गठबन्धन सरकारले प्रदेश १ को बजेट पुनरावलोकन गर्ने

  • मंसिर ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ प्रदेश १ को अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट गठबन्धन सरकारले पुनरावलोकन गर्ने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले विहीबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अघिल्लो सरकारले ल्याएको बजेट पुनरावलोकन हुने बताएका हुन । उनले भने, “प्राथमिकताका आधारमा नयाँ योजना समावेस गर्दै बजेट संशोधन गर्छौ । अनुत्पादक क्षेत्रको बजेट कटौती गरिने छ ।”

प्रदेश १ मा पाँच दलीय गठबन्धनको सरकारले हिजो मात्र प्रदेश सभामा विश्वासको मत प्राप्त गरेको हो । राजनीतिक घटनाक्रम लगायत कारण प्रदेशका कतिपय योजना कार्यान्वयन गर्न कठिन भएको र अब सरकारले पर्यटन अनि पूर्वाधारका क्षेत्रमा परिणाम दिने गरी काम गर्ने सुनाए ।

आङ्बोले पूर्ववर्ती सरकारले अघि बढाएका परिणाममुखी आयोजनाहरुलाई भने निरन्तरता दिइने र प्रदेश गौरवका योजनालाई प्राथमिकता दिइने बताए । मंसिर १५ गतेभित्र सरकारले पूर्णता पाईसक्ने बताउँदै उनले उपलब्ध बजेटको सुनिश्चितताको आधारमा विकासलाई प्राथमिकता दिइने स्पष्ट गरे ।

एमाले विभाजन भएपछि प्रदेश १ का कात्तिक १६ गते नेकपा (समाजवादी) का नेता राजेन्द्र राईको नेतृत्वमा सरकार गठन भएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को लागि रु. ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट पेश गरेको थियो । कूल विनियोजन मध्ये चालूतर्फ रु. १४ अर्ब १६ करोड अर्थात ४३ दशमबल ५ प्रतिशत र पूँजीगततर्फ १५ अर्ब ३ अर्ब २२ अर्थात ४६ दशमबल ३ प्रतिशत अर्च खर्च हुने अनुमान गरिएको थियो ।

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved