थाहा पाएनन् अमूल्य जडिबुटीको मूल्य : रोकिएन टिकटक बनाउन

  • फागुन २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीरहरु ः फणिन्द्र तिम्सिना

धरान l अहिलेको सामाजिक सञ्जालमध्ये निकै लोकप्रिय रहेको टिकटकले मानिसको जीवनमा यति धेरै परिवर्तन ल्याएको छ कि टिकटक चलाउनेहरुलाई के सही के लगत भनी नछुट्याई टिकटक बनाउनेहरु धेरै छन् ।

टिकटकमा भाइरल बनेर भाइरल बनाउनेकै लागि यसको प्रयोगकर्ता जे पनि गर्न थालेका छन् । यही टिकटक बनाउने होडका कारण मोरङको बेलबारी नजिकै रहेको क्यामोमाइल खेति नष्ट भएको छ । जटिबुटीमा सबैभन्दा उपयोगी र राम्रो औषधि मानएको क्यामोमाइलको फूलमा टिकटक बनाउदा खेति नै ध्वस्त बनाइदिएका छन् जसले गर्दा उत्पादन तथा प्रशोधन केन्द्र लिमिटेडलाई ३० लाख बराबरको क्षति पुगेको छ । सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाउनेहरुका कारण मोरङको बेलबारीमा लगाइएको क्यामोमाइल खेतिमा क्षति पुगेको छ ।

भिडियो बनाउने र फोटो खिच्नेहरुको भीडले जडिबुटी उत्पादन तथा प्रसोशन केन्द्र लिमिटेड तरहराले लगाइएको क्यामोमाइल खेतिमा लगाइएको फूलहरु फाडिदा करिब ३० लाख बराबरको क्षति भएको छ ।

बेलबारी नगरपालका वडा नं. ४ मा लगाइएको वहुमूल्य जडिबुटी क्यामोमाइलको महत्व नबुझेर फूल जथाभावि टिप्ने र माडिने क्रम अझ रोकिएको छैन । फूल माडिन नदिन र रेखदेख गर्न अहिले जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रले १० जना कर्मचारी खेतमा खटाउनु परेको छ । बेलबारीमा प्रत्येक बर्ष १५ विगाहा जग्गामा केमोमाइलको खेति गरिर्दै आएको छ । १५ विगाहाबाट कम्तिमा विगाहामा केमोमाइल खेति गरिदै आएको छ । १५ विगाहबाट कम्तिमा ५० देखि ६० लिटर तेल उत्पादन हुने भएपनि टिकटक बनाउन आउनेहरुले खेति नष्ट गर्दा यो बर्ष आधा पनि तेल उत्पादन नहुने अवस्था रहेको जडीबुटी प्रसोधन केन्द्र लिमिटेड शाखाका प्रमुख कमल राई बताउछन् ।

1Tiktok IMG_20220308_160420 IMG_20220308_160845

क्यामोमाइलको फूलसँग रमाउन आएपनि खेति नष्ट नगर्न उनले आग्रह गरेका छन् । उनले भने–‘हामी जति जति शिक्षित बन्दै जान्छौं, त्यति त्यति मूर्ख हुँदै गएको प्रमाण यसले देखाएको छ । जहाबाट आएपनि खेति नगरी नष्ट गरिदिएको भए भइहाल्थ्यो ।’ अहिले पनि यो खेतिमा दैनिक १ सय जना भन्दा बढीको भीडभाड लाग्ने गरेको छ । यी सबै टिकटक बनाउनकै लागि आउने गरेका हुन् । टिकटकमा भिडियो बनाएर हाल्न थालेपछि सुनसरी, झापा, इलाम, सप्तरी, काठमाण्डौ र पोखराबाट यहाँ भिडियो बनाउन आउने गरेका छन् । केहीदिनदेखि सामाजिक सञ्जालमा छाइरहेको यस क्षेत्रमा फुलेको क्यामोमाइलको महत्व नबुझेर जथाभावि रुपमा नोक्सान गरिदिएको देख्दा दुःख लागेको स्थानीय बताउछन् । स्थानीय सुवाष भण्डारीले यहाको अवस्था हेर्दा अत्यन्तै दयनीय भएको बताए । उनले भने–‘यो जडिबुटी अत्यन्तै महत्वपूर्ण औषधिका लागि प्रयोग गरिन्छ, हामी आफैले संरक्षण गर्नुपर्नेमा जथाभावि फाडेर नष्ट गर्नु उचित हुँदैन ।’

टिकटकबाटै यस ठाउको व्यापक प्रचार भएपछि आफूहरु पनि फूल हेर्न आएको अवलोकनकर्ताहरु बताउँछन् । इलामकी बसन्ती राईले टिकटकमा भाइरल बनाएकै कारण आफूहरु यस ठाउमा आएको बताइन् । उनले भनिन्–‘हामीलाई जडिबुटी खेती भन्ने कुरा थाहा नै थिएन, अहिले आएर थाहा भयो, वास्तवमा यो अमूल्य जडिबुटी रहेछ भन्ने हामीले थाहा पायौ, यसलाई नष्ट नगर्न हामी सबैलाई अनुरोध गर्छौ ।’

केही समय अगाडि मोरङ प्रहरीले यस ठाउमा भीडलाई हँटाए पनि अहिले पनि टिकटकमा भिडियो बनाएर रमाउनेहरु आउने क्रम भने नरोकिएको स्थानीयहरुको भनाई छ ।

८६ हजारभन्दा बढी यौन ...

काठमाडौं/नेपालमा हाल ८६ हजार ८०९ जना यौन श्रमिक रहेको त ...

७ वटा मुद्दा खेपिसके ...

मोरङ/उर्लाबारी क्षेत्रको चिनिएको पुरानो अपराधी ‘म ...

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved