पाँच हप्ता पछि जंगलमा भेटियो छोराको शव, न्याय माग्दै प्रदिपका परिवार

  • असार १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt बाँयाबाट क्रमशः घटनको विषयमा जानकारी गराउदैँ परीवार, मृतक प्रदीप सुब्बा, जंगलमा फेला पारीएको प्रदीपको शव

धरान । वैशाख ७ गते देखि हराएका धरान ५ देउरालीका प्रदिप सुब्बाको शव करिब २७ दिन पछि पत्रङबारीको जंगलमा भेटिएको थियो । सुब्बाको परिवारले स्थानीय शंकास्पद व्यक्तिको नाममा उजुरी दिएको पनि ५ हप्ता पुगेको छ । तर अहिले सम्म न त ती व्यक्ति नै पक्राउ परेका छन् न त प्रहरीले उजुरीनै दर्ता गरेको छ ।

अहिले सुब्बाका बुबा, आमा र बैनी न्यायका लागि भौतारिरहेका छन् । वेवारिसे अवश्थामा शव भेटिएको १ महिना एक साता पुगिसक्दा पनि प्रहरीले आरोपितहरुलाई पक्राउ नगरेको भन्दै आक्रोशित बनेका छन् । उनीहरुले मंगलबार पत्रकार सम्मेलन गरि न्यायका लागि आग्रह गरेका छन् ।

मृत्तककी बहिनी कृतिमा सुब्बाले धरान ५ पत्रङबारीका रामकुमार राई, भरत भुजेल र मंगलसिंह लिम्बुको नाममा किटानी जाहेरी दिएकी थिईन् । जेठ ९ गते नै किटानी जाहेरी दिए पनि प्रहरीले अहिले सम्म उनीहरुलाई पक्राउ नगरेको बहिनी कृतिमाले बताईन् । प्रहरीले अहिले सम्म जाहेरी पनि दर्ता नगरेको उनको भनाई छ । उनले भनिन्, ‘पोष्टमार्टमका लागि निवेदन दिनु, अहिले पछि जाहेरी दिनु भने पछि शव बुझेको पर्सिपल्ट जेठ ९ गते जाहेरी दिएका थियौं, अहिले चै घरी दर्ता भइसक्यो भन्छ, घरी दर्तानै गरेको छैन् भन्छ ।’

प्रदिपका बुबा सुर्य बहादुर सुब्बाका अनुसार आरोपित मध्ये मंगलसिंह लिम्बुको फर्ममा भरत भुजेल संगै काम गर्थे । धरान १४ मा बस्ने भरत भुजेलसँग केहि दिन अघि प्रदिपको झगडा पनि भएको थियो । मोबाइल बिगारिदिएका भरतले प्रदिपलाइ मोबाइल बनाइदिएको भन्दै लिन बोलाएका थिए । वैशाख ७ गते मंगलसिंह लिम्बुको फर्ममा मोबाइल लिन गएका प्रदिपको शव जेठ ५ गते पत्रङबारी देखि केही माथि बैदानेखोप भन्ने ठाउँमा भेटिएको थियो ।

प्रदिप हराएको लामो समय बितिसके पछि उनका परिवार वैशाख २७ गते मंगलसिंहको फर्ममा सोधखोज गर्दै पुगेका थिए । प्रदिपका बहिनी कृतिमालाई त्यही दिन फर्किएको भन्दै मंगलसिंहले जवाफ दिएका थिए । त्यसपछि खोजतलास तिव्र हुँदै गए पछि जेठ ५ गते राम कुमार र मंगलसिंहले शव भेटिएको जानकारी गराएका थिए । प्रहरीले शव उठाएको थियो ।

शवको पोष्टमार्टम गरि अन्तिम संस्कार समेत गरिसकिएको छ । प्रदिपका परिवार प्रहरीले अनुसन्धानमा तिब्रता नदिएको भन्दै न्यायका लागि गुहारिरहेका छन् । आरोपितहरु गाउँमै घुमि रहँदा पनि प्रहरीले नजरअन्दाज गरेको उनीहरुको गुनासो छ । आरोपितहरुलाई चाडो भन्दा चाडो पक्राउ गरि कानुनी कारवाही अघि बढाउनुपर्ने उनीहरुको माग छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलि घटनाको अनुसन्धानमा कुनै ढिलाई नभएको बताउँछन् । घटनाको अनुसन्धानमा आफै खटिएको बताउँदै ओलिले कुनै कमजोरी नहुने बताए । उनका अनुसार पोस्टर्माटममा टाउकोमा चोट लागेको देखिएको छ । उनले भने, सामान्य घटना होइन्, त्यो अस्वाभाविक रहेको छ, त्यसैले अनुसन्धान भइरहेको छ ।’ किटानी जाहेरी दर्ता नभए पनि अनुसन्धान प्रक्रिया नरोकिएको उनले बताए । किटानी जाहेरी दिएका व्यक्तिहरु मात्रै घटनामा संलग्न हुन सक्ने भएकाले अनुसन्धानबाट खुलिसके पछि जाहेरी दर्ता गर्नु उत्तम भएकाले सोही अनुसार अघि बढेको उनको दाबी छ ।

कार्यालय प्रमुख डिएसपी नरेन्द्र कुँवरले सोमबार देखि मात्रै जिम्मेवारी सम्हालेकाले केही दिन अध्ययन गर्न समय दिनका लागि आग्रह गरे । सम्पुर्ण अध्ययन सकेर पिडित परिवारलाई सँग छलफल गर्दै कानुनी प्रक्रिया अघि बढाइने उनले बताए ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved