धरान/ रोट्रयाक्ट क्लब अफ धरान घोपाले मंसिर २ गते देखि मंसिर ८ सम्म विश्व एन्टिमाइक्रोबियल जागरुकता सप्ताह मनाइरहेको छ । ‘आजको संसारमा एन्टिमाइक्रोबियल प्रतिरोध एक “लुकेको महामारी“ बन्न पुगेको छ, जसको संकमणको जोखिममा हामी सबै छौँ । त्यसैले एन्टिबायोटिक्सको सचेतनाका साथ प्रयोग गरौँ, आफ्नो भविष्य सुरक्षित गरौँ ।’ भन्ने नाराका साथ कार्यक्रम सप्ताह भरी एन्टिबायोटिकहरूको सदुपयोग कसरी गर्ने र यसको दुरुपयोगको जोखिमबाट बच्ने उपायहरुको बारेमा जनचेतना फैलाउने कार्यक्रम संचालन गरिरहेको छ । वि. पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकको बाल
रंगेली/ आर्थिक अभावका कारण मृगौलाको रोगबाट पिडित मोरङको रतुवामाई नगरपालिका १ स्थित बक्राह खोलाको किनारमा बस्दै आएका एक माझी परिवारले सहयोगको लागि आग्रह गरेको छ । बगरको ऐलानी जग्गामा बस्दै आएका छैतालु माझीले आफ्नी श्रीमती कृष्णदेवी माझीको उपचारका लागि आर्थिक सहयोगका लागि आग्रह गरेका छन् । आर्थिक अभावका कारण एउटा मृगौला खराब भए पछि हप्तामा दुई पटक गर्नु पर्ने डायलासिस समेत गर्न नसक्ने भए पछि सहयोगका लागि आग्रह गरेका हुन् । करिब ४ महिना अघि महिनावारीको समयमा धेरै रगत जान थाले पछि छैतालुले श्रीमतीलाई उपचारका लागि भारतका विभिन्न अस्पतालहरुमा पु¥याए । एक महिना अघि देखि पुनः बिरामी परेपछि ब
इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीमा बिहीबार नव नियुक्त डिएसपि खगेन्द्र खडकाले कार्यभार सम्हालेका छन । उनले शहरमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा स्थापित गराउने सवालमा कुनै राजनीतिक दल वा कसैसंग सम्झौता नगरी कानुन अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । केहि वर्ष अघि इटहरी प्रहरीमै प्रहरी निरिक्षकको जिम्मेवारी सम्हालेर अन्तै सरुवा भएर गएका थिए । त्यो बेला पनि इटहरीमा फस्टाएको बेश्याबृति अन्त्य गर्न तत्कालिन डिएसपि बिनोद कुमार शर्मालाइ साथ दिएका थिए । इटहरीमा हुने अपराधिक गतिविधिहरूलाइ नजिकबाट नियाली सकेका डिएसपी खड्काले समाजमा हुने अनैतिक गतिविधिको अन्त्यसंगै सुरक्षाको हिसाबमा कटिव
धनकुटा/ पुर्वी पहाडी जिल्लाहरुमा लगाइएका गाँजा खेती पटक पटक प्रहरीले मासिदिने गर्छ । विशेष गरि धनकुटाको शहीदभुमि गाउँपालिकामा गाँजा खेती हुने गरेको छ । गाँजा खेतीलाई वैधानिक मान्ने कि अवैध मान्ने बहस चलिरहँदा धनकुटाका संघीय सांसद राजेन्द्र कुमार राईले जनता र राष्ट्रलाई समृद्ध बनाउन गाँजा खेति किसानलाई प्रोत्साहित गर्नु पर्नेमा जोड दिए । शहीदभूमि गाउँपालिकाका जनताको समृद्धिका लागि गाँजा खेति आवश्यक भएको बताउँदै धनकुटाबाट निर्वाचित संघीय सांसद राईले २०३० सालदेखि प्रतिबन्धित भएको गाँजा खेतिलाई कानून बनाएर पुनः खेतिका लागि किसानलाई उत्साहित गर्नुपर्नेमा जोड दिए । धनकुटा नगरपालिका र धनकुटा न
सुनसरी । सुनसरीको दुई स्थानबाट गाडी सहित ५६ बोरा भारतिय चिनी बरामद भएको छ । गत मंसिर १ गते ईनरुवा नगरपालिका ९ पोखरीचौक स्थितबाट अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा भारतवाट नेपाल तर्फ भन्सार छली प्र १–०२–००२ च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा ल्याइएको भारतिय चिनी सहित सामान धनीलाई पक्राउ गरेको हो । यसै गरी गढी गाऊपालिका ४ स्थित सडक खण्डमा प्रहरीले २ वटा मोटर साईकलमा सवार मानिसहरुले २ वोरा सुर्ति र ६ वोरा चिनी ल्याउदै गरेको अबस्थामा प्रहरीलाई देखी मोटरसाईकल र सामान छोडी भागेका थिए । बरामद गरिएको ५६ बोरा चिनी, सुर्ती सहितको मुल्य १६ लाख ८६ हजा
धरान/ केन्द्रिय सरकारको मातहतमा रहेको धरानको आयुर्वेदिक औषधालय स्थानीय सरकार मातहतमा आएपनि औषधालयको सुधार हुन सकेको छैन् । आयुर्वेदिक चिकित्सा प्रणाली मार्फत सर्वसाधारणको उपचारको पहँुच स्थापना गर्ने उद्देश्यले नेपाल सरकारले धरान १५ निराजन वस्तीमा औषधालय सञ्चालनमा ल्याएको थियो । औषधालय धरान उपमहानगरपालिकाको मातहतमा आएपछि धरान आयुर्वेदिक औषधालय नामाकरण भएर सञ्चालनमा ल्याए पछि सामान्य परिवर्तन गरिए पनि पूर्ण रुपमा सुधार हुन सकेको छैन् । दुई बर्ष अघि उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा औषधालयको निरीक्षण गर्न पुगेको टोलीले औषधालयमा कुनै प्रकारको औषधि नपाइएको, कविराज समयमा कहिल्यै कार्यालय
विराटनगर/ मोरङको बुढीगङ्गा गाउँपालिका–६ कोयलपुरमा युवा हत्या आरोपमा चार जना पक्राउ परेका छन् । युवाहरूबीच सामूहिक झगडामा धनकुटा पाख्रीबास स्थायी घर भई इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरी बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका ७ का २१ वर्षीय बिक्रम खड्का, बुढिगंगा ६ का २४ वर्षीय इश्वर लिम्बू, सोहि ठाउँका १८ वर्षीय सुदिप उराँव र २० वर्षीय सुदिप उराँव छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी दीपक श्रेष्ठले उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको
बराहक्षेत्र/ आसन्न १४ औं महाधिवेसनलाई पुस्ता हस्तान्तरणका रुपमा प्रयोग गरिनुपर्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले जोड दिएका छन् । बिहिबार सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित चक्रघट्टिमा कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्ब सभापति समेत रहेका घिमिरेले कांग्रेसको नेतृत्बमा रहेका नेताहरुले अब सल्लाहकारको रुपमा बसेर दोस्रो तहका नेताहरुलाई पार्टीको नेतृत्वको हस्तान्तरण गरिदिनु पर्ने वताए । उनले यो महाधिवेशनलाई नेतृत्व परिवर्तनको अधिबेशन बनाउनु पर्नेमा जोड दिए । वर्तमान नेतृत्व परिवर्तन बिना कांग्रेसको तत्लो तहमा उत्साह नआउने भएकाले वर्तमान सभापति एवंम
विराटनगर/ प्रदेश १ को अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट गठबन्धन सरकारले पुनरावलोकन गर्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले विहीबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अघिल्लो सरकारले ल्याएको बजेट पुनरावलोकन हुने बताएका हुन । उनले भने, “प्राथमिकताका आधारमा नयाँ योजना समावेस गर्दै बजेट संशोधन गर्छौ । अनुत्पादक क्षेत्रको बजेट कटौती गरिने छ ।” प्रदेश १ मा पाँच दलीय गठबन्धनको सरकारले हिजो मात्र प्रदेश सभामा विश्वासको मत प्राप्त गरेको हो । राजनीतिक घटनाक्रम लगायत कारण प्रदेशका कतिपय योजना कार्यान्वयन गर्न कठिन भएको र अब सरकारले पर्यटन अन
काठमाण्डौं/ राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर निर्माणको काम द्रूत गतिमा भइरहेको छ । करिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलासम्म हाल ट्र्याक खोल्ने काम भइरहेको छ । आगामी फागुन मसान्तसम्म चीनको सीमावर्ती क्षेत्रसँग जोड्ने गरी काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए। उनले भने, “चीनको रिउ बजारसँग करिडोर जोडिने छ ।” टिप्ताला नाकादेखि ओलाङचुङगोला हँुदै गैरी पाटीसम्म ३५ किलोमिटर लामो ट्र्याक दुई वर्ष अघि नै खोल्ने काम भइसकेको छ । सुनसरीको चतरादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङको ओलाङचुङगोला