समाज

    Showing 5,871-5,880 of 6,725 items.
  • भैँसी फारममा आगोलागी

    वराहक्षेत्र/  वराहक्षेत्र–५ को इन्द्रेणी टोलस्थित वराह कृषि फारममा आइतबार बिहान ४ बजेतिर आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगोलागीबाट ४ वटा माउ भैंसी र बाख्राका ३ वटा पाठा जलेर मरेका छन् भने ४ वटा माउ भैंसी, २ पाडा र १ पाठा घाइते भएको महेन्द्रनगर इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आगो नियन्त्रणका क्रममा फारमका सञ्चालक ६१ वर्षीय अमरबहादुर कार्की गम्भीर घाइते भएका छन् । उनको शरीरको पछाडिको भाग र टाउको जलेको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ । आगोलागीमा ३१ वर्षीय हरि खत्री पनि सामान्य घाइते भएका छन् । उन

    • प्रकाशित मितिः चैत १, २०७७
    • 1,711 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पानीको मुहान फोहोरै फोहोर : सरसफाइमा ध्यान गएन

    धरान/ धरान नगर क्षेत्रमा पानी आपूर्ति हुने मुख्य मुहानहरू सर्दू, खर्दू र तामाखाम जलाधार क्षेत्रमा वनभोज खानेहरूले फोहोर गर्ने गरेका छन् । ती मुहानको सरसफाइमा भने सरोकारवालाहरूले चासो दिएको पाइँदैन । जनसरोकार मञ्चले नेपाल खानेपानी संस्थानको शाखा र अहिले खानेपानी बोर्डलाई पटक–पटक ध्यानाकर्षण गराए पनि सम्बन्धित पक्षले यसतर्फध्यान दिन सकेको छैन । मेयर तिलक राईले भने यो विषयमा उपमहानगरपालिका गम्भीर रहेको बताए । ‘जलाधार क्षेत्रमा फोहोर गर्ने हामी धरान नगरवासी नै हौँ’, उनले भने, ‘मुहान क्षेत्र सफा राख्ने सबैको जिम्मेवारी हो ।’ मुहान क्षेत्रमा फोहोर नफाल्न उनले नगरव

    • प्रकाशित मितिः चैत १, २०७७
    • 1,058 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • वराहक्षेत्रमा कांग्रेसद्बारा नगर सभा बहिस्कार

    चतरा / शुक्रवार आयोजना भएको वराहक्षेत्र नगरपालिकाको सातौ नगर सभा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन् । नेपाली कांग्रेस नगर कार्य समिति वराहक्षेत्रको हुइप अनुसार बिहान सम्पन्न नगर कार्यपालिका सदस्यको बैठक समेत बहिस्कार गरेका थिए । ३ वडाध्यक्ष सहित १२ जना जनप्रतिनिधिहरुले मध्यायनबाट सुरु नगरसभा लिखित असन्तुष्ट पत्र बुझाउदै बहिस्कार गरेका थिए । साढे ३ वर्षको नगरपालिका सञ्चालनमा मेयर निलम खनालले एकलौटि निर्णय गर्देे काम गरेको , ढेक्का पट्टा, टेन्डरमा सेटिङ्ग गरि कार्यक्रता रिजाउने गरेको, बिकास निर्माणमा एक्लौटि गरि राजनैतिक आग्रह पुर्वाग्र र मिलेमतो गरि आर्थिक अपचलन ग

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 1,085 पटक पढिएको
    • "संगम बिष्ट"
  • खेतीयोग्य जमिन मासिँदै, कृषकहरू अन्य पेशामा पलायन

    धरान/ राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषि उत्पादनमा जोड दिँदै कृषकको जीवनस्तर उकास्ने र कृषि क्षेत्रलाई मुख्य र दिगो आय स्रोतको रूपमा विकास गर्ने नीति बनाए पनि वर्षेनी खेतीयोग्य जमिन प्लटिङ हुने क्रम रोकिएको छैन । खेतीयोग्य जमिन प्लटिङ हुन थालेपछि कृषि पेशामा लाग्नेहरू दिन प्रतिदिन अन्य पेशा अङ्गाल्न बाध्य भएका छन् । धरान उपमहानगरपालिकाले ४, ५, ६, १७ र २० नम्बर वडालाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्ने नीति लिएको छ तर शहरीकरणसँगै कृषियोग्य जग्गा धमाधम प्लटिङ हुँदै जाँदासमेत उमनपाले प्लटिङलाई रोक्न सकेको छैन । उपमहानगरले आप्mनो क्षेत्रमा पर्नेे साविकका पाँचकन्या र विष्णुपाद

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 1,298 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • जग्गा दलालको चङ्गुलमा परेर दलित परिवार घरबारविहीन

    सुनसरी/  जग्गा दलालहरूको चङ्गुलमा पर्दा मोरङको सुन्दरहरैँचाका एक दलित परिवार घरबारविहीन बनेको छ ।दलालहरूकै मिलोमतोमा दलित परिवारलाई घरबारविहीन बनाइएको हो । दलालहरूले फर्जी चेक दिएर एक कट्ठा घडेरी नामसारी गर्न लगाएपछि दलित परिवार घरबारविहीन बनेको हो । एक कट्ठा जग्गा महङ्गो मूल्यमा बिक्री गराइदिने भन्दै जाली चेकको झूटो विश्वासमा पारेर दलालहरूले जग्गा रजिस्ट्रेसन पास गर्न लगाएपछि ५५ वर्षीय लक्ष्मीप्रसाद दर्जीको परिवार घरबारविहीन बन्न पुगेको हो । सुन्दरहरँैचा–१० का छिमेकी बिचौलियाहरू ठगेन्द्र र तारा गुरागाईंसहित इटहरी बस्ने लक्ष्मी थापाको समूहले फर्जी चेक दिएर जग्गा हडपेका छन् । द

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 1,024 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ढल निकास नहुँदा सास्ती

    इटहरी/  स्थानीय निर्वाचन सुरू हुँदा जनप्रतिनिधिले लगाएको इटहरी बिकास संगै सुपर समृद्धिको नारा यति बेला फेल हुदै गएको छ । एका तिर ६ लेन सडकले समयमै पुर्णता नपाउनु अर्को तिर स्थानीयहरूको गुनासोलाइ जनप्रतिनिधिले बेवास्था गरिदिनुले इटहरीमा सुपर समृद्धिको नारा कागजमै सिमित बनिन पुगेको छ । निर्माणधिन ६ लेन राजमार्गले समयमै पुर्णता नपाउँदा अहिले इटहरीका सर्वसाधारण देखि ब्यवसायीहरू सम्म प्रत्यक्ष मारमा परेका छन । सडक निर्माणकै क्रममा ढल फुटेपछि पानी राजमार्ग हुदै ब्यवसायीको पसल सम्म पुग्ने गरेको छ । राजमार्गमा जमेको पानीको दुगन्धले सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ । इटहरीको बिराटनगर रोड

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 951 पटक पढिएको
    • "तेजबहादुर बन"
  • एक वर्षदेखि तेजपत्ता गोदाममै

    धरान/ कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनले हरेक क्षेत्र प्रभावित बनायो । व्यापार व्यवसाय समेत ठप्प बने । व्यापार व्यवसाय ठप्प हुदा कृषहरुले उत्पादन गरेको कृषि सामाग्री समेत भारत निर्यात नहुँदा कृषि उत्पादनहरु त्यसै खेर गए । लकडाउनको प्रभावले सुनसरीको धरानस्थित कृषि उपज बजारमा एक वर्षयता तेज पत्ताको कारोबारनै ठप्प भएको छ । लकडाउन खुल्ला भए पनि अझै भारतीय व्यापारीहरु तेजपत्ता खरिदका लागि नआउँदा कारोबार ठप्प बनेको कृषि उपज बजारले जनाएको छ । मसलाजन्य बस्तुमा प्रयोग हुने तेजपत्ताको कारोबार धरानको कृषि उपज बजार स्थलमा करिब एक वर्षयता थन्किएको छ । पूर्वी पहाडी जिल्लाको कृषकहरुको भरपर्दो

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 1,019 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • सम्मान पाएकोमा खुसी भइन् शिवकुमारी

    धरान/ मकै पोलेर जीविकोपार्जन गर्ने धरान–१३ की शिवकुमारी तामाङ सोमबार खुसीले गद्गद थिइन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्मानित हुन पाउँदा उनी खुसी देखिएकी हुन् । जीवनभर मकै पोलेर जीविकोपार्जन गर्नेलाई पनि सम्मान गर्छन् भन्ने उनको कल्पनाबाहिरको कुरा थियो । सम्मानपछि हर्षित हुँदै उनले भनिन्, ‘हामीजस्तालाई पनि सम्मान गर्छन् भन्ने कुरा सोचेको थिइनँ तर कामको मूल्याङ्कन गरेर सम्मान गरेकोमा म खुसी छु ।’ उपमहानगरपालिकाको आयोजना तथा महिला सञ्जाल धरानको संयोजनमा कार्यक्रम भएको हो । सम्मान पाउँदा धरान–१७ की सीता मगर पनि अत्यन्तै खुसी मुद्रामा देखिन्थिन् । भौतिक निर्म

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 1,115 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • ‘कानुन बलियो बने पनि कार्यान्यवन फितलो’

    धरान/ महिलाहरूलाई कानुनी रूपमा बलियो बनाए पनि कानुन कार्यान्यवन अझैं फितलो रहेको गुनासो महिलाहरूले गरेका छन् । अखिल नेपाल महिला सङ्घको स्थापना दिवस तथा १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सङ्घको धरान नगर कमिटीले ‘समसामयिक राजनीतिक अवस्था र महिला अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा नेकपा एमाले धरान उपमहानगर कमिटीकी उपाध्यक्ष सबिता राईले सशक्त आन्दोलनले महिलाहरूलाई कानुनी रूपमा बलियो बनाए पनि कानुन कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइन् । उनले शासन, आसन र रासनमा महिलाको उपस्थिति अनिवार्य गर्नुपर्ने बताइन् । अध्यक्ष लहरू जिमीको अध्यक

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 800 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गाउँबाट उपमहानगर बन्यो तर पनि पानबारीमा खानेपानीको अभाव उस्तै

    धरान÷ समयले धेरै फड्को मा-यो, राजनीतिक परिवर्तन धेरै भए, देशमा संघीयता लागू भयो, स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाइयो तर नागरिकको जीवनमा भने कहिल्यै परिवर्तन आएन ।यस्तै नियति भोगेका छन् धरान ६ पानबारीका बासिन्दाले । साविक पानबारी गाउँ विकाश समिती २०७० सालमा धरान उपमहानगरपालिकामा गाभिएर ६ नंं वडा बन्यो । तर उपमहानरपालिकाको वडाको समस्या भने ज्यूँका त्यूँ रहेको छ । समय परिस्थितिले कोल्टे फेरे पनि त्यहाका सर्वसाधारणका बर्षौदेखिको खानेपानी समस्या कहिल्यै हटेन । पानबारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उचित व्यवस्थापन गर्न नसक्दा पानबारीबासीले बर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका छ

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 1,247 पटक पढिएको
    • "गोविन्द बस्नेत"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved