‘देउवा र पौडेलले नेतृत्व हस्तान्तरण गर्नु पर्छ’

  • मंसिर ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र/ आसन्न १४ औं महाधिवेसनलाई पुस्ता हस्तान्तरणका रुपमा प्रयोग गरिनुपर्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले जोड दिएका छन् ।

बिहिबार सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित चक्रघट्टिमा कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्ब सभापति समेत रहेका घिमिरेले कांग्रेसको नेतृत्बमा रहेका नेताहरुले अब सल्लाहकारको रुपमा बसेर दोस्रो तहका नेताहरुलाई पार्टीको नेतृत्वको हस्तान्तरण गरिदिनु पर्ने वताए ।

उनले यो महाधिवेशनलाई नेतृत्व परिवर्तनको अधिबेशन बनाउनु पर्नेमा जोड दिए । वर्तमान नेतृत्व परिवर्तन बिना कांग्रेसको तत्लो तहमा उत्साह नआउने भएकाले वर्तमान सभापति एवंम प्रधानमन्त्री शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले अव नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताए ।

उनले भने, ‘सुकिला मुकिला भन्दा पनि कार्यकर्ताको काम गर्ने नेतालाई अधिवेशनमा पार्टीको संयन्त्रको नेतृत्व तहमा पु¥याउन क्षेत्रिय प्रतिनिधिहरुलाई आग्रह गर्दछु, दुई तहको अधिवेशन सम्पन्न भईसकेकाले अब ५ तहको अधिवेशन हुन बाँकी रहेकाले सुजबुज पुराएर असल नेतालाई नेतृत्वमा पुराउनु होला ।’ कांग्रेसको संगठनको मुल आधार वडा र पालिका भएकाले अधिवेशनलाई उत्सवको रुपमा लिन समेत घिमिरेले आग्रह गरे ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved