नगद सहित लागूऔषध ब्राउन सुगर कारोबारमा सम्लग्न ४ जना पक्राउ

  • असार १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

झापा। झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ ।

सोमबार दिउसो सँवा ३ बजे दमक-६ थाना रोड स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु र २२ बर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनिहरुले खरिद गरि ल्याएको स्थान खुल्न आए सगै ईलाम चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र सावाको कोठाबाट पाँच लाख चौध हजार तीन सय सहित पक्राउ गरिएको छ ।

बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा ईलामको घरमा लागूऔषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनिहरुको घरमा गई खानतलासी गर्दा बिक्रम कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र सावाको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम समेत बरामद गरिएको छ । पक्राउ परेका चारैजना माथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved