दलितसम्बन्धी पुस्तक विमोचन

  • माघ १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान÷ पत्रकार तारा लामगादेद्वारा लिखित दलित समुदायको ऐतिहासिकता, वर्तमान अवस्था र मुक्तिको कार्यदिशासहितको खोजमुलक पुस्तक ‘को हुन् दलित ?’ आइतबार लोकार्पण भएको छ । 

एक नम्बर प्रदेश सांसद् उमिता बराइलीले पुस्तकको लोकार्पण गरेकी हुन् । लोकार्पणपछि बोल्दै उनले पुस्तकले दलित आन्दोलनको ठोस कार्यदिशा निर्धारण गर्न मद्दत पु¥याउने धारणा व्यक्त गरिन् ।

‘पुस्तकले हामीलाई नयाँ छलफलमा जान उत्प्रेरित गरेको छ’ बराइलीले भनिन्, ‘पुस्तकलाई सरकारले पाठ्यपुस्तकका रूपमा समावेश गर्दा जातीय विभेदको अन्त्य गर्न सहज हुनेछ ।’ सदियौँदेखि उत्पीडनमा रहेको दलित समुदायको ऐतिहासिकताको उत्खनन् गर्दै दलित महासङ्घको निर्माणमा पुस्तकले जोड दिएको उनको भनाइ छ ।

सो अवसरमा पत्रकार तथा विश्लेषक भवानी बरालले पुस्तकले उत्पीडित जातिहरूलाई चेतनशील बनाउँदै सङ्गठित बनाएर दलित मुक्ति आन्दोलनको उभार ल्याउन सहयोग पु¥याउने धारणा राखे । पुस्तक खोजमुलक र तथ्यपूर्ण रहेको उनले बताए । त्यस क्रममा लेखक लामगादेले आपूmले ११ वर्षसम्म मेहनत गरेर पुस्तक तयार पारेको सुनाए ।

उनले दलितका विषयमा यसअघि आपूmले अध्ययन गरेका सामग्री अपूरो लागेकोले त्यसलाई पूर्णता दिन पुस्तक लेखेको बताए । त्यसैगरी पुस्तकको प्रकाशक महाप्रतिवाद पत्रिकाका कार्यकारी सम्पादक अनिता रसाइलीले पुस्तक प्रकाशन गर्न धेरै चुनौती रहेको भन्दै अब लेखकका कृति सिङ्गो दलित समुदायको सम्पत्ति बन्ने विश्वास व्यक्त गरिन् ।
दुई सय पृष्ठ रहेको पुस्तकमा १६ वटा विभिन्न शीर्षकमा ६६ वटा उपशीर्षक छन् । महाप्रतिवाद पत्रिकाका प्रधानसम्पादक लामगादेले समसामयिक विषयमा कलम चलाउने गरेका छन् ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved