युएन नवोदयकलेजका होटल म्यानेजमेन्टका विद्यार्थीलाई पाँच तारे होटलमा अभिमुखीकरण

  • साउन १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित शैक्षिक संस्था  युएन-नवोदयकलेजले कक्षा ११ का होटल म्यानेजमेन्टका विद्यार्थीहरूका लागि अभिमुखीकरण  (Orientation)  तथा होटल भ्रमण कार्यक्रम सम्पन्न गरेको छ।

कलेजले आफ्ना विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले कोशी प्रदेशकै पहिलो र शीर्ष पाँच तारे होटलको भ्रमण गराएको हो।

​कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोका अनुसार, युएन  नवोदय कलेज मिहिनेती र अनुशासित विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल भएको छ। होटल म्यानेजमेन्ट विषय सिद्धान्तमा मात्र सीमित नभई पूर्ण रूपमा व्यावहारिक विषय पनि हो, प्रिन्सिपल तुम्बापोले भने, विद्यार्थीहरूले सैद्धान्तिक र व्यावहारिक दुवै पक्षको ज्ञान एकसाथ प्राप्त गर्न सकून् भन्ने उद्देश्यले प्रदेशको उत्कृष्ट पाँच तारे होटलमा यो भ्रमण र अभिमुखीकरण गराइएको हो।

​भ्रमणका क्रममा आयोजित अभिमुखीकरण कार्यक्रममा होटल म्यानेजमेन्टका संयोजक गगनमान श्रेष्ठ र प्राक्टिकल संयोजक सिर्जना लिम्बूले होटल म्यानेजमेन्ट सङ्काय, यसको महत्त्व र अन्तर्राष्ट्रिय बजारमा यसका सम्भावनाहरूबारे विस्तृत प्रस्तुति  दिनुभएको थियो।

​कलेजका जनसम्पर्क अधिकृत राम बहादुर लिम्बूले समय-सापेक्ष रूपमा सङ्काय अनुसार विद्यार्थीहरूलाई विभिन्न अभिमुखीकरण तथा व्यावहारिक भ्रमण कार्यक्रमहरू कलेजले निरन्तर गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो।

​कक्षा ८ देखि नै युएन कलेजमा पढ्ने सपना बोकेका विद्यार्थीहरूले यो भ्रमणबाट आफूहरू अत्यन्तै उत्साहित भएको प्रतिक्रिया दिएका छन्। सैद्धान्तिक अध्ययनसँगै वास्तविक पाँच तारे होटलको कार्यशैली प्रत्यक्ष रूपमा देख्न र सिक्न पाउँदा आफूहरूको शैक्षिक यात्रा थप प्रभावकारी बनेको उनीहरूको भनाइ थियो।

​उक्त अभिमुखीकरण तथा भ्रमण कार्यक्रमको सञ्चालन कलेजका फ्याकल्टी तथा प्राध्यापक अनिमेश बास्तोलाले गर्नुभएको थियो।

1000136645 1000136643 1000136644

1000136624 1000136625 1000136628 1000136627

धरानमा सातौँ इन्टर भ ...

धरान/  भारतीय राजदूतावास पेन्सन वितरण कार्याल ...

कोशीमा नेतृत्व फेरबद ...

धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ ...

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved