झापा। स्वतन्त्र युवा समूह मेचीनगर-१२ ले शनिबार युवा मिलन तथा बृहत शान्ती र्याली कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय निकायमा युवाहरुको उपस्थिति हुनु पर्ने मागसहित सो र्यालीको आयोजना गरिएको हो । र्यालीमा १ सय ५० भन्दा बढी स्थानीय युवाहरुको उपस्थिति रहेको थियो ।
र्यालीमा हामी युवा एक हौँ, , नेपाली जनता एक हौं, युवाहरुलाई प्रोत्साहन गर, अबको पालो युवाको जस्ता नारा लगाएर वडा परिक्रममा गरिएको स्थानीय युवा दुसान्त कोइरालाले जानकारी दिए ।
मेचीनगर नगरपालिका वडा नं(१२ कालिझोडाको खेल मैदानबाट सुरु भएको र्याली वडाका विभिन्न स्थानहरुको परिक्रमा गर्दै सहरेडाँगीमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई स्थानीय युवा नेत्रप्रसाद मिश्र र बरुण राजवंशी लगायतले सम्बोधन गरेका थिए । मिश्रले अबको समयमा युवा नेतृत्व अपरिहार्य रहेको र युवा अब कसैको दबाब र प्रभावमा नपर्ने समेत बताए ।
उक्त कोणसभाको सञ्चालन हरिकृष्ण भण्डारीले गरेका थिए ।