समाज

    Showing 6,161-6,170 of 6,734 items.
  • वर्ष दिन पनि नपुग्दै भत्किन्छन्, कोशी राजमार्गको सडक

    धरान । तीन वर्षअघि देखि सडक डिभिजन कार्यालय विराटनगरले वर्षेनी कोशी राजमार्ग अन्तर्गतको धरान–इटहरी सडक मर्मत गर्दै आए पनि वर्ष दिन पनि नपुग्दै खाल्डै खाल्डा हुने गरेको छ । सडक विभागले वर्षेनी पुर्दै आएको खाल्डाखुल्डीमा कमसल सामान प्रयोग गर्दा वर्ष दिन पनि टिक्न नपाउँदै भत्कीने गरेको छ । तीन वर्ष यता ४ पटकसम्म सडक मर्मत गरिसकेको छ । वर्षेनी सडक मर्मत तथा टालटुल गरेपनि गुणस्तरीय काम नहुँदा कोशी राजमार्गमा पर्ने चारकोशे जंगल देखि जिरोपोईन्ट हुँदै भेडेटार सम्मका सडकहरु खाल्डाखुल्डी बनेका छ । अहिले पनि खाल्डाखुल्डीमा सवारीचालक र पैदलयात्रीलाई सास्ती भएको छ । जताततै भएका खाल्डाले अहिले मुख्य

    • प्रकाशित मितिः मंसिर ४, २०७७
    • 1,107 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छठको दोस्रो दिन खरना मनाउँदै

    धरान । आज छठपर्वको दोस्रो दिन । यस वर्षका सबै चाडपर्वहरु खुलेर मनाउन नपाएको अवश्था छठ पर्व पनि प्रभावित बनेको छ। खोला, नदीहरुमा छठको पहिलो दिन देखिनै सिंगारिने गरिन्थे तर यस वर्ष कोरोनाका कारण स्थानीय सरकारले प्रतिबन्ध लगाए पनि घर घरमै विभिन्न धार्मिक रित पुरा गर्दै छठ पर्व मनाईरहेका छन् । दोस्रो दिन आज पानी समेत नखाई व्रत बसिने ‘खरना’ मनाउने तयारीमा छन् । भोलि मंसिर ५ गते अस्ताउँदो सुर्यलाई र मंसिर ६ गते विहान उदाउँदो सुर्यलाई अर्घ दिएर समापन गर्ने तयारी स्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो । आजको दिन भर व्रत बसेर व्रतालुहरू साँझमा एक छाक मात्र भोजन गर्दछन् । आज एक छाक मात्र

    • प्रकाशित मितिः मंसिर ४, २०७७
    • 942 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीको सुरक्षा योजना सफल बन्दै

    इटहरी । चाडपर्वको समयमा हुने अपराधिक कृयाकलापलाइ मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय इटहरीले बनाएको सुरक्षा योजना कार्यान्वयन संगै सफलता पाएको छ । बडादशैको बेला इटहरी १२ खनारस्थित पुष्प नारायण चौधरीको घरभित्रबाटै चोरी भएको कार सहित चोरीमा संलग्न ब्यक्तिहरू समातिएपछि प्रहरीको अभियानले सफलता पाएको हो । घरमा नै पार्किङ गरी राखिएको कार चोरीमा संग्लग्न रहेका ४ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका(१ बस्ने २० बर्षीय प्रदिप चौधरी, ईटहरी(१३ का २० बर्षीय संजय सरदार, १९ बर्षीय नरेश सरदार र अबिनास सरदार रहेका छन् । गत असोज २९ गते राती सुनसरीको ईटहर

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • 1,220 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आजदेखि तिहार सुरु, आज काग तिहार मनाइँदै

    धरान । हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार आज देखि सुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । आज कार्तिक गते २८ गते शुक्रबार काग तिहार , कार्तिक २९ गते शनिवार कुकुर तिहार,लक्ष्मीपूजा कार्तिक ३० गते आइतबार गाईपूजा,महपूजा अर्थात आत्मपूजा , एवम् तिहारको अन्तिम दिन मंसिर १ गते सोमबार गोवर्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • 1,497 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी यातायातको बेथिति : राजस्व काउण्टर बन्द हुदा सवारी धनिहरू मार्कामा ,जरिवाना तिराए आन्दोलन गर्ने चेतावनी

    इटहरी । इटहरी २ शान्तिनगरका मणिकुमार गिरी गत अशोज २१ गते कोशी अञ्चल यातायात ब्यवस्था कार्यालय इटहरीमा आफ्नो तिन चक्के सवारी साधनको जाचपास नविकरणकालागि पुगे तर सर्वर नभएकोले भोलि आउन गरिएको आग्रह अनुसार उनि पुनःभोली पल्ट कार्यालय खुलिसकेपछि पुगे त्यो दिन पनि सोहि समस्याका कारण राजस्व बुझाउन पाएनन । उनले राजस्व बुझाउने बिषयमा गत कार्तिक ९ गते पुन कार्यालको राजस्व फाटमा गएर बुझे त्यो दिन पनि नेटमा समस्या देखिएको भन्दै कर्मचारीले फर्काए । अहिले राजस्व तिर्न जादा जरिवाना लाग्छ भनेपछि गिरी एकछिन झस्किए । एक त लापरवाहिले पैसा तिर्न आएका सेवाग्राहिलाइ सेवा नदिने अनि अहिले जरिवाना लाग्छ भनेपछि गिरीको

    • प्रकाशित मितिः कार्तिक २७, २०७७
    • 1,345 पटक पढिएको
    • "तेजबहादुर बन "
  • खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने प्रक्रिया शुरु

    धरान । लामो समय देखि विवादित रहेको धरानको खानेपानी संस्थानलाई धरान उपमहानगरपालिकाको वोर्डमा मर्ज गर्ने प्रक्रिया शुरु भएको छ । कार्यपालिकाको गत कार्तिक ५ गतेको बैठकले २६ गते संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार संस्थानलाई बोर्डमा मर्ज गर्ने प्रक्रिया शुरु भएको धरान उपमहानगरपालिकाका प्रमुख तथा बोर्डमा अध्यक्ष तिलक राईले बताए । मर्ज गर्ने लामो प्रक्रिया रहेकाले बुधबार (आज) देखि मर्जको प्रक्रिया शुरु भएको बताए । संस्थानलाई वोर्डमा मर्ज गर्नको लागि आबस्यक छलफल तथा प्रकृया अघि बढाइएको बताएका छन् । उनले भने, ‘मर्ज भन्ने प्रकृया लामो हुन्छ त्यसको लागि आबश्यक छलफल भइ

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,095 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना कहरबिच ५ हजार राजावादी सडकमा निस्कने,प्रहरीलाई हाइ अलर्ट रहन निर्देशन

    इटहरी । कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको र मानविय क्षती समेत बढिरहेको अवस्थामा सरकारले कुनै पनि जिल्लामा भिडभाड हुने त्यस्तो कार्यक्रम नगर्न निर्देशन दिइरहेको बेला आगामि कार्तिक २७ गते प्रदेश एक अन्तरगत मोरङको बिराटनगरमा ५ हजार राजावादिहरू सडकमा निकाल्ने तयारी भएको छ । लोकतन्त्र स्थापना पश्चात देश संघियतामा गएपनि कुनै परिर्वतन नभएको , नेताहरूको राजनीतिले राष्ट्र र जनता प्रत्यक्ष मारमा परेको भन्दै मुलुकमा राजसंस्था ब्युताउन राजावादिहरूले आगामि कार्तिक २७ गते बिराटनगरमा बिशाल मोटरसाइकल र्यालीको आयोजना गरेका छन । र्यालीको बिषयमा राजावादिहरूले मंगलबार सुनसरीको इटहरी , मोरङको बिराटनगर , उर्ला

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,301 पटक पढिएको
    • "तेजबहादुर बन"
  • कोरोनाको डर देखाएर संस्कार माथि षडयन्त्र गर्न खोजेको आरोप,सुरक्षा मापदण्ड सहितको अन्त्येष्टी विधि बनाउन आग्रह

    धरान । कुनै संक्रमितको मृत्यु हुँदा आफन्तले धार्मिक परम्पराअनुसार दाहसंस्कार गर्न चाहेमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गरेर सजकता अपनाउँदै नेपाली सेनाको सहयोग र व्यवस्थापनमा शवको अन्त्येष्टी गर्न पाउने कुरा कार्यविधिमा उल्लेख रहेको छ । तर कोरोना संक्रमण पुष्टि भएका मृत्तकहरुलाई नेपाल सेनाले अन्तीम संस्कार गर्दै आएको छ । संक्रमण फैलिन सक्ने डरले आफन्तहरुलाई नजिक पनि पर्न दिइदैन । स्थानीय सरकारले व्यवस्थापन गरेको जंगलमा स्काभेटरले खाल्डो खनि नेपाली सेनाले पुर्ने गरेका छन् । न त आफन्तले हेर्न पाउँछन्, न त परिवारले दाहसंस्कार नै गर्न पाएका छैन्न । नेपाली हिन्दु धर्म अनुसार मृत्तकलाई छोर

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,510 पटक पढिएको
    • "दिनेश गजमेर "
  • विजयपुरका सबै मन्दिरहरु मंसिर ६ गते सम्म बन्द

    धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले कार्तिक २४ गते देखि मंसिर ६ गते सम्म सबै मठमन्दिर तथा अन्य धार्मिक स्थलहरुमा निषेधाज्ञा जारी गरे पनि धरानका मठमन्दिरहरुमा भक्तजनहरुको भिड हुन थाले पछि धरानको वडा नम्बर १४ ले विजयपुर क्षेत्रका सबै शक्ति पीठहरु तथा मन्दिरहरुमा पुजा आजा बन्द गरिएको सुचना सार्वजनिक गरेको छ । प्रशासनले निषेधाज्ञा जारी गरे पनि धार्मिक स्थलहरुमा पुजाआजा गर्न भक्तजनहरुको भिड लाग्न थाले पछि वडा कार्यालय १४ ले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको वडाको बैठकमा प्रशासनको निर्णय पुर्णरुपमा पालना गराउन शक्ति पीठहरु तथा मन्दिरहरुमा पुजाआ

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,758 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोराना उपचारको लागि इटहरीमा एकै दिन चारवटा स्वास्थ्य भवनको शिलान्यास

    इटहरी । कोरोना भाइरस संक्रमणको कारण सिंगो मुलुक नै अस्तब्यस्त भइरहेको बेला सुनसरिको इटहरी उपमहानगर भने बिकासको लहर समात्न ब्यस्त बनेको छ । कोरोना कहर चलिरहदा पनि इटहरीमा बिकासका काममा भने कुनै अवरोध नआएको प्रस्ट देखिएको छ । आइतबार एकै दिन इटहरी उपमहानगरमा ४ वटा स्वास्थ्य इकाई भवन शिल्यान्यास गरिएको छ । इटहरीको वार्ड नं ४,१९ , ११ र १३ वडामा भवन शिलान्यास गरिएको हो । वडा नं ११ मा बिहान उपमहानगरका प्रमुख मेयर द्वारिकलाल चौधरीले भवनको शिलान्यास गरेका थिए भने बाकिका तिनवटामा मेयर चौधरी संगै उपमेयर लक्ष्मी गौतमले पनि शिलान्यास गरेका थिए । अब इटहरीको १४ वटा वडामा स्वास्थ्य इकाई भवन निर्माण हुने भएक

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,190 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved