प्रेस युनियनद्वारा सञ्चारकर्मीलाई दुर्घटना वीमा

  • चैत १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/ नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता भएको छ । सोमबार प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहाल (दिनेश) ले दुर्घटना बीमामा सम्झौता गरेका हुन् ।

यसअघि अघिल्लो वर्षपनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो । तर, यसवर्ष जिल्लाका २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए । उनका अनुसार बीमामा लाग्ने कुल रकममध्ये आधा रकम युनियनले व्यहोर्नेगरी सम्झौता भएको हो । जसमध्ये एक लाख ३६ हजार रुपैँया रकम प्रेस युनियन सुनसरीले व्यहोर्ने र बाँकी रकम इन्स्योरेन्स कम्पनीले व्यहोर्नेगरी सम्झौता भएको उनले बताए ।

‘बीमित सञ्चारकर्मीको दुर्घटनामा मृत्यु भएमा सात लाख रुपैँया पाउनेछन् भने घाइते भएमा अधिकतम् एक लाखसम्म पाउनेगरी सम्झौता भएको छ,’ अधिकारीले भने, ‘दुर्घटनामा अङ्गभङ्ग भए वा कामै गर्न नसकेको अवस्थामा पनि कम्पनीको पोलिसी अनुसार रकम पाइन्छ, आजको मितिबाट एक वर्षसम्मका लागि सम्झौता भएको हो ।’

प्रेस युनियन सुनसरीका उपाध्यक्ष सञ्जीव वाग्लेका अनुसार अघिल्लो वर्षपनि गरिएको बीमा यसवर्ष पनि दोहो¥याइएको हो । ‘दुर्घटना विपत्ति रहेकाले कहाँ कतिबेला कसरी हुन्छ थाहा हुँदैन, त्यसैले सञ्चारकर्मीको सुरक्षाका लागि हामीले बीमा गरेका हौँ,’ वाग्लेले भने, ‘जिल्लाका सञ्चारकर्मीको दुर्घटना बीमाका लागि हामीले यसअघि मिडिया हाउससँग नामावली मागेका थियौँ, सोही नामावलीका आधारमा बीमा गरिएको हो ।’

अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्रीले बीमा गर्नुले मानिसको जीवनमा सकारात्मक प्रभाव पर्ने बताए । उनले भने, ‘हरेक मानिसले दुर्घटना बीमा गर्न आवश्यक छ, प्रेस युनियनले यसरी सञ्चारकर्मीको दुर्घटना बीमा गरिनुले हामीलाई पनि थप उत्प्रेरित गरेको छ ।’

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved