धरान/ संखुवासभा ६ स्थित सातघुम्तीमा भएको दुर्घटनामा परि गम्भीर घाइते भएका ५ जनालाई धरान ल्याइएको छ ।
गम्भीर घाइते भएका ५ जनालाई धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो ।
दुर्घटनामा परि १४ जनाको मृत्यु भइसकेको छ भने ५ जना घाइते भएका थिए ।
मृतक मध्ये १० जनाको सनाखत भइसेको प्रहरीले जनाएको छ ।
संखुवासभाबाट दमक तर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा दुर्घटना भएको हो ।
बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ ।