धरान/ इलाका प्रहरी कार्यालय धरानमा नयाँ डिएसपी नरेन्द्र कुवँर आएका छन् ।
धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतको प्रहरी प्रधान कार्यालयमा सरुवा भएसगैँ धरानमा नयाँ डिएसपी आएका हुन् ।
गत जेठ २३ गते प्रहरी प्रधान कर्यालयबाट सरुवा भइ धरान आएका बस्नेत करीब १३ महिनाको धरान बसाई पछि पुन: प्रहरी प्रधान कार्यालय सरुवा भएका हुन् । यसअघि प्रदेश २ प्रहरी गणमा कर्यारत रहेका कुवँरले सङ्घीय इकाई प्रहरी कार्यालय धरानमा कार्यरत हुँदै पूर्व क्षेत्र मोरङको रंगेली, पाँचथरमा प्रहरी कमान्ड समेत समाल्दै आएका र अख्तियार अनुसन्धानमा समेत काम गरिसकेका छन् ।
कुवँरलाई आइतबार डिएसपी बस्नेत, इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओली साथै १३ नं वडा कार्यालयका वडाध्यक्ष नेत्र प्रसाद काफ्ले स्वागत गरेका थिए ।