भानुचौकमा बस जथाभावि रोक्न नपाइने "निषेधित क्षेत्र घोषणा गर्न माग"

  • माघ १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानको भानुचोकमा अत्यधिक भीड हुन थालेपछि उमनपाले भानुचोकबाट छुट्ने बसहरू जथाभावी रोक्न नपाइने निर्णय गरेको छ ।

नगर प्रमुख तिलक राईको अध्यक्षतामा सोमबार बसेको बैठकले भानुचोकबाट हिँडेका बसहरू दक्षिणमा राम मन्दिरभन्दा अगाडि र उत्तरमा छाताचोकको पुरानो अस्पतालभन्दा अगाडि रोक्न नपाउने निर्णय गरेको हो ।

अबदेखि एउटै प्रकृतिका सवारी साधनहरू एकै ठाउँबाट सञ्चालन तथा व्यवस्थापन गरिने भएको छ ।
सुनसरी यातायात प्रालिका बसहरूका कारण देशीलाइनको दक्षिणपट्टि बाटोमा धेरै भीडभाड भएको गुनासो आएकोे आधारमा त्यहाँ बढीमा पाँचवटाभन्दा बढी बसहरू राख्न नदिने निर्णय गरिएको छ ।

यस विषयमा मङ्गलबार सुनसरी यातायातलाई पत्राचार गरिने बताइएको छ । भानुचोकबाट पहाडी क्षेत्रका लागि छुट्ने बस राख्ने स्ट्यान्डमा बिहान ३ बजेदेखि नै पसलहरू सञ्चालन गर्ने गरेको पाइएकोले अबदेखि बिहान ५ बजेपछि मात्र पसलहरू सञ्चालन गर्न दिइने भएको छ ।

सोही छलफलमा भानुचोक क्षेत्रमा अत्यन्तै भीडभाड र अव्यवस्थित भएको कारण शान्ति–सुरक्षा कायम गर्न नसकिएको विषयमा पनि चर्चा भएको थियो ।

निषेधित क्षेत्र घोषणा गर्न माग

यातायात व्यवसायीहरूले धरानको भानुचोक र वरपरका क्षेत्रलाई सभा-सम्मेलनलगायत कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्टिूय महासङ्घ, १ नम्बर प्रदेश समितिले सोमबार मेयर तिलक राईलाई पत्र बुझाउँदै यस्तो माग गरेको हो । महासङ्घका अध्यक्ष सरोज श्रेष्ठले सवारी साधनको अत्यधिक भीडभाड हुने भानुचोक बसपार्क क्षेत्रमा राजनीतिक दलका कार्यक्रम र साङ्गीतिक कार्यक्रमहरू हुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएकाले निषेधित क्षेत्र घोषणा गर्न माग गरिएको बताए ।

उनले भने, ‘बसपार्क नसरेसम्म भानुचोकलाई निषेधित क्षेत्र घोषणा गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’
धरानमा राजनीतिक दलका सभा-सम्मेलनहरू भानुचोकस्थित ट्याक्सी स्टेन्ड र लोकतान्त्रिक चौतारीमा हुने गरेका छन् । विभिन्न साङ्गीतिक कार्यक्रम तथा कन्सर्टहरू पनि सोही क्षेत्रमा हुने गरेका छन् । यस्ता कार्यक्रमले सधैँ भीडभाड हुने भानुचोक क्षेत्रको टूाफिक व्यवस्थानलाई अस्तव्यस्त बनाउँछन् । अध्यक्ष श्रेष्ठ भानुचोकलाई निषेधित क्षेत्र बनाउनुपर्ने वा कार्यक्रमहरू रातिमात्र आयोजना गर्न दिइनुपर्ने बताउँछन् ।

धरानका मेयर राईले महासङ्घको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै सरोकारवाला निकायहरूसँग आवश्यक छलफल गर्ने बताए ।

यस विषयमा राजनीतिक दल, नागरिक समाज, प्रहरी, प्रशासन सबैसँग छलफल गरिने उनले बताए । ‘दुईवटा टेम्पो लैजाँदा त कत्रो समस्या हुन्छ, झन् दिनभरि कार्यक्रम गर्दा धेरै नै समस्या हुन्छ’, मेयर राईले भने, ‘सरोकारवाला निकायहरूसँग बसेर छलफल गर्छौं ।’ मेयर राईका अनुसार करीब दशकअघि पनि भानुचोकमा सभा–सम्मेलन गर्न नदिने निर्णय भएको थियो तर सो निर्णय पछि कार्यान्वयन हुन नसकेको उनले बताए ।

यातायात व्यवसायीको घ ...

काठमाडौं/ सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश ...

काठमाडौंमा राजावादीक ...

काठमाडौं/  राजधानी काठमाडौंको नारायणचौरमा आइत ...

साकेला उभौलीको भव्य ...

धरान/  किरात राई समुदायको महान पर्व साकेला उभ ...

हल्ला नगरि काम गर्ने ...

धरान/  “जहाँ आवश्यकता, त्यहाँ लायन्स” ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved