मन्त्री यादवलाई बरखास्त गर्न माग

  • माघ ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ भौतिक योजना तथा निर्माण मन्त्री रेणु यादवले खुल्ला समारोहमा गौर हत्याकाण्ड ब्युतिन सक्ने अभिब्यक्ती दिएको विरोधमा राष्ट्रिय युवा संघ नेपाल सुनसरी जिल्ला कमिटिले विरोध गरेको छ ।
संघले इटहरीमा विरोध कार्यक्रम गर्दै मन्त्री यादवलाई वरखास्त गर्नुपर्ने माग गरेको छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल इटहरी अध्यक्ष कमल दाहालले सरकार मनपरी ढंगबाट अघि बढेको बताउदै मन्त्री यादवलाई तत्काल पदमुक्त गर्न माग गरे । युवा संघका सुनसरी संयोजक सुजन लामाले मन्त्री यादवलाई अबिलम्ब बरखास्त गरिनु पर्ने बताए ।

उनले मन्त्री यादवलाई तत्काल बरखास्त नगरे युवा संघले थप आन्दोलनको कार्यक्रम अघि बढाउने बताए । उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटक पटक गरेको भन्दै जनतालाई त्यसले प्रत्यक्ष रुपमा मार परेकोले मूल्यवृद्धि तत्काल फिर्ता गर्न समेत माग गरे ।


अनेरास्ववियु क्षेत्र नं ३ अध्यक्ष युस्टल दाहाल (गोरे) ले पेट्रोलियम पदार्थ मुल्यवृद्धिले जनताले सास्ती पाएको र सरकारमा रहेका मन्त्रीले अराजकता उत्तेजना फैल्याउने शब्द प्रयोग गरी सरकारको देह प्रस्ट पारेकोले युवा संघ नेपालको कार्यक्रममा सरिक भै बिरोध गर्न बाध्य भएको बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा नेकपा एमाले जिल्ला सदस्य अरुण गुरुङ, युवा संघ केन्द्रिय सदस्य जितेन्द्र थापा, नेकपा एमाले जिल्ला सदस्य रुपेश बजगाई लगायतको उपस्थिती रहेको थियो ।

तेस्रो ‘मिस्टर कञ्च ...

झापा/ युवाहरूमाझ शारीरिक सुगठनप्रति रुचि जगाउने र ...

धरानमा  कोशी प्रदेश ...

धरान/  धरान बास्केटबल संघको आयोजना, कोशी प्रद ...

धरानमा अटोको ठक्करबा ...

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक ...

ब्राउन सुगरदेखि ट्रा ...

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved