षरोपण

    धनकुटा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसर पारेर ७ हजार भन्दा बढी वृक्षरोपण गरेको छ । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको ४२ औं स्मृति दिवसको स्मरण गर्दै जिल्लाका सातै पालिकाहरुमा पार्टीको निर्देशन अनुसार ७ हजार ५ सय विभिन्न प्रजातिका बिरुवाहरु वृक्षरोपण गरिएको छ । समाजवाद र कमरेड पुष्पलाल विषयक अन्तरक्रिया कार्यक्रम सहित जिल्लाको सातै तहमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रम अन्तरगत चौबिसे गाउँपालिकामा ८ सय, साँगुरीगढी गाउँपालिकामा ५ सय, सहिदभूमि गाउँपालिकामा एक हजार ५ सय र छथर जोरपाटी गाउँ

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 1,176 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • राजस्व कार्यालय धरानमा २१ प्रतिशतले राजस्व संकलनमा कमी

    धरान /  कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण आन्तरिक राजस्व संकलनमा पनि कमी आएको छ । धरान स्थित आन्तरिक राजस्व कार्यालयले अघिल्लो वर्षको तुलनामा वृद्धि गरे पनि आर्थिक वर्ष २०७६÷७८ को लक्ष्य भेट्न सकेन् । धरान स्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७६/७७ को २० दशमलव ६७ प्रतिशतले लक्ष्य भेट्न नसके पनि अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशतले राजस्व संकलनमा वृद्धि गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५ अर्ब ७० करोड ६० लाख २६ हजारको लक्ष्य लिएको थियो । जस मध्ये ४ अर्ब ५२ करोड ६६ लाख ८२ हजार रुपैया (७९ दशमलव ३३ प्रतिशत ) मा

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 2,763 पटक पढिएको
    • " दिनेश गजमेर"
  • इटहरी जेसिजकाे वार्षिकाेत्सवमा गमला तथा डस्टविन वितरण, जेसिज भवन निर्माणको लागि आर्थिक सहयोग

    इटहरी /  इटहरी जेसिजले बुधबार ३२ औ बार्षिकोत्सवकाे अवसर पारेर इटहरीकाे बिपिचाैकमा रोपिएको बिरुवालाइ गमलामा राखेर फोहोर ब्यबस्थापन को लागि डस्टबिन राखिदिएको छ । सभा सम्मेलन तथा केक काटेर वार्षिकाेत्सव मनाउने परम्परालाइ ताेडदै सामाजिक काम गरेर पनि वार्षिकाेत्सव मनाउन सकिन्छ भन्ने उदाहरण दिएको छ । इटहरी जेशिजका अध्यक्ष माधब भट्टराईकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा इटहरीकाे बिपि चाैकमा साना तथा ठुला गरी ६० वटा गमलामा बिरूवा राेपेर राखिएकाे छ भने स्टेन सहितका १५ वटा डस्टविन राखिएकाे छ । कार्यक्रम इटहरी उपमहानगर वार्ड नं ६ का वडाध्यक्ष दिपक गाैतमकाे प्रमुख अतिथिमा सम्पन्न भएकाे थियाे । कार्

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,090 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुन्दरहरैचामा रमाइलो पार्कको सपना देखाएर, डम्पिङ साईड बनाए पछि स्थानीय आन्दोलित

    इटहरी / आगामि ३ वर्ष भित्र सुन्दर पर्यटकिय स्थल बनाउने योजना अघि सारिएको क्षेत्रमा नगरपालिकाले डम्पीङ साईड बनाए पछि स्थानीयहरु आन्दोलित बनेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर ४ मा रहेको बडहरामा पर्यटकिय स्थल बनाउने भनेर स्थानीयको हस्ताक्षर समेत संकलन भइसकेको अवश्थामा नगरपालिकाले फोहोरमैला डम्पिङ गर्न थाले पछि स्थानीयहरु आक्रोशित भएका हुन् । गाउँका अगुवा तथा नेताहरू सहित स्थानीयले नगरपालिकाको गछिया खोलाको किनारमा पर्यटकिय स्थल बनाउने योजना बनाएका थिए । तर नगरपालिकाले डम्पिङ साईड बनाए पनि स्थानीयहरु आन्दोलित भएका हुन् । पर्यटकिय क्षेत्र बनाउँनका लागि करिब अढाई सय स्थानीयको हस

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 972 पटक पढिएको
    • "तेजबहादुर बन "
  • झापामा खोलाले बगाएर एक जनाको मृत्यु

