निरन्तरको झरीले कोरोना बिरामीका कुरुवालाई सास्ती

  • असार १८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । केही दिन देखिको निरन्तरको वर्षाले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालका बिरामीका कुरुवाहरुले सास्ती भोग्नु परेको छ । झरी पर्न थाले पछि उनीहरु रातमा पनि जागै बस्नु परेको अवश्था छ ।
वर्षाको मौसम असार देखि शुरु भएको झरी साउन सम्मनै निरन्तर रहन्छ । हावा पानी सहितको झरीले बाँझिटा हाने पनि टेन्ट टाँगेर बनाइएका टहरा पनि बसि नसक्नुनै हुन्छ, भने कुरुवा घरमा पनि बाँझिटा पसेर भिजाउने गरेको छ ।

कोभिड अस्पतालमा बिरामी भर्ना गर्न थाले पछि धरान उपमहानगरपालिकाको पहलमा स्थानीय सामाजिक संस्थाहरुले टेन्ट टाँगेर बस्ने ठाउँ बनाइदिएका थिए । केही दिन अघि मारवाडी समाजले निर्माण गरिदिएको भवन पनि प्रतिष्ठानलाई हस्तान्तरण गरिदिइ सकेको छ । तर त्यो भवन पर्याप्त नभएको बिरामीका कुरुवाहरुको गुनासो छ । टेन्ट टागिएका स्थानमा चारै तिर बाझिटा हानेर बस्नै नसक्ने अवश्थामा पुगेको छ ।

समाजले निर्माण गरिदिएको भवनमा पनि पश्चिम तर्फबाट बाझिटा आउँदा बस्नै नसक्ने अवश्था रहेको उनीहरुको गुनासो छ । कुरुवा घर निर्माण भए पनि पानी परेको बेला समस्या हुने गरेको धरान १७ का बिरामीका कुरुवा राजकुमार सुनार बताउँछन् । पानी परेको समयमा पालले थेग्न नसक्दा समस्या हुने गरेको उनको भनाइ छ ।

मारवाडी सेवा समिति र नेपाल अग्रवालको सहकार्यमा निर्माण भएको कुरुवा घर १८ फिट चौडाइ र ८० फिट लम्बाइको हल रहेको छ । त्यस्तै टेन्ट टाँगेर ५ वटा टहरा बनाइएको छ । कुरुवा घरमा केही सहज भए पनि टेन्ट टाँगेर बनाइएको टहरामा बस्ने कुरुवाहरुले बढी सास्ती भोग्नु परेको छ । हावा सहित झरी पर्दा चारैतिरको बाँझिटाले टेन्ट भित्रै बस्न नसक्ने अवश्था रहेको उनीहरुको गुनासो छ । सुनारले भने, दिउँसो त यता उता ओत लाग्छौं, राती चै जागै बस्नुपर्छ, बाँझिटाले भुईमा ओछ्याइएका म्याटहरु पनि सबै भिजेका छन् ।’

कुरुवा घरमा अहिले ४० जना सम्म बस्ने गरेका छन् भने ठुला टेन्टमा ३० जना सम्म खादिएका छन् । साना टेन्टहरुमा ५÷१० जनाको दरले बस्नु पर्ने अवश्था छ । निरन्तरको भरीले टेन्टहरु फाट्न थालिसकेका छन् । पानी चुहिन थालेको छ । हावा सहितको झरीमा टेन्टनै उठाउने डरले बाँस समाएर बस्नुपर्ने अवश्था छ ।

अहिले कोभिड अस्पतालमा ५७ जना बिरामी उपचाररत छन् । उनीहरुको कुरुवा करिब सय जना भन्दा बढी कुरुवाहरु टेन्ट तथा कुरुवा घरमा बस्दै आएका छन् ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved