उखु किसानहरू पुनः आन्दोलित

  • माघ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान उखु किसान सङ्घर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको छ ।

सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरे पनि भुक्तानी हुन नसकेको भन्दै उनीहरू आन्दोलनको घोषणा गरेका हुन् ।

सङ्घर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रूपमा कबुल गरेको ६५ करोड रुपैयाँमध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाए पनि यसमा शङ्का रहेको विज्ञप्तिमा उल्लेख छ ।

किसानले भुक्तानी पाउनुपर्ने रकमको विवरण उद्योग र उद्योगीसँगै रहेकोले त्यसअनुसार सम्पूर्ण रकम किसानको खातामा भुक्तानी गरिसकेको विश्वसनीय एवम् सप्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा माघ १० देखि आगामी फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालो पट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने आन्दोलनका कार्यक्रम उल्लेख गरिएको छ ।

त्यसपछि तेस्रो चरणको आन्दोलन घोषणा गर्ने सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र किसान रामविकास पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

धरानमा श्रमदानको नाम ...

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै ...

एसईईको परीक्षाफल असा ...

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार ...

धरान सहित २१ स्थान ब ...

इटहरी/  नेपाल सरकारको गृह मन्त्रालयले तयार पा ...

ग्याबियन जाली विवाद ...

धरान/ धरान उपमहानगरपालिकामा ग्याबियन जाली राख्ने क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved