रंगेली/ आर्थिक अभावका कारण मृगौलाको रोगबाट पिडित मोरङको रतुवामाई नगरपालिका १ स्थित बक्राह खोलाको किनारमा बस्दै आएका एक माझी परिवारले सहयोगको लागि आग्रह गरेको छ ।
बगरको ऐलानी जग्गामा बस्दै आएका छैतालु माझीले आफ्नी श्रीमती कृष्णदेवी माझीको उपचारका लागि आर्थिक सहयोगका लागि आग्रह गरेका छन् । आर्थिक अभावका कारण एउटा मृगौला खराब भए पछि हप्तामा दुई पटक गर्नु पर्ने डायलासिस समेत गर्न नसक्ने भए पछि सहयोगका लागि आग्रह गरेका हुन् ।
करिब ४ महिना अघि महिनावारीको समयमा धेरै रगत जान थाले पछि छैतालुले श्रीमतीलाई उपचारका लागि भारतका विभिन्न अस्पतालहरुमा पु¥याए । एक महिना अघि देखि पुनः बिरामी परेपछि बिराटनगरको कोशी अस्पतालमा चिकित्सकले एउटा किड्नीमा समस्या रहेकाले डायलासिस गर्ने सुझाव दिए । आर्थिक अभावका कारण उपचार गराउन नसक्ने भए पछि श्रीमतीलाई घरमै ल्याउन
बाध्य भए ।
बनिबुतो गरेर जोगाएको २ लाख रुपैया श्रीमतीको उपचारका लागि सकिसकेका छन् । उनले नगरपालिका तथा स्थानीय नेताहरु सम्म पनि हारगुहार गरे तर कतैबाट सहयोग नभएको गुनासो गरे । वडा कार्यलयबाट सिफारीस लिएर नगरपालिका पुगे पनि नगर प्रमुखले पनि बेवास्ता गरेको उनले गुनासो गरे ।