धरानको खानेपानी समस्या : चुनाबी एजेण्डा

  • चैत १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्थानीय चुनाव नजिकिएसँगै दलहरुले धरानको खानेपानी समस्या देख्न थालेका छन् । केही समय अगाडि धरानमा खानेपानी समस्या भएको भन्दै नेकपा एमालेले चारकोशे जंगलमा रहेको पम्पिङ क्षेत्रमै गएर अनुगमन ग¥यो । उसले खानेपानी उत्पादनमा समस्या नभई वितरण प्रणाली अवैज्ञानिक भएको निष्कर्ष निकाल्यो ।

पछिल्लो समय नेकपा मओवादी केन्द्र धरान नगर कमिटीको नयाँ कार्यसमिति चयन भएसंगै सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा पूर्ण वैठक सम्पन्न गरी धरानको समस्याको विषयमा सार्वजनिक धारणा बाहिर ल्यायो ।

सुकुम्बासी समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अराजकता, खानेपानी समस्या समाधान लगायत समेत ८ बुँदे अवधारणापत्र सार्वजनिक ग¥यो । तर सबैले धरानको खानेपानी समस्या गम्भीर भएको निष्कर्ष निकालेका छन् ।

धरानका जनतालाई खानेपानी खुवाउन नसकेको भन्दै खानेपानी बोर्डबाट मेयर र उपमेयरले राजिनामा गर्न नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिले माग गरेको छ । शुक्रबार दोस्रो पुर्ण बैठकले गरेको महत्वपुर्ण निर्णयहरु सार्वजनिक गर्दै माओवादी केन्द्र धरानले यस्तो माग गरेको हो । खानेपानी बोर्डको नेतृत्व गैरजिम्मेवार भएकोले धराने जनतालाई पानी खुवाउन असफल भएको भन्दै माओवीदी केन्द्रले बोर्ड नेतृत्वबाट मेयर र उपमेयरले राजिनामा दिन माग गरेको हो । धरान खानेपानी बोर्डका सदस्य समेत रहेका धरान १७ वडाअध्यक्ष तथा नेकपा माओवादी केन्द्र धरानको नव निर्वाचित अध्यक्ष सूर्यकुमार भट्टराईले धरानमा खानेपानी समस्या समाधानमा मेयर र उपमेयरलाई देखाउदै आफ्नो जिम्मेबारीबाट पञ्छिए । उनले पत्रकार सम्मेलनमा भने–‘बोर्ड गठन भएपनि मेयर बोर्डको अध्यक्ष र उपमेयर बोर्डको उपाध्यक्ष भए, हामी पनि बोर्डको सदस्य भएपनि हाम्रो भूमिका कहिल्यै रहेन् ।’

यता नेकपा एमालेले समेत चुनाव नजिकिदै जादा धरानको समस्या देख्न थालेको छ । विगतमा खानेपानी ल्याउन जोडदार पहल गर्ने दलीय संयन्त्रमै रहेका राजनीतिक दलहरु अरु बेला धरानको खानेपानी समस्या समाधानका विषमा चुपचाप रहे पनि अहिले आएर पनि समस्या देख्न थालेका छ् । नेकपा एमालेले धरानका टोलटोलमा कमिटी गठन गर्ने क्रममा हरेक टोलले खानेपानी धारानमा नआएको गुनासो पोख्न थालेपछि मात्र नेकपा एकालेको टोली धरान ८ को पम्पिङ साइडमै गएर अनुगमन गरेको नेकपा एमाले प्रदेश १ कमिटी सदस्य मुरारी सुवेदीले बताइरहदा धरानको खानेपानी समस्या समाधान भन्दा पनि सर्वसधारणको मनोविज्ञानलाई आफुतिर केन्द्रित गर्ने कुरा स्पष्ट भएको सर्वसाधारणको बुझाई छ ।

सुवेदीले अनुगमनका क्रममा धरान समस्या हुनुमा आयोजना असफल भएको तर बोर्डको व्यवस्थापनमा कमजोर रहेको बताएका थिए । उनले भने–‘सम्झौता अनुरुप पानी आएको देखियो, तर वितरण प्रणाली ठीक नहुदा धरानमा खानेपानीको समस्या देखियो ।’

सन् २०१२ मा नेपाल सरकारको सहरी विकास आयोजना अन्तर्गत २०३१ सम्म धरानेहरुलाई पयाृप्त खानेपानी खुवाउने उद्देश्यसहित आएको एसियाली विकास बेंक –एडिवी) को २ अर्ब १६ करोडमा आएको परियोजनाा मेयर अध्यक्ष रहने गरी धरान खानेपानी बोर्ड बनिसक्दा पनि परियोजनाले लक्ष्य अनुरुप पानी उत्पान गर्न नसक्दा धरानको अवस्था झन भयाव बन्दै गएको छ ।

परियाजनाले भूमिगत स्रोतबाट मात्र प्रतिदिन १ करोड ५२ लाख लिटर उत्पादन गर्नेे र जलाधार क्षेत्रबाट ४० हजार लिटर गरी १ करोड ९२ लाख लिटर पानी उत्पादन भने तापनि त्यो समेत उत्पादन हुन नसक्दा आएको परियोजनामा व्यापक अनियमिता छ भन्ने आशंका सर्वसाधारणमा उब्जिन थालेको छ । विगतमा चुपचाप बस्ने राजनीतिक दलहरु स्थानीय तहको निर्वाचन नजिकिदै जादा खानेपानी समस्याको विषयमा केन्द्रित हुनुलाई सर्वसाधारणले गैरजिम्मेवारीपनको संज्ञा दिएका छन् ।

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved