विराटनगर । मोरङको सुनवर्षीमा नगपालिकामा मदिराको नशामा लठ्ठिएका छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।
सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुंगाले हानेर बुवा ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको जिल्ला मोरङ प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले घरसायी विवादमा बुवा सुतिरहेको स्थानमा पुगेर ढुङ्गाले हानेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।
गम्भीर घाइते भएका टिनताललाई उपचारार्थ कोसी अस्पताल विराटनग ल्याइएको थियो । त्यहाँबाट सुविधा सम्पन्न अस्पतालमा रेफर गरेपनि गम्भीर अवस्थाका उनलाई घरमै लगेर राखिएकोमा आइतबार बिहान साढे ५ बजेतिर मृतयु भएको बताइएको छ ।
कोसीले सुविधासहितको अस्पताल लैजान रेफर गरेको तर कमजोर आर्थिक अवस्थाका कारण वृद्धलाई अस्पताल लग्न नसकेको बरु घर लगेर राख्दा त्यही निधन हुन पुगेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दयालुलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाउन प्रक्रिया अघि बढाइएको छ ।