विराटनगर । सुनसरीको कोशी गाउँपालीका ८ स्थित भण्टाबारीमा आईतबार भएको दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२४४ नम्बरको हायस अर्कोतिरबाट आउँदै गरेको बा ३ ख ९३६८ नम्बरको पिकअप भ्यान र स १ छ ४६६१ नम्बरको मोटरसाइकलमा एक आपसमा जुधेका थिए ।
घटनामा मोटसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका– ५ का २८ वर्षीय उदय साह, मोटसाइकलमा सवार विराटनगरका ४० वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर– ७ का ३८ वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको बताइएको छ ।
उनका अनुसार हायस चालक नुवाकोट विदुर नगरपालिका– १३ का ३५ वर्षीय विवश तामाङ र सहचालक सोही नगरपालिका– ११ का २५ वर्षीय नारायण बस्याल घाइते भएका छन् । घाइतेहरुको इनरुवा अस्पतालमा उपचार भईरहेको छ ।