    विराटनगर । झापामा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार भद्रपुर नगरपालिका वडा नम्बर २ को महारानीझोडाका ५० वर्षीय कुमार गजमेरको देउनिया खोलाले बगाएर मृत्यु भएको छ ।गजमेर दिउँसो खोलाको किनारामा मृत फेला परेका हुन । घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतकको कानुनी प्रकृया पुरा गरी शव परीक्षणको लागि मेची अस्पताल भद्रपुर पठाएको छ र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उता,झापाकै बुद्धशान्ति गाउँपालिका वडा नम्बर ७ मा पहिरोमा पुरिएर मंगलवार राति १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको छ । ७७ वर्षीया तिलमाया बराईली, २१ वार्षीया कल्पना बराईली र १९ वर्षीया पृष्टि

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 858 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ११ संक्रमित थपिए

    विराटनगर /  प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरंगको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको शिवसताक्षीमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्याको ८ सय ३५ पुगेको छ । प्रदेश १ मा आज ३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २ पुरुष र १ महिला डिस्चार्ज भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो ।

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,068 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चियाको मूल्यमा विवाद

    इलाम / चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकामा फेरी चियाको मूल्यमै विवाद शुरु भएको छ । नगरका केही उद्योगहरुले किसानको फस्ट फल्सको चिया मुल्य निर्धारण नै नगरी खरिद गरे । जेठको अन्तिम साताबाट केही उद्योगले चियाको बजार अस्थिर भएको भन्दै ३० प्रतिशत माथी मुना भएको हरियोपत्तीलाई ३० रुपैया, ५० प्रतिशत भन्दा मुनि ३० प्रतिशतसम्मकोलाई २० रुपैया मुल्य तोकेर किसानहरुलाई रसिद थमाइदिए । त्यसपछि किसानहरुले नगरले बनाएको गुणस्तरिरय चिया सम्बन्धी मापदण्ड अनुसार न्युनतम ४० रुपैया मूल्य पाउनुपर्ने माग राख्दै जेठ २६ गते नगर प्रमुख समक्ष ज्ञापनपत्र बुझाए । उक्त ज्ञापन पत्र पाएपछि नगरपालिकाले अनुगमा नरेर

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,082 पटक पढिएको
    • "भगिरथ भण्डारी"
  • नेपाल पत्रकार महासंघ धनकुटा शाखाले अक्षयकोष स्थापना

    धनकुटा / नेपाल पत्रकार महासंघ धनकुटा शाखाले पत्रकारहरुलाई विपद्को बेला सहयोग गर्ने उद्देश्यले अक्षय कोषको स्थापना गरेको छ । महासंघले २ लाख २ हजार २ सय २२ रुपैयाँको अक्षयकोष स्थापना गरेको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताए । केही बर्ष अगाडी स्थापना गरेको १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोषलाई बढाएर २ लाख २ हजार २ सय २२ रुपैयाँ पुर्याएको अध्यक्ष श्रेष्ठले बताए । महासंघले आफ्नो कार्यालयको दुई महिनाको सटर भाँडा समेत नलिने निर्णय छ । कोरोना भाइरस र लकडाउनका कारण समस्यामा परेका पत्रकारहरुलाई महासंघको तर्फबाट सहयोग गरेको र अक्षयकोष स्थापना गर्दा सहयोग गर्ने सब

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,278 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • ग्रमिण सडक लथालिङ्ग, विरामी पर्दा एम्बुलेन्स गुड्ने ठाउँ छैन

    इलाम / सिहँ दरबारको अधिकार गाउँ गाउँमा आउछ भन्ने आसा बोकेका इलामका जनता जनप्रतिनिधि आउनु भन्दा पहिले भन्दा जनप्रतिनिधि आएपछि खनिएका बाटा जताततै भत्किएपछि निरास बनेका छन । पहिले सोलिङ गरेर हिउँद वर्खौ यतायात सञ्चालन हुने गरि बनाएका सडक जनप्रतिनिधि आएपछि सडक स्तरोन्नतिका नाममा सबै सोलिङ भत्काएको र केहि दिनदेखि परेको लगातारको वर्षाका कारण यातायात सञ्चालनमा समस्या भएको छ । यातायात सञ्चालन नभएपछि इलामका ग्रमिण क्षेत्रबाट यात्रा गर्न समस्या भएको हो । ग्रामीण क्षेत्रका अधिकाशं सडकमा गएको बाढि र पहिराले सडक अवरुद्ध बनेपछि यातायात सञ्चालन हुन समस्या भएको हो । इलामबाट माईपोखरि जाने बाटो पहिले सोलिङभएका

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,296 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved