अन्तुको चिया कारखानामा आगलागी

  • माघ २, २०७८
  • "भगीरथ भण्डारी"
alt - फाइल तस्बिर

इलाम/ इलामको सूर्योदय नगरपालिका ४ अन्तुको चिया कारखानामा आगलागी भएको छ । आगलागी हुँदा कारखाना सहित मेसीन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ । इलाम टी प्रोर्डयुस प्रा।लिद्वारा संचालित कारखानामा दिउसो ३ बजे शुरु भएको आगोले चिया कारखानाको तीन वटा भवन सहित सम्पूर्ण मेसीन औजार जलेर नष्ट भएको हो ।

आगलागीबाट कारखानामा रहेको सबै तयारी चिया समेत जलेर नष्ट भएको छ । एक्कासी कारखानामा आगलागी भएपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए । आगो नियन्त्रण बाहिर गएपछि सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर देउप्रसाद लिम्बुले जानकारी दिए ।

269649394_2557588697718024_4102871835405698067_n

आगलागी हुँदा त्यहाँ भएको संरचना सबै जलेर नष्ट भएको छ । क्षतिको बिवरण संकलन गर्न भने वाँकी रहेको छ । आगलागिको कारण खुल्न सकेको छैन । आगो निभाउन बारुण यन्त्र लाने क्रममा सडक आसपासका केहि संरचना भत्काईएको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved