धरान/ जनप्रतिनिधिलाई धारे हात लाउनु पर्ने धेरै विषय छ्न । यी निकम्मा भए भन्नलाई पनि त्यत्ति मुख बारी रहन पर्दैन । सन्चार र सूचनाको तीव्र विकासको युगमा छिपाएर छिप्ने वा लुकाएर लुक्ने कुरा पनि छैनन् । कोरोनाको तीव्र सङ्क्रमण र बेमौसमी बाढीको वितण्डामा केही जनप्रतिनिधिको भूमिका आलोचनायोग्य बन्यो ।
छरपष्ट प्रकृतिको बजेटलाई वडादेखि नगरसम्मका योजनामा एकीकृत गर्न नसक्नु, वितरणमुखी नीतिलाई निरन्तरता दिनु, आफ्ना पार्टीकालाई काखी च्याप्नु, अर्काकालाई ढिम्किनै नदिनु र मिलाउदा मिल्नेसम्मको प्रवृत्ति देखाउनु यिनीहरुको असफलताको द्योतक बन्यो । यी तथ्यलाई पुष्टि गर्न नगरका पाँच वर्षका बजेट जोड्ने र भएका कामको हिसाब गर्ने हो भने स्वतः पुष्टि हुन्छ । संघीय नीति नै वितरणमुखी भएकाले धेरै स्थानीय तहले देखिने काम गर्न सकेनन् । अवधारणा, योजना र कार्यान्वयनको सही दृष्टिकोण भएका जनप्रतिनिधिले प्रशंसा बटुले ।
प्रशंसनीय काम गर्न नसके पनि केहीकेही स्थानीय सरकारले जनतामा आशाको सञ्चार गरे । विगत ५ वर्षमा सुनसरीको वराहक्षेत्र नगरपालिका त्यति आलोचित बनेन । समृद्धि, समानता र विकासको नारा लिएर निर्वाचनमा होमिएको वराहक्षेत्र नेकपा एमालेले वडा नं. १, २ र ६ बाहेक मेयर, उपमेयरसहित सबै उम्मेदवारलाई विजयी बनाएको थियो । सरकार बनाएपछि कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनायो । जसअनुसार कृषिमा प्रदेश १ मै पहिलो कृषि ल्याब स्थापना गरी दुई वटा कोल्डस्टोर सञ्चालनमा ल्यायो । शिक्षा क्षेत्रमा दुई वटा क्याम्पसको स्थापना ग¥यो । दुई वटा माविमा कृषि शिक्षा र इलेक्ट्रिकल इन्जिनियरिङको अध्यापन सुरु ग¥यो । स्वास्थ्य क्षेत्रमा दुई वटा नगर अस्पताल सञ्चालनमा ल्यायो । सबै वडामा आधारभूत स्वास्थ्य एकाईको पहुँच पु¥यायो । पर्यटन क्षेत्रमा उल्लेखीय काम गर्न सकेन । कोसी नदीमा जेटबोट सञ्चालनका लागि पोर्ट निर्माण गरी जलपर्यटनको प्रवद्र्धन ग¥यो ।
देखिने काम के भयो ? वराहक्षेत्रमा स्थानीय तहमा जनप्रतिनिधि आएपछि देखिने के विकास भयो भन्ने आजको समयको साझा प्रश्न हो । नदेखिने, नदेखिएका धेरै विषय होलान् तर प्रष्ट देखिने रुपमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक विकासमा वराहक्षेत्रले उल्लेखीय काम गरेको छ । पाँच वर्षको बजेट जोडेर विकास के भयो भन्ने भयावह र कहालिलाग्दो रुप देखाउन प्रतिपक्षीलाई छुट छ । तर आजसम्म त्यो काम भने गर्न सकेको छैन । प्रतिपक्षीको भूमिका शून्य प्रायः रह्यो । कुनै एउटा विषयमा प्रतिपक्षले वराहक्षेत्रमा खबरदारी गर्न सकेन । प्रतिपक्षीको मूल्यांकन पनि अवश्य हुन्छ लोकतन्त्रमा । कांग्रेसमा युवा नेता रमेश कार्की सभापति निर्वाचित भएपछि ‘मेरो वराहक्षेत्र म बनाउँछु’ भन्ने नारा ल्याए । जनप्रतिनिधिको भण्डाफोर गर्ने अप्रत्यक्ष अभियान थियो यो । तर भण्डाफोर गर्ने कुनै विषय प्रतिपक्षीले सायद भेटेन ।
यता स्थानीय सरकार बनाएको नेकपा एमालेले ‘मेरो वडा म जिताउँछु’ हाम्रो पालिका हामी जिताउँछौं’ भन्ने नारा लिएर आसन्न निर्वाचनमा आएको छ । वराहक्षेत्रले स्वास्थ्यक्षेत्रमा नगर अस्पतालको निर्माण ग¥यो । १ नम्बर वडामा चतरा अस्पतालको निर्माण र व्यवस्थापन ग¥यो भने नगरको केन्द्र चक्रघट्टीमा वराहक्षेत्र नगर अस्पताल स्थापना भयो । प्रत्येक वडामा आधारभूत स्वास्थ्य एकाईको पहुँच पु¥यायो । कोभिड संक्रमणमा क्वारेन्टाइन, होल्डिङ सेन्टर, आइसोलेसन स्थापना भयो । नगर प्रमुख निलम खनाल चिकित्सकसँगै औषधि, पौष्टिक आहार बोकेर जनताको घरदैलो अभियानमा हिंडे । आफू चढ्ने गाडी पनि संक्रमितको उपचारका लागि प्रयोग गरे । भोट माग्दामात्रै जनताको घरघर पुग्ने जनप्रतिनिधि कोरोना संक्रमणको बेला घरघर पुगे । उनीहरुको यो काम प्रशंसित बन्यो । शिक्षा क्षेत्रमा वराहक्षेत्र ६ चक्रघट्टीमा सप्तकोशी बहुमुखी क्याम्पसको स्थापना र व्यवस्थापन ग¥यो । वडा नं. २ चतरामा वराह आदर्श क्याम्पसको व्यवस्थापन ग¥यो । वडा नं. ५ मा जडेज मावि र २ कै आदर्श माविमा कृषि र इलेक्ट्रिकल इन्जिनियरिङ शिक्षा पठनपाठन सुरु ग¥यो । अधिकांश कृषियोग्य भूमि रहेको वराहक्षेत्र नगरले प्रदेश १ मै पहिलो कृषि ल्याबको स्थापना ग¥यो । ७० मेट्रिक टनका २ वटा चिस्यान केन्द्र स्थापना भयो ।
कृषकहरुको सम्पूर्ण अनलाइन तथ्यांक राख्ने काम सुरु भयो । कोभिड संक्रमणमा कृषि बजारको व्यवस्थापन गरेको नगरले बिउविजन, उन्नत कृषिको प्रवद्र्धन र साना सिचाइको प्रवद्र्धन ग¥यो । वैकल्पिक र साना सिचाइको प्रवद्र्धन गरी माछापालक किसानलाई अनुदान दिने, हाइटेक निर्माण गर्ने र पकेट क्षेत्र निर्माण गर्ने काम ग¥यो । भौतिक निर्माणतर्फ बराहक्षेत्रले १४ किमि कालोपत्रे सडक निर्माण ग¥यो । ३ सय बढी कल्भर्ट, २० किमि ड्रेन, ३ वटा ट्रस्ट ब्रिज, तीन दर्जन बढी भवन निर्माण सम्पन्न ग¥यो । १५ किमी नयाँ सडक ट्रयाक खोल्ने काम ग¥यो । १० शौचालय, ५० बढी मन्दिर विद्यालय संघसंस्थाको भवन निर्माण, चक्रघट्टी वराहक्षेत्र लिंक रोड र राष्ट्रिय राजमार्ग जोड्ने लिंक रोडको डिपिआर, विद्युत विस्तार र कटान नियन्त्रणमा १३ सय मिटर क्रेटिङ जाली लगायो । अधिकांश ऐलानी जग्गामा आवादी रहेको वराहक्षेत्रको प्रमुख चुनौतीको विषय भूमि व्यवस्थापन रहेको थियो ।
निर्वाचन ताका सुकुम्बासी, भूमिहीनहरुलाई आश्वासन समेत दिइएको थियो । भूमिव्यवस्थापनमा नगरले भूमिहीन दलित ८ सय ६८, भूमिहीन सुकुम्बासी २ हजार ८ सय ८१ र अन्यवस्थित बसोबासी ६ हजार ७ सय ७३ को तथ्यांक नेपाल सरकारलाई उपलब्ध गराई भूमि आयोगमार्फत् जग्गा प्राप्तिका लागि सिफारिस गरेको छ । जुन काम देखिएन बजेट विनियोजन भएर सम्पन्न भएका अधिकांश काम नदेखिने प्रकृतिका भएकाले बजेट केमा खर्च भयो भन्ने आम प्रश्न जायज छ । तालिम गोष्ठीहरुमा उल्लेखीय रकम खर्च गरेको वराहक्षेत्रले प्रतिफल प्राप्त गर्न नसकेको स्वयम् जनप्रतिनिधिहरु नै स्वीकार गर्छन् । ‘स्वरोजगार प्रवद्र्धनका लागि विभिन्न तालिम प्रदान गरेपनि उनीहरुलाई रोजगार सामग्री उपलब्ध नगराउँदा तालिम प्रशिक्षण निस्फल हुने देखियो ।’
नगर प्रमुख निलम खनालले भने, ‘प्लम्बिङ, मोबाइल, एसी बनाउने लगायत थुप्रै युवा लक्षित तालिम दियौं तर तालिम लिएपछि ती काम गरेको देखिएन ।’ वराहक्षेत्र नगरपालिकाले अन्य स्थानीय सरकारजस्तै ऐन, कानुन, विनियम र कार्यविधि निर्माण ग¥यो । कोभिड नियन्त्रण र राहत, स्वास्थ्य चौकी, बर्थिङ, सेन्टर स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति, आधारभूत स्वास्थ्य केन्द्रको स्थापना, खोप केन्द्र सञ्चालन, विपन्नलाई स्वास्थ्य बिमाको पहुँचमा पु¥यायो । विपद्जन्य घटनामा राहत, कृषि आधुनिकीकरण, यान्त्रीकरणमा अनुदान, निर्वाचन क्षेत्र केन्द्रित सडकहरु निर्माणमा विशेष जोड दियो । नयाँ नगरपालिका भएकाले प्रशासनिक भवन निर्माण गर्ने र सबै वडा कार्यालयहरु नयाँ निर्माण गर्नुपर्ने भयो । जनता आवास कार्यक्रम ५५१ घरधुरीसँग सम्झौता गरी कार्यान्वयन भयो । क्षमता अभिवृद्धि, रोजगारमूलक कार्यक्रम सञ्चालन, आन्तरिक आयमा बराहक्षेत्रले बढोत्तरी ग¥यो । नगर दूध, अण्डा, माछा, मासुमा आत्मनिर्भर भयो ।