मिटरब्याजीलाई कडा कारवाही माग गर्दै अदालतको ध्यानाकर्षण

  • माघ १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । मिटरब्याजीलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दै पीडितहरुले अदालतको ध्यानाकर्षण गराएका छ । मोरङ जिल्ला अदालत परिसरमा पीडितले प्लेकार्ड बोकेर आफूहरुलाई न्याय दिलाई दिन माग गरेका हुन ।

ठगी गरेको आरोपमा पक्राउ परेका मन्टु भनिने सञ्जय रौनियारलाई कारवाही गर्न माग गर्दै मंगलबार पीडितहरुले मोरङ जिल्ला अदालत परिसरमा धर्ना दिएका हुन । उनीविरुद्ध सरकारी वलिकको कार्यालयले अपराधिक लाभ र ठगी मुद्दा दर्ता गराएको छ ।

रौनियारले चर्को ब्याजमा ऋण दिएर जबर्जस्ती असुल गर्ने गरेको र धेरैको विल्लीबाठ गराई दिएको पीडितको भनाइ छ । उनी विराटनगर– ९ घोगापुल चोकका बासिन्दा हुन । प्रहरीले पीडितहरुको उजुरीको आधारमा एक महिनाअघि पक्राउ गरेको हो । उनीविरुद्ध १७ वटा मुद्दा दर्ता छ ।

धनपालथान गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय विनोदकुमार सिंहले आफूहरुलाई रकम लगानी गरेर अनधिकृत रुपमा रकम असुल गर्ने रौनियारले धेरैलाई दुःख दिएकोले कडा कारवाही हुनुपर्ने आफूहरुको माग रहेको बताए ।

उनले चिनेजानेका मान्छेमार्फत पैसा अभाव भएकाहरुलाई धनीपूर्जा राखेर महंगो ब्याजमा पैसा दिने, धम्काएर पैसा असुल्ने र पैसा तिर्न सक्ने नसके जग्गा आफ्नो नाममा पार्ने गरेका थिए ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved