मोरङ । मोरङको केरावारी गाउँपालिका(३ का ३२ बर्षीय हस्त बहादुर राईको हत्यामा संग्लग्न रहेका ४ जना, ४ थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् । गत बैशाख ८ गते मृतक राई सहित १० जनाको समुहमा स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएकोमा समुहकै गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर राईको मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका मध्ये रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई बैशाख ९ गते नै १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको थियो । उक्त घटना संग्लग्न रहेका अन्य अभियुक्तहरुको खोजतलास भईरहेकोमा जेष्ठ १९ गते केराबा
धरान। पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका धरान १५ का मिङ्मा शेर्पालाइ प्रहरीले पक्राउ गरेको छ । गत वैशाख २० गते धरान उपमहानगरपालिका वडा नं। ८ स्थित कोशी राजमार्ग सडक खण्डमा पैदलयात्री सहल मान राईलाई ठक्कर दिई फरार भएका थिए । मोटरसाइकल तथा चालक खोजतलास गर्ने क्रमममा जेठ १८ उनलाइ प्रहरीले पक्राउ गरेको हो । शेर्पा लाई पक्राउ गरी निजले दुर्घटना गराउँदा चलाएको मे ७ प ५९९१ नम्बर को १५० सिसि को पल्सर मोटरसाइकल थान(१ समेत नियन्त्रणमा लिएको छ । शेर्पालाई आजै सुनसरी जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थप गरी ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अ
धरान। जबर्जस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यलय धरानले एक जनालाइ पक्राउ गरेको छ । धरान उपमहानगरपालिका वडा नम्बर ११ आँपगाछी चौक बस्ने एक ५६ वर्षिय सुस्त मनस्थितिकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वर्ष ५२ को बले भन्ने बल बहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । थापालाइ सुनसरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
धरान । सुनसरीको हरिनगर गाउँपालिकाबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हरिनगरको वडा नम्बर ५ स्थित बसन्तपुरबाट ट्रामाडोल ५० एमजिको ३ सय ४८ पत्तामा ३ हजार ४ सय ८० पिस क्याप्सुल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । सुनसरीको घुस्कीबाट संखुवासभाको चैनपुरका लागि कामदार लिएर जादै गरेको प्र १–०२–००२ च ४७२७ नम्बरको बोलेरो गाडिमा चेकजाँच गर्दा लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका बस्ने परिक्षण कुवँर, सवारी चालक विजय अधिकारी र हरिनगर ६ बस्ने नसिम अन्सारी रहेका छन् । उनीहरुलाई आवश्यक कारवाहीको लागि औषधि व्यवस्थापनको कार्यालय विराट
इटहरी । समुदाय स्तरमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको जोखिमलाइ न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा आज ३५ दिन पुरा भएको छ । यस अवधिमा इटहरीभित्र २५ वटा अपराधका घटना भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रशासनले जारी गरेको निषेधाज्ञा अवधिमा इटहरी भित्र धेरैजसो आत्महत्या, चोरी र बलात्कार जस्ता जघन्य अपराधका घटना भएको छ । बैशाख १७ गते यता प्रहरीमा सबैभन्दा बढी ८ वटा आत्महत्याका घटना दर्ता भएका छन भने दोश्रोमा जबरजस्ती करणी ४ वटा दर्ता भएका छन् । घटनामा संलग्न ५ जनालाइ पक्राउ गरी कार्वाहि चलाएको छ । त्यसैगरी अभद्र ब्यवहार सम्बन्धी ३ वटा घट
सुनसरी । प्रदेश १ का दुई जिल्लामा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परि सुनसरीमा विष्णु कुमार बस्नेत र ईलाममा पदम बहादुर तामाङको सवारी दुर्घटनामा परि मृत्यु भएको हो । प्रहरीका अनुसार सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौक स्थितमा दक्षिण तर्फ जाँदै गरेको को २ त ८१८७ नम्बरको ट्याक्टरमा सवार रहेका सहचालक खोटाङ साकेला गाऊपालिका १ डाँडागाँउ का २२ बर्षीय विष्णु कुमार बस्नेत अचानक लडी पछाडी डालाको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालक बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौक का ४५ बर्षीय भिम बहादुर कार्की ईलाका प्रहरी कार्यालय महेन्द्रनग
सुनसरी । सुनसरी कोशी गाऊपालिका ३ नहर चोकबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहार का २८ बर्षीय मजरुल हक रहेका छन् । सोमबार बेलुका साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले डाईलक्स डिसि थान ५ सय २ नाईट्रोसन २ सय ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २सय ८८ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोली सहित कोरोना संक्रमित भएर होम आइसोलेसनमा वसेकाहरुको घर घरमा पुगेर उनहिरुको सवास्थ्य अवस्था बारे बुझेका छन । इटहरी वडा नम्वर १३,१६ र १७ का छ वटा घरमा इटहरी अस्पतालकी स्टाप नर्स विनिता खतिवडा र होम आइसोलेसन सर्पोट टिमका विसाल दाहाल सहित संक्रमितहरुलाई भेटन पुगेका हुन । संक्रमितहरुको स्वास्थ्य अवस्थाको वारेमा प्रमुख चौधरीले जानकारी लिदै उपमहानगर जनताको साथमा रहेका बताए । नगर प्रमुख चौधरी संगै पुगेका स्वास्थ्यकर्मीहरुको टोलिले संक्रमितहरुलाई स्वास्थ्य परामर्श दिएका थिए । होम आइसोलेसनमा वस्दा पुरयाउनुपर्ने सावधानीको वारेम
धरान । भारतीय सिमाबाट प्रहरीले करिब १ सय ६५ केजी गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरीको टोलिले कोशीगाउँपालिका ८ स्थित राजमार्ग दक्षिण तर्फ रहेको पानीटंकीबाट गाँजा बरामद गरेको हो । प्लाष्टिक बेरी राखेको अवश्थामा शंकास्पद वस्तु देखे पछि प्रहरीले नियन्त्रणमा लिएको थियो । गाँजा धनिको खोजि गर्ने क्रममा कोशी गाउँपालिका ८ का ४० वर्षिय गणेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगर । प्रदेश नं १ मा मन्त्री र पहुँचवालाको सिफारिसमा आफू निकटकालाई कोरोनाविरुद्धको खोप लगाएको विषयप्रति मुख्यमन्त्री शेरधन राईको सचिवालयले आफ्नो धारणा सार्वजनिक गरेको छ । मुख्यमन्त्री शेरधन राईको निजी सचिवालयले प्रदेश नं १ का सबै नागरिकका लागि खोप लगाउन संघीय सरकारसंग समन्वय गर्दै खोप खरिदकाबारे परामर्श गरिरहेको जनाएको छ । केही दिनयता सामाजिक विकास मन्त्री उषाकला राईको सिफारिसमा पार्टीका सीमित कार्यकर्ता, कर्मचारी र व्यापारीलाई कोभिसिल्डको दोस्रो खेपको खोप सुटुक्क लगाएको विषयमा नागरिकस्तरबाटै आलोचना र टिप्पणी भईरहेको छ । सिनेमा हलमा खोप लगाएपछि त्यहाँ अवरोध गर्दै सर्वसाधारणले विरोध गरेका