गेउरिया पुलमा दुर्घटनाको जोखिम

  • माघ १०, २०७८
  • "रबिन्द्र बराल"
alt

रंगेली/ समयमै पुल निर्माण नुहँदा मोरङको रंगेली कानेपोखरी सडक खन्ड अन्तर्गत कानेपोखरी गाउँ पालिका २ स्थित गेउरीया पुल दुर्घटनाको जोखिम क्षेत्र बनेको छ ।

बर्षाेदेखि ठेक्केदारको लापरबाहीका कारण समयमै पुल निर्माण कार्य सम्पन्न नहुँदा गेउरीया पुलमा पटकपटक दुर्घटना हुदै आईरहेको छ । एक बर्षको अबधिमा पुलमा एक दर्जन भन्दा बढी मोटरसाईकल दुर्घटना हुनुको साथै एक जनाले ज्यान समेत गुमाई सकेका छन् ।

केही दिन अघि राति कानेपोखरी स्थित कालिस्थान नजिकै आगलागी हुँदा रंगेलीबाट आगो निभाउन जादै गरेको दमकलनै पल्टिएको थियो । पुलमा मोटरसाईकललाई साईड दिने क्रममा दकमल पल्टिएको थियोे । पटक पटक दुर्घटना हुँदा समेत ठेक्केदार कम्पनीलाई कुनै निकायले कार्वाही नगरेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् । गत माघ ६ गते जिल्ला प्रशासन कार्यालय बिराटनगरमा स्थानीय राजेन्द्र कुमार मण्डल(अविनाश) र अर्जुन कुमार आचार्यले ठेकेदार कम्पनीलाई कारवाहीको माग गर्दै निवेदन बुझाएका थिए ।

दर्बेसा र केराउन जोड्ने गेउरिया खोलाको पुल निर्माणका लागि आर्थिक वर्ष २०७०÷०७१ मा ठेक्का लागेको थियो । पुल निर्माणको ठेक्का फिचर एन्ड सराउद्धिन जेवि भुटाहा सुनसरीले पाएको थियो । सम्झौता अनुसार २ वर्षभित्र पुल निर्माण गरिसक्ने भनिए पनि ७ वर्ष वितिसक्दा पनि सम्पन्न हुन सकेको छैन् ।

पुल नहुँदा स्थानीयलाई आवतजावतमा समस्या हुनुका साथै दैनिक दुर्घटना हुने गरेको छ । सम्झौता अनुसार पुल निर्माणमा भइरहेको ढिलाई बाट भएको स्थानीयको क्षतिको जिम्मेवारी कसले लिने ? भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । आवश्यक छानविन गरी दोषि उपर कारबाही गर्न तथा छिटोभन्दा छिटो पुल निर्माणको लागि पहल गरिदिन उनीहरुले माग गरेका छन् ।
बिगत ८ बर्ष देखि अलपत्र बनेको पुल तीन महिना अघि काम पुनः शुरु भएको थियो । पुलको दुवै साईडमा पिलर उठाएर छाडीएको छ । रातको समयमा पिलरमा ठोकिएर एक जनाएको ज्यान समेत गईसकेको स्थानीय बताउँछन् । १५ मिटर लम्बाईको पुल निर्माण गर्ने १ करोड १८ लाख रुपैयाँमा ठेक्का लागेको थियो । ठेकेदार कम्पनीले ५७ लाख रुपैयाँ समेत भुक्तानी लगिसकेको ।

तेस्रो ‘मिस्टर कञ्च ...

झापा/ युवाहरूमाझ शारीरिक सुगठनप्रति रुचि जगाउने र ...

धरानमा  कोशी प्रदेश ...

धरान/  धरान बास्केटबल संघको आयोजना, कोशी प्रद ...

धरानमा अटोको ठक्करबा ...

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक ...

ब्राउन सुगरदेखि ट्रा ...

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved