अर्ग्यानिक उत्पादनमा किसानको आकर्षण

  • असार १८, २०७८
  • "रासस"
alt

भोजपुर । भोजपुरका किसान अग्र्यानिक तरकारी उत्पादनमा लागेका छन् । विषादीरहित तरकारीको माग बढेसँगै कृषकले अग्र्यानिक तरकारी खेती गर्न थालेका हुन् ।

षादीको प्रयोगले गर्भवती महिला, बालबालिकासँगै मानवीय स्वास्थ्यमा प्रतिकूल असर पार्ने स्वस्थ्यकर्मीले सुझाएपछि यहाँका किसान अग्र्यानिक तरकारी खेतीतर्फ उन्मुख भएका छन् । कृषि ज्ञान केन्द्र भोजपुरको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका २१ परिवारले अग्र्यानिक खेतीको थालनी गरेका छन् ।

स्याउला तथा गाईगोरुको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी लगाउन थालेको स्थानीय कृषक शान्तिकुमार कार्कीले बताए ।

यसरी लगाएको तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन किसान गाईगोरु तथा पशुको मूत्रलाई विषादीको रूपमा प्रयोग गरिन्छ ।

मानवीय स्वास्थ्यमा कुनै असर नपार्ने भएकाले किसानहरू आलु, टमाटर, मुलालगायत अन्य तरकारी उत्पादनमा समेत कम्पोस्ट मल प्रयोग गर्न थालेका छन् । उत्पादन बढाउन प्रांगारिक मलको प्रयोग बढ्दै गएको उनीहरूको भनाइ छ ।

तरकारी उत्पादनका लागि उपयुक्त हावापानी भएकाले प्रांगारिक खेती प्रवद्र्धन अभियान कार्यक्रम अन्तर्गत तरकारी खेतीको थालनी गरिएको बताइएको छ । घरगोठमा निर्माण भएको मलको प्रयोग गरी तरकारी खेती गर्नेको संख्या पनि क्रमशः बढ्न थालेको कृषि ज्ञान केन्द्र भोजपुरले बताएको छ ।

१० लाख लागतमा दुईओटा क्लस्टर बनाएर प्याउली र सिमटारका कृषक समूहले परीक्षणको रूपमा अग्र्यानिक खेतीको थालनी गरेको केन्द्रले जानकारी दिएको छ ।

तस्करीको प्रयास असफल ...

इलाम/भारततर्फ तस्करी गर्न लागिएको झण्डै ३२ लाख रुपैयाँभ ...

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved