समाज

    Showing 51-60 of 6,954 items.
  • ओझेलमा लेम्लेमा झरना, पर्यटकीय गन्तव्य बनाउन संरक्षण र प्रवर्द्धनको माग

    धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ अन्तर्गत हर्दिया, दिलुङटार, सालुम र सानोसफाइ क्षेत्रको संगमस्थलमा रहेको लेम्लेमा झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि संरक्षण र प्रवर्द्धनको आवश्यकता रहेको स्थानीयहरूले बताएका छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रको झरना, हरियाली वातावरण र शान्त परिवेशले पर्यटक आकर्षित गर्ने ठूलो सम्भावना बोकेको भएता पनि आवश्यक प्रचारप्रसार, पूर्वाधार विकास र संरक्षणको अभावमा अझै ओझेलमा परेको स्थानीयहरूको भनाइ छ। स्थानीयवासीका अनुसार लेम्लेमा झरनालाई व्यवस्थित रूपमा विकास गर्न सकेमा यसले स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै रो

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • 194 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय बालक

    नवलपरासी/  पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालक तीन दिनपछि जंगलमा सकुशल फेला परेका छन्। अबोध बालक जंगलमा हराएपछि परिवार, आफन्त र स्थानीयवासीमा छाएको चिन्ता र पीडा बालक भेटिएसँगै खुसीमा परिणत भएको छ। भागर निवासी हेमकुमारी आले च्याउ टिपेर घर फर्कने क्रममा उनका नाती हराएपछि परिवारले बालकको खोजीका लागि स्थानीयवासी तथा सुरक्षाकर्मीलाई खबर गरेका थिए। बालक कहाँ पुगे होलान् भन्ने चिन्ताले परिवार मात्रै होइन, सिंगो गाउँ नै बेचैन बनेको थियो। बालकको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी निरन्तर खटिएका थिए। सशस्त्र प्रहरी बल नेपाल औद्योगिक

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 239 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ

    काठमाडौँ/ प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ गरेको छ । पौडेललाई चेक बाउन्सको मुद्दामा बिहीबार टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । उनीमाथि दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए । जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए।

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 98 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कर्णालीले पठायो प्रधानमन्त्री बालेन शाहलाई ऐन संशोधन प्रस्ताव

    काठमाण्डौं/ प्रस्तावित सवारी तथा यातायात ऐन, २०८३ संशोधनको माग राख्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सुझाव पठाएको छ । बिहिबार जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्द्रा धामी, जिफन्ट कर्णाली प्रदेशका कार्यवाहक अध्यक्ष राधा श्रेष्ठ, सचिव श्रीपाल सारु मगरलगायतका प्रतिनिधि सहभागी श्रमिकहरुको टोलीले मस्यौदामाथिका तीनमहले सुझाव मुख्यमन्त्री शाहीलाई हस्तान्तरण गरेको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र महासचिव केशवबहादुर थापाद्धारा हस्ताक्षरित सुझावमा सरोकारवालासँग पर्याप्त छलफल न

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 620 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागु औषधसहित सुनसरीबाट पाँच युवा पक्राउ

    धरान/ इटहरी उपमहानगरपालिका–८ स्थित बिजुली अफिस नजिकबाट प्रहरीले खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका प्रहरी कार्यालय इटहरी र अस्थायी प्रहरी बिट पूर्वी गैसारबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–५ का २६ वर्षीय निकेश माझी, इटहरी उपमहानगरपालिका–८ का २२ वर्षीय युवराज विक, मोरङको केरावारी गाउँपालिका–१ का २१ वर्षीय रेजन विश्वकर्मा र झापाको अर्जुनधारा नगरपालिका–

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 373 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वाधार विकास समिति सभापतिसंग यातायात व्यवसायी मजदुरको छलफल

    काठमाडौं/ प्रस्तावित “सवारी तथा यातायात ऐन, २०८३” को मस्यौदामा यातायात श्रमिक, स्वरोजगार तथा व्यवसायीका व्यावहारिक समस्या र अधिकारलाई समेट्ने बारे पूर्वाधार विकास समितिका सभापति आशिष् गजुलेरसंग मजदुर व्यवसायीहरुले अन्तरक्रिया गरेकाछन् । बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघका प्रतिनिधिले पूर्वाधार विकास समितिका सभापति माननीय आशिष गजुरेलसँग अन्तरक्रिया गर्दै प्रस्तावित ऐनका विभिन्न प्रावधान संशोधन गर्न सुझाव दिईएको मजदुर नेता भीमज्वाला राईले बताए । अन्तरक्रियामा सहभागी प्रतिनिधिहर

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • 728 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

    धरान/ सुनसरी, धनकुटा र उदयपुरका युवाहरूले जिल्लाका समसामयिक समस्या समाधान तथा नागरिक सुरक्षालाई प्रभावकारी बनाउन माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन्। युवाहरूको टोलीले गृह मन्त्रालयमा पुगेर स्थानीयस्तरमा देखिएका सामाजिक, सुरक्षा तथा जनस्वास्थ्यसँग सम्बन्धित समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।  युवाहरूले लागूऔषध दुरुपयोग नियन्त्रण तथा पुनर्स्थापना सेवा विस्तार, गाँजा खेती नियन्त्रणसँगै वैकल्पिक तथा व्यावसायिक कृषि प्रवर्द्धन, सडक दुर्घटना न्यूनीकरणका लागि आधुनिक CCTV निगरानी, आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्य सेवा विस्तार, लागू

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • 192 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा जुटको मूल्य र औद्योगिक माग बढेपछि किसानहरू जुटखेतीप्रति आकर्षित

    सुनसरी/ भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उनको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् । मण्डलले भने, ‘जुटखेतीमा श्रम र समय दुवै धेरै लाग्छ । चैत वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने र झारपात उखाल्ने काम गर्नुपर्छ त्यसपछि जुट काटेर करिब एक हप्तासम्म पानीमा डुबाएर राख्नुपर्छ त्यसपछि डाँठबाट रेसा निकालेर घाममा सुकाइन्छ र भोजा बनाएपछि मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ ।’ यो खेतीमा मेहनत धेरै छ, तर अहिले मूल्य राम्रो भएकाले आम्दानी पनि राम्रो हुन थ

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 127 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ट्राफिक प्रहरीमाथि हातपात, श्रम संस्कृति पार्टीका श्रमदाता राई पक्राउ

    धरान/ ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा श्रम संस्कृति पार्टीका श्रमदाता सोमप्रसाद राई पक्राउ परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानबाट चेकिङमा खटिएका प्रहरी सहायक हवल्दार सुवास विकमाथि हातपात गरेको सूचना पाएपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार २०८३ साउन ३० गते साँझ करिब ५ः४० बजे धरान उपमहानगरपालिका–२ माछाभौडी क्षेत्रमा चेकिङका क्रममा घटना भएको थियो। धरान–११ बस्ने ३८ वर्षीय राईले ड्युटीमा खटिएका ट्राफिक प्रहरी विकमाथि हातपात गरेको प्रहरीले बताएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 176 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतराधामको दुर्वासा वैकुण्ड मोक्ष घाटमा शव दाहा स्थल निर्माण

    बराहक्षेत्र/बराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित दुर्वासा वैकुण्ड मोक्ष घाटमा शव दाहा स्थल निर्माण गरिएको छ । नगरपालिकाले दुर्वासा घाट वैकुण्ड मोक्ष व्यवस्थान गर्ने योजना अनुसार मारवडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र बिकास समितिसंगको सहकार्यमा उक्त दुर्वासा वैकुण्ड मोक्ष घाट क्षेत्रमा ६ बटा शव दाहा स्थल , बिश्राम स्थल , सौचालय , खानेपानी लगायका संरचनाहरु निर्माण भएका छन् । नगरपालिकाको कार्यालय , मारवडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र बिकास समितिको सहकार्यमा उक्त संरचनाहरु निर्माण गरिएको हो । धार्मिक तथा पौराणिक महत्वको उक्त दुर्वासा घाट क्षेत्रमा संरचना   व्यवस्थ

    • प्रकाशित मितिः भदौ १, २०८३
    • 159 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved