‘सुध्रिएन आयुर्वेदिक औषधालय’

  • मंसिर ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ केन्द्रिय सरकारको मातहतमा रहेको धरानको आयुर्वेदिक औषधालय स्थानीय सरकार मातहतमा आएपनि औषधालयको सुधार हुन सकेको छैन् ।
आयुर्वेदिक चिकित्सा प्रणाली मार्फत सर्वसाधारणको उपचारको पहँुच स्थापना गर्ने उद्देश्यले नेपाल सरकारले धरान १५ निराजन वस्तीमा औषधालय सञ्चालनमा ल्याएको थियो । औषधालय धरान उपमहानगरपालिकाको मातहतमा आएपछि धरान आयुर्वेदिक औषधालय नामाकरण भएर सञ्चालनमा ल्याए पछि सामान्य परिवर्तन गरिए पनि पूर्ण रुपमा सुधार हुन सकेको छैन् ।

दुई बर्ष अघि उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा औषधालयको निरीक्षण गर्न पुगेको टोलीले औषधालयमा कुनै प्रकारको औषधि नपाइएको, कविराज समयमा कहिल्यै कार्यालयमा नबस्ने गरेको, धेरैजसो औषधालय खुल्ला नहुने र खुल्ला भएपनि कार्यालय सहयोगीले औषधालय सञ्चालन गरेको पाइएको थियो । तत्काल उपप्रमुख भण्डारीले चाडो सुधार गर्न निर्देशन दिइएकी थिइन् । उनले कडा निर्देशन दिदै पुनः लथांलिङ अवस्थामा फेरि देख्नु नपरोस् भन्दै कर्मचारीलाई हप्काएकी थिईन् ।

aaurvedic

दुई बर्ष अघि सुधारको निर्देशन दिए पनि अझै सुधार हुन नसकेको धरान १५ का स्थानीयहरुले बताएका छन् । धरान १५ का स्थानीय गजेन्द्र लम्जेलले सुधार गरिएको भनिए पनि खासै फरक नभएको बताए । उनले भने, ‘यो औषधालय यहा हुनु र नहुनुमा केही फरक भएको छैन्, समयमा कार्यालय नखुल्ने, खुले पनि मुख्य कविराज त्यहा नबस्ने र आयुर्वेदिक औषधि पनि पर्याप्त नहुने समस्या अझै रहेको छ ।’
यता धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले विगतको भन्दा धेरै सुधार भएको दाबी गर्छन् ।

उनले विगतमा धेरै औषधिहरु नपाइने भएपनि अहिले भने औषधिहरु पाउन थालेको बताए । उनले भने, ‘अहिले दिनमा चार पाँच जना विरामी आउने गर्छन्, चेकजाँच गरेर निशुल्क औषधि लिएर जाने गर्छन् ।’ उनले ग्याँस्टिक, अल्सर, रुखा खोकी लगायतका विभिन्न रोगका विरामीलाई आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्ने गरिएको बताए ।
नेपालमा संघीयता आएपछि यस्ता धेरै कार्यालयहरु समायोजन भएका छन् । कुनै संघीय मातहत, कुनै प्रदेश मातहत, त कुनै स्थानीय मातहतमा गएका छन् । तर जनताको प्रत्यक्ष सरोकार राख्ने औषधालयहरुका हालत भने जीर्ण बन्दा पनि सरोकार निकाय गम्भीर देखिदैन ।

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved