समाज

    Showing 5,811-5,820 of 6,725 items.
  • उभौली तथा पुर्णिमाको सभामुख भण्डारीद्वारा शुभकामना

    धरान । किराँत समुदायको महान पर्व उभौली तथा नेपालका राष्ट्रिय विभुति, बौद्धदर्शनका प्रवर्तक एवंम् शान्तिका अग्रदुत गौतम बुद्धको २६४५ औं जन्म जयन्ती तथा २५६५ औं बुद्ध पुर्णिमाको अवसरमा सभामुख प्रदिप कुमार भण्डारीले शुभकामना दिएका छन् । नेपाली समाजमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वहरुले सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराउदै सामाजिक सदभाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानलाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको उनले बताएका छन् । विश्वव्यापी महामारी कोरोना संक्रमणबाट समाज प्रभावित भईरहेको अवस्थामा संक्रमणका कारण मुत्यु हुनेको संख्या पनि बढ्दै ग

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 963 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना नियन्त्रणबारे इटहरीमा सर्वपक्षीय छलफल , सबै मिलेर काम गर्ने प्रतिवद्धता 

    इटहरी \ इटहरी उपमहानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणमा जुटन सवैपक्षसँग आग्रह गरेको छ । सर्वपक्षीय छलफल आयोजना गरेर यस्तो आग्रह गरिएको हो । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा स्वास्थ्य सर्तकता पालन गरेर भएको छलफलमा इटहरी उपमहानगरद्धारा कोरोना रोगथाम र नियन्त्रणमा अहिले सम्म गरिएका कार्यका वारेमा जानकारी गराइएको छ ।  स्वास्थ्य शाखाका विकास पौडेलले महामारी नियन्त्रणमा टेस्टिङ्ग,कन्ट्राक ट्रेसिड,आइसोलेसन र उपचार रणनीति अवलम्वन गरिएको जानकारी गराइयो । परीक्षणको दायरा  वढाएर हाल सय वढिको परीक्षण थालिएको र त्यसलाई अझ वढाउन प्रयास भइरहेको जानकारी दिनुभयो ।समुदायस्तरमै गएर ए

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 861 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्बुलेन्समा लागुऔषध सहित धरानका दुई जना पक्राउ

    धरान । कोरोना संक्रमित बोक्ने एम्बुलेन्समा लागुपदार्थ ओसारपसार गर्ने धरानका दुइजनालाइ प्रहरिले पक्राउ गरेको छ । सोमबार राती हुडेप नेपाल लेखिएको को १ च ५५५९लेखिएको मारुती एम्बुलेन्समा चालक धरान १५ का बल बहादुर लिम्बू र धनकुटा सहिदभुमी गाउपालिका १ घर भै धरान ११ बस्दै आएका पोशन राइलाइ प्रहरिले पक्राउ गरेको हो । धरान उपमहानगरपालिका वडा नं. २ मा धनकुटाको भेडेटार तर्फबाट धरान आएको एम्बुलेन्सललाई खानतलासी गर्दा एम्बुलेन्सको पछाडीको भागमा २५/२५ के.जी.को ४ वटा झोलामा एक सय के.जी परिमाणको लागु औषध गाँजा बरामद गरेको छ । पक्राउ परेका दुबै जनालाइ सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्यादथप गरी ईलाका

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 1,243 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘एकिकृत आन्दोलनको आवश्यक्ता’

    सुनसरी । अन्तरजातीय प्रेम विरुद्धको कालो दिनको रुपमा जेठ १० लाई सम्झदै जातिय विभेद विरुद्ध एकिकृत आन्दोलनको आवश्यक्ता रहेको दलित अधिकारकर्मीहरुले जोड दिएका छन् । जातीय विभेदकै कारण रुकुम हत्याकाण्ड भएको एक वर्ष बितिसक्दा पनि पिडितले अझै न्याय पाउन नसकेको बताउँदै जेठ १० लाई कालो दिनको रुपमा लिनुपर्ने अधिकारकर्मीहरु बताउँछन् । अन्तरजातीय प्रेम विरूद्धको कालो दिनको रूपमा स्मरण गर्दै रूकुम नरसंहारको वर्ष दिन पुग्यो न्याय खोई ? भन्दै राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति चितवनले ‘रूकुम घटनाको एक वर्षको अनुभव र अनुभूति’ विषयक भर्चुअल छलफल कार्यक्रममा विभिन्न संघसंस्थाले ग

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 911 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुर्वी मध्य बंगालको खाडीमा शक्तिशाली चक्रवात, प्रदेश १ का पहाडी भुभाग प्रभावित

    धरान । प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पुर्वीमध्य बंगालको खाडीमा रहेको न्युन चापीय क्षेत्र आज चक्रवातमा परिणत भइ मंगलबार सम्म अति शक्तिशाली चक्रवातमा परिणत हुने देखिएकाले त्यसको प्रभाव प्रदेश १ र २ मा पर्न सक्ने अनुमान गरिएको छ । आगामी तीन दिनसम्म पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । प्रदेश १ का पहाडी भू–भागका केही स्था

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 937 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमितको उपचारका लागि बुधबारे जेसीजको आर्थिक सहयोग

    झापा । बुधबारे जेसीजले कोरोना संक्रमितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । बुद्धशान्ति गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रमा रहेको संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर बुधबारे जेसीजले सोमबार २५ हजार रुपैँया सहयोग गरेको हो । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेललाई हस्तान्तरण गरिएको रकम हस्तान्तरण कार्यक्रमका संयोजक समेत रहेका बुधबारे जेसीजका उपाध्यक्ष विनोद रिजालले जानकारी दिए । गाउँपालिका अध्यक्ष भुजेलले कोरोना संकटका बेला बुधबारे जेसीजले खेलेको भूमिका र गरेको सहयोगको प्रशंसा गरेका छन् । रकम हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले, पूर्व अध्यक्ष सेमन्

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 727 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘रेल्वे युथ क्लब’द्वारा ‘कोभिड १९ राहत कोष’ स्थापना

    धरान । धरान १७ स्थित ‘रेल्वे युथ क्लब’ले ‘कोभिड १९ राहत कोष’ स्थापना गरेका छन् । क्लबका पदाधिकारी तथा सदस्यहरुले बन्दाबन्दीका कारण आर्थिक रुपमा विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने मजदुर परिवारका लागि कोभिड १९ राहत कोष स्थापना गरेका हुन् । राहत कोषका संयोजक एवं नेपाली कांग्रेस धरानका युवा नेता नरसिंह राईले कोषमा ४३ हजार ६ सय ८० रुपैयाँ जम्मा भएको जानकारी दिए । विषम् परिस्थितिमा १७ नं. वडा भित्र रहेका अति विपन्न, गरिब, दैनिक ज्यालादारी काम गरेर खाने मजदुरहरुका लागि खाद्यान्न, औषधी, फ्रि एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यका साथ ‘रेल्वे युथ क्लब&r

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 916 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पिडितहरु न्यायको पर्खाइमा

    धरान । जातीय विभेदकै कारण भएको रुकुम पश्चिम चौरजहारी हत्याकाण्डको आज एक वर्ष पुग्दा पनि पिडितहरुले न्याय पाउन सकेका छैनन् । आरोपी ३४ जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता भए पनि अझै फैसला हुन सकेको छैन् । प्रेम विवाह गर्न चौरजहारी नगरपालिका ७ सोती पुगेका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का नवराज विक सहित ६ जनाको हत्याकाण्डलाई दलित अधिकारकर्मीहरुले कालो दिनका रुपमा लिएका छन् । रुकुम पश्चिमको चौरजहारी स्थित सोतीमा गत जेठ १० गते ६ जनाको ज्यान जानेगरी भएको घटना जातीय छुवाछुतका आधारमा भएको विभिन्न छानबिन समितिले निष्कर्ष निकालेको थिए । जातीय भेदभाव र छुवाछुतका कारण नवराज विक र मल्ल थरकी युवत

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 802 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जबरजस्ती करणी आरोपमा झट्केलो बाउँ पक्राउ

    सुनसरी । जबरजस्ती करणी गरेको आरोपमा रामधुनी ८ का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमतीको पहिलो श्रीमान पट्टीकी कान्छी छोरीलाई करणीको प्रयास गरेको आरोपमा रामधुनी ८ तिनकुने घर भई हाल इनरुवा ३ मा बस्दै आएका ३५ वर्षिय एक पुरुष लाई प्रहरीले पक्राउ गरेको हो । केही दिन अघि आमालाई भेट्न आएकी ९ वर्षिय बालिकालाई गत बुधबार रातीको समयमा आमा निदाएको मौका पारी करणीको प्रयास गरेका थिए । घटना पछि फरार रहेका आरोपितलाई आइतार बिहान प्रहरी चौकी डुम्राहाको टोलिले इनरुवा ८ बङकुल्वा पुर्वी टोलबाट पक्राउ गरेको छ । उनलाई मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 857 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्याक्टर दुर्घटना १ को मृत्यु २ घाईते

      सुनसरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – ६ मा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । सडक निर्माणको लागी मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर आज बिहान पौने ९ बजेको समयमा अचानक रोडबाट २० मिटर जती तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका खोटाङ रावावेशी – ४ का २५ बर्षीय नेत्र बहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा परी ट्याक्टरका चालक र सह–चालक घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल खोटाङ पठाईएको छ भने घटना सम्बन्धमा प्रहरीले

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 678 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved