संखुवासभा दुर्घटना अपडेट: मृतकको संख्या १५ पुग्यो, हेलिकप्टरबाट धरान ल्याइएकी युकाको मृत्यु

  • फागुन २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ संखुवासभाको मादि ६ स्थित सात घुम्तीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।
१४ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने थप उपचारकालागी धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएका ५ मध्ये ३० वर्षीय युका पोखरेल प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस दुर्घटनामा परी गम्भीर घाइते भएकी मादी नगरपालिका ५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको प्रहरीले जनाएको छ।

घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। ४ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ।

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सातघुम्तीमा दुर्घटना भएको हो।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved