धरान÷ पत्रकार तारा लामगादेद्वारा लिखित दलित समुदायको ऐतिहासिकता, वर्तमान अवस्था र मुक्तिको कार्यदिशासहितको खोजमुलक पुस्तक ‘को हुन् दलित ?’ आइतबार लोकार्पण भएको छ ।
एक नम्बर प्रदेश सांसद् उमिता बराइलीले पुस्तकको लोकार्पण गरेकी हुन् । लोकार्पणपछि बोल्दै उनले पुस्तकले दलित आन्दोलनको ठोस कार्यदिशा निर्धारण गर्न मद्दत पु¥याउने धारणा व्यक्त गरिन् ।
‘पुस्तकले हामीलाई नयाँ छलफलमा जान उत्प्रेरित गरेको छ’ बराइलीले भनिन्, ‘पुस्तकलाई सरकारले पाठ्यपुस्तकका रूपमा समावेश गर्दा जातीय विभेदको अन्त्य गर्न सहज हुनेछ ।’ सदियौँदेखि उत्पीडनमा रहेको दलित समुदायको ऐतिहासिकताको उत्खनन् गर्दै दलित महासङ्घको निर्माणमा पुस्तकले जोड दिएको उनको भनाइ छ ।
सो अवसरमा पत्रकार तथा विश्लेषक भवानी बरालले पुस्तकले उत्पीडित जातिहरूलाई चेतनशील बनाउँदै सङ्गठित बनाएर दलित मुक्ति आन्दोलनको उभार ल्याउन सहयोग पु¥याउने धारणा राखे । पुस्तक खोजमुलक र तथ्यपूर्ण रहेको उनले बताए । त्यस क्रममा लेखक लामगादेले आपूmले ११ वर्षसम्म मेहनत गरेर पुस्तक तयार पारेको सुनाए ।
उनले दलितका विषयमा यसअघि आपूmले अध्ययन गरेका सामग्री अपूरो लागेकोले त्यसलाई पूर्णता दिन पुस्तक लेखेको बताए । त्यसैगरी पुस्तकको प्रकाशक महाप्रतिवाद पत्रिकाका कार्यकारी सम्पादक अनिता रसाइलीले पुस्तक प्रकाशन गर्न धेरै चुनौती रहेको भन्दै अब लेखकका कृति सिङ्गो दलित समुदायको सम्पत्ति बन्ने विश्वास व्यक्त गरिन् ।
दुई सय पृष्ठ रहेको पुस्तकमा १६ वटा विभिन्न शीर्षकमा ६६ वटा उपशीर्षक छन् । महाप्रतिवाद पत्रिकाका प्रधानसम्पादक लामगादेले समसामयिक विषयमा कलम चलाउने गरेका छन् ।