उपभोग्य बस्तुको मुल्य आकाशियो

  • फागुन २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिए पछि दैनिक ज्यालादारीमा जिविकोपार्जन गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।

धरानमा पछिल्लो समय उपभोग्य वस्तुको मूल्य बृद्धि भएपछि दैनिक ज्यालादारीमा काम गर्ने सर्वसाधारणको जीवनयापनमा समस्या भएको उनीहरुको गुनासो छ । धरान १५ की विमला बस्नेतले केही दिन अघिसम्म २ हजार ४ सय पर्ने सेलो तेल ३ हजारमा खरिद गरेको बताइन् । एक कार्टुनमा आधा केजीको २० पोका हुने उनी बताउँछिन् । अहिले त्यही कार्टुनलाई तीन हजार हाल्नुपर्ने बताइन् । उनले भनिन्, ‘सामानको मूल्य यति बढेको छ कि किनेर खान नै धौ धौ पर्न थाल्यो । एक कार्टुन तेलमा ५०÷६० होइन एकैपटक ६ सय बढेपछि कसरी धान्न सक्नु ?’

सेलो तेल मात्र हैन अहिले बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिसंगै हरेक वस्तुको मुल्य आकासिएको छ । दैनिक उपभोग्य वस्तुको प्रयोग हुने दुधको भाउ समेत बढेको छ । विगतमा ८० रुपैया लिटर पर्ने दूधको भाउ अहिले प्रतिलिटर ९० पुगेको छ । स्थानीय फूलमाया तामाङ भन्छिन्, ‘कसरी बालबच्चा पाल्ने ? कसरी आफू बाँच्ने ? सारै गाह्रो भयो ।’ अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना कोठा भाडाबापत ७ हजार रुपैयाँ तिनुपर्छ । फूलमाया अरूको घरमा भाडा माझ्ने र लुगा धोएर छोरा छोरी पाल्ने गर्छिन् । ‘महिनामा १०÷१५ हजार रुपैयाँ कमाइ हुँदा पहिला त खान पुग्थ्यो । अहिले त महिनाभरि खानै पुग्दैन,’ उनले भनिन् । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएपछि बच्चालाई कसरी पाल्ने, घरको चुलो कसरी बाल्ने चिन्ता बढेको उनी सुनाउँछिन् ।

दैनिक ज्यालादारी गरेर गुजारा चलाउदै आएका बिमल मंग्राती भन्छन्, ‘‘बजारमा सामान किन्न जादा छोइसक्नु छैन महँगीले, बजारमा एक किलो चिनीको १ सय रुपैया पर्छ, तेल, दाल, चामल, गेडागुडी सबै उतिकै महँगो छ । कसरी किनेर खाने ?’

उनले दैनिक ज्यालादारी गर्नेलाई महंगीले सबैभन्दा बढी समस्या बनाएको बताए । उनी भन्छन्, ‘विगतमा मूल्यवृद्धि हँुदा राजनैतिक दलहरुले आन्दोलन गर्थे, तेलमा एक रुपैया बढाउँदा पनि उनीहरुले चक्काजाम गर्थे, तर अहिले महंगीले आकाश छुदा समेत कसैलाई मतलब छैन ।’

मूल्य नियन्त्रण र काला बजारी गर्ने निकाय मौन बस्दा पछिल्लो समय बजारमा कालोबजारी समेत बढेको सर्वसाधारणको भनाई छ । बजारमा कालोबजारी लगायतका समस्या नहोस् भनेर प्रत्येक स्थानीय सरकारले अनुगमन समिति बनाएको छ । धरानमा पनि उपप्रमुख मञ्जु भण्डारी सुवेदीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । समितिले चाडपर्वलाई लक्षित गरेर अनुगमन गर्ने गरेको भएपनि अन्य बेला खासै अनुगमन गरेको पाइदैन ।

समितीका सदस्य समेत रहेका सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष गिरीधारी सापकोटाले युक्रेन र रसियाको लडाइ नै प्रमुख कारण भएको बताए । उनले भने, ‘नेपालमा भित्रिने सम्पूर्ण तेल सूर्यमुखी ब्राण्ड, भट्मासको तेल युक्रेनबाट आउने गरेको छ, अहिले युद्ध जारी रहँदा आउन सकेको छैन, आएपनि एमआारपी बढेर आएको छ त्यसले गर्दा अहिले तेल लगायत रसायन र युक्रेनबाट आउने अधिकांश वस्तुमा मूल्य बृद्धि भएको हो ।’

उनले सूर्यमुखी ब्राण्डका तेल र भट्मासका तेल युक्रेनबाट ८० प्रतिशत नेपाल भित्रिने बताए । उनका अनुसार नेपालले तेलजन्य सामाग्रीका लागि बाज्रिलबाट तेल आयात गर्न सक्ने भएपनि अहिले ब्राजिलमा खडेरी परेका कारण उत्पादन हुन नसकेको बताए । उनले भने, ‘युक्रेन र रसियाको लडाइ भइरहँदा नेपालका लागि ब्राजिल वैकल्पिक बजार हुन सक्छ, तर ब्राजिलमा पनि खडेरी लागेर उत्पादन हुन सकेको् छैन, जसका कारण नेपालमा मूल्यबृद्धि बढेको हो ।’

बजार भाउका सम्बन्धमा धरान उपमहानगरपालिकाको अनगुमन समितिसंग समन्वय गरेर अनुगमन गर्ने गरिएको भएपनि यो अनुगमन चाडपर्वमुखी मात्र हुने गरेको सुनाए । उनले भने, ‘बजार अनुगमनलाई निरन्तरता दिनुपर्छ, बरु चाडपर्वमा बजार अनुगमन गर्नुहुदैन, व्यापारीलाई सामान विक्री गर्न दिनुपर्छ, अन्य बेला समय समयमा बजार अनुगमन गर्न सकिन्छ ।’ तर अहिले लामो समयदेखि अनुगमन नभएको उनको भनाई छ ।

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

वराहक्षेत्रका जनप्रत ...

वराहक्षेत्र/ स्थानीय तहको निर्वाचन २०७९ को वैशाख ३ ...

धरानका सन्तोष लामिछा ...

सुनसरी/ धरान उपमहानगरपालिका–१४ का सन्तोष लाम ...

सुनसरीमा प्रहरीमाथि ...

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved