मृगौला पिडित कृष्ण देवीको उपचारमा आर्थिक अभाव

  • मंसिर ५, २०७८
  • "रबिन्द्र बराल"
alt

रंगेली/ आर्थिक अभावका कारण मृगौलाको रोगबाट पिडित मोरङको रतुवामाई नगरपालिका १ स्थित बक्राह खोलाको किनारमा बस्दै आएका एक माझी परिवारले सहयोगको लागि आग्रह गरेको छ ।
बगरको ऐलानी जग्गामा बस्दै आएका छैतालु माझीले आफ्नी श्रीमती कृष्णदेवी माझीको उपचारका लागि आर्थिक सहयोगका लागि आग्रह गरेका छन् । आर्थिक अभावका कारण एउटा मृगौला खराब भए पछि हप्तामा दुई पटक गर्नु पर्ने डायलासिस समेत गर्न नसक्ने भए पछि सहयोगका लागि आग्रह गरेका हुन् ।

करिब ४ महिना अघि महिनावारीको समयमा धेरै रगत जान थाले पछि छैतालुले श्रीमतीलाई उपचारका लागि भारतका विभिन्न अस्पतालहरुमा पु¥याए । एक महिना अघि देखि पुनः बिरामी परेपछि बिराटनगरको कोशी अस्पतालमा चिकित्सकले एउटा किड्नीमा समस्या रहेकाले डायलासिस गर्ने सुझाव दिए । आर्थिक अभावका कारण उपचार गराउन नसक्ने भए पछि श्रीमतीलाई घरमै ल्याउन
बाध्य भए ।

बनिबुतो गरेर जोगाएको २ लाख रुपैया श्रीमतीको उपचारका लागि सकिसकेका छन् । उनले नगरपालिका तथा स्थानीय नेताहरु सम्म पनि हारगुहार गरे तर कतैबाट सहयोग नभएको गुनासो गरे । वडा कार्यलयबाट सिफारीस लिएर नगरपालिका पुगे पनि नगर प्रमुखले पनि बेवास्ता गरेको उनले गुनासो गरे ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved