समाज

    Showing ५,६६१-५,६७० of ७,१४८ items.
  • नहर आसपास फेरि घर–टहरा बनाउने क्रम बढ्दो

    सुनसरी/ मोरङ सिँचाइ आयोजनाको चतरा नहरआसपास फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । सात वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो । विसं २०७२ मा सुनसरी बराह क्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा पाँच हजार पाँच सय हाराहारी घर–टहरा भत्काइएका थिए । घर–टहरा हटाउन आयोजनाले पटक पटक सूचना गर्दा पनि अटेर गरेपछि अन्तिममा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर घर–टहरा भत्काइएको थियो । तर पछिल्लो समय फेरि अतिक्रमित जमिन खाली गराउन पहल नहँुदा घर–टहरा बनिरहेका छन् । सुनसरीको चतराबाट नहर पु

    • प्रकाशित मितिः असोज २१, २०७९
    • ५१४ पटक पढिएको
    • "रासस"
  • भोजपुरे खुकुरीको माग बढ्दै, कालिगड अभाव

    भोजपुर/  भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन, ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नि १, कुन पसलमा पाइन्छ रु’ हो प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन, विदेशमा समेत प्रख्यात छ। चाडपर्वको सुरुआतसँगै भोजपुरमा अहिले आएर खुकुरीको मागसमेत बढेको छ। खुकुरीको माग बढेअनुसार दक्ष कालिगडको भने अभाव देखिएको खुकुरी व्यवसायीहरूको भनाइ छ। उर्मिला आरन उद्योग भोजपुरका व्यवस्थापक हिरा श्रेष्ठ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालिगडको अभावका कारण समस्या देखिने गरेको बताउँछन्। उनी भन्छन्, ‘भोजपुरमा बनेका खुकुरीहरु स्थानीय बजारमा मात्र होइन, भोजप

    • प्रकाशित मितिः असोज १७, २०७९
    • ६७४ पटक पढिएको
    • "रासस"
  • परम्परागत दशै हरायो : ‘छैन पिङ, हुँदैन लिपपोत’

    धरान/ नेपालीहरुको घरघरमा दशै भित्रियो । हिन्दु धर्मालम्बीहरुले मनाउँदै आएको दशै पछिल्लो समय साझा पर्वको रुपमा मनाउन थालिएको छ । साझा परम्परा बन्नु सकारात्मक कुरा हो, तर परम्परागत दशै भने हराउदै गएको छ । सहरमा मात्र हैन पछिल्लो समय परम्परागत दशै ग्रामीण क्षेत्रमा समेत हराउदै जान थालेको छ । विगतमा ढुंगामाटोले छाएको घर अहिले पक्की बनेका छन्, पक्की बनेसँगै दशैका समयमा रातो माटोबाट लिपपोत गरी सजाइएका घरहरु खोज्दा पनि भेटिदैनन्, यो संगै दशैको रौनक लिंगे पिङले ल्याउने गर्दथ्यो, अहिले गाउँघरका युवाहरु वैदेशिक रोजगारमा भएका कारण गाउँका बुढापाकाहरुले पिंग नै लाउन नसक्दा यस्ता पिङहरु हराउन थालेका छ

    • प्रकाशित मितिः असोज १३, २०७९
    • ७६९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान उपमहानगरको बेथिति : ‘व्यक्तिगत काममा सरकारी सुविधा’

    विजयपुर/ राज्यले सरकारी सवारीलाई बिदाको दिन हिंड्न निषेध गरेको छ । दशैं लागेका बेला सरकारी गाडीमा काजमा काठमाडौं हिंडेका कर्मचारीलाई आपत् आइलागेको छ । एक जना पत्रकार महिलाले सरकारी गाडीमा सवारी गरेको फोटो सामाजिक सञ्जालमा हाल्दै बाइबाइ धरान भनेर पोस्ट गरेपछि पत्रकार महिला त विवादमा आएकी छन् नै सरकारी गाडी लिएर हिंडेका कर्मचारी र धरान उपमहानगरपालिका पनि विवादमा तानिएको छ । सुसासनको चर्को आवाज उठाइरहेका अभियान्ता हर्कराज राई अहिले धरान उपमहानगरपालिकाका प्रमुख छन् । तर आफ्नै प्रमुख प्रशासकिय अधिकृतले निजी काममा उपमहानगरपालिकाको गाडी दुरुपयोग गरि रहदा भने बेखबर बनेका छन् । धरान उपमहानगरपालि

    • प्रकाशित मितिः असोज १३, २०७९
    • १,१०७ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • दशैंले छपप्कै छोप्यो: ‘किनेर खान मुस्किल’

    विजयपुर/ ‘दशैले छपक्कै छोयो महंगीले किनेर खानै गाह«ो भयो’ यो भनाई विगत पाँच बर्षदेखि सिटी सफारी चलाउदै आएका धरान ११ तुलबहादुर श्रेष्ठको हो । शुरुका दिनमा भ्याइनभ्याई हुने उनको काम अहिले धेरै सिटी सफारी भएकै कारण चल्न छोडेपछि उनलाई अहिले छाक टार्न नै धौ धौ परेको उनी बताउँछन् । उनले दशैको समयमा पनि मुस्किलले ८सयदेखि १ हजार सम्म कमाइ हुने बताए । उनले भने–‘दशैको समयमा मुस्किलले १ हजार कमाई हुन्छ, आधा त साहुलाई बुझाउनुपर्छ ।’ उनले बचेको पैसाले परिवार पाल्न सम्म नपुग्ने बताए । उनले भने–‘कमाई नै कम छ, बाँच्न नै मुस्किल भएको समयमा कसरी दशै मनाउने ?&

    • प्रकाशित मितिः असोज १२, २०७९
    • ७१४ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • हात–हातमा लालपूर्जा र रोजगारी सुनसरी १ मा कुमार कार्कीको उम्मेद्वारी

    हात–हातमा लालपूर्जा र साथसाथमा रोजगार ,सुकुम्बासी मूक्त राष्ट्र बनाउन सुनसरी क्षेत्र नम्बर १ मा कुमार कार्की उमेद्वार राज्यको गैरजिम्मेवारी र नजरअन्दाजका विरुद्ध त्यही बस्तीहरुबाट कयौं आवाजहरु उठे । त्यहीँ बिलाए । दमन भए । तर, आजसम्म अविरल उठिरहेको एउटा युगिन आवाज हो – कुमार कार्की । अब उनी आन्दोलन र विद्रोहबाट माथि उठ्न खोजिरहेका छन् । निर्वाचन अघि नै सुकुम्बासी भूमिहीनलाई लालपुर्जा दिने व्यवस्था गर्न ‘नो लालपुर्जा नो भोट’ जस्ता नारा लगाएर सुकुम्बासीको हितमा कार्यक्रम हुने गरेका छन् । लाखौं जनता सडकमा उत्रन्छन् । तर राजनीतिक दलको आश्वासन सुन्न बाहेक निरिह बस्तीबासीलाई

    • प्रकाशित मितिः असोज ११, २०७९
    • १,८०० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दशैको चहलपहल बढ्यो: बजारमा भीड बढ्दै जाँदा ट्राफिक जाम पनि उस्तै

    धरान/ नेपालीहरुको महान चाड दशै घर घरमा भित्रिएको छ । सोमबार घटस्थापनाका दिन सबैले आ आफ्नो घरमा देवीको प्रसाद स्वरुप जमरा राख्ने काम समेत गरिसकेका छन् । यो सँगै सर्वसाधारण किनमेलमा लागिसकेका छन् । तर बजारमा भीडसँगै सवारी चाप अत्याधिक बढ्दा ट्राफिम जाम हुने गरेको छ । अत्यन्तै व्यस्त बजारमा पार्किङको उचित व्यवस्था नहुदा जथाभावि राखिएका पार्किङले बजार अझ अस्त व्यस्त बनेको छ । मुख्य गरेर धरान २ मा रहेको भानुचौक, रत्नरोड, महेन्द्र पथ लगायतका क्षेत्रहरुमा बढी अस्तव्यस्त भएको पाइएको छ । बजारमा भीड बढ्दै जाँदा जथाभावि राखिएको सवारी साधनले दुर्घटनाको जोखिम बढ्ने भन्दै स्थानीय सरकार र जिल्ला ट्राफि

    • प्रकाशित मितिः असोज ११, २०७९
    • ७७३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दशै सुवर्ण अवसर: प्रहरी पैसा उठाउँछ, चालकहरु मनपरी भाडा असुल्छन्

    इलाम/ मेची राजमार्ग भएर गुड्ने सार्वजनिक सवारी साधनले मनलाग्दी भाडा उठाउने गरेको पाइएको छ । चाडवाडको मुखमा यातायात मजदुर तथा व्यवसायीहरुले मनलाग्दी भाडा असुल्दा सर्वसाधारण मारमा परेका छन् ।उनीहरुले इन्धनको मूल्य बढेको इन्धनको मूल्य बढेको बहानामा चालकले मनलाग्दी भाडा उठाउने गरेका यात्रुहरुले गुनासो गरेका छन् । इलाम–झापा रुटमा गुड्ने सार्वजनिक सवारी साधनले पाँच सय देखी आठ सय सम्म असुल्ने गरेका यात्रुहरुले बताएका छन् । सार्वजनिक सवारी साधनले मन लाग्दी भाडा असुल्दा पनि प्रहरी प्रशासन भने मूकदर्शक बनेर बसेको छ । इलाम–झापा भाडा निर्धारण समितिले तोकेको भन्दा दोब्बर भन्दा बढी सवारी स

    • प्रकाशित मितिः असोज १०, २०७९
    • ७२३ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • विदाको दिन पनि राष्ट्रिय परिचयपत्रको फारम भरियो

    धरान/ नेपाल सरकारले भर्खरै प्रयोगमा ल्याएको विद्युतीय राहदानी –इ–पासपोर्ट) प्राप्त गर्न राष्ट्रिय परिचयपत्र लिन अनिवार्य बनाएपछि राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने बनाएपछि अहिले राष्ट्रिय परिचयपत्र लिने सर्वसाधारणको घुइँचो बढेको छ । राष्ट्रिय परिचयपत्र बनाउन सरकारले तोकेको सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय र मातहतका इलाका प्रशासन कार्यालयमा अत्याधिक भीड बढेपछि फर्म भर्न स्थानीय सरकारसँग समन्वय गरेर वडावडाबाट शुरु गरिएको छ । यसै क्रममा धरान उपमहानगरपालिका वडा नं. १५ ले वडाका टोल समितिसँग समन्वय गरेर परिचयपत्र वितरण गर्न थालेको एक महिना भयो । असोज १२ ग

    • प्रकाशित मितिः असोज ९, २०७९
    • ६५३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाईके एलबीको हत्यामा संलग्न नौ जना पक्राउ

    इलाम / स्थानीय गुण्डा नाईके एलबी भनिने झापाको बेलडाँगी शिविरका भुटानी शरणार्थीको हत्यामा संलग्न आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । एलबी भनिने ४४ वर्षे लालबहादुर गुरुङको हत्यामा संलग्न आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । असोज ५ गते इलाम र झापाकोे सीमा रतुवा खोलाको झोलुङ्गे पुलनजिक बोलाएर गुरुङमाथि कुटपिट र खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए । १०÷१२ जनाको समूहले गुरुङलाई खुकुरी, ढुङ्गा प्रहार गर्दै खुट्टाको छेपारी, घुँडा र कुममा काटी गम्भीर घाइते बनाएर फरार रहेका थिए । घटनामा संलग्न आरोपमा प्रहरीले इलामकै चुलाचुली गाउँप

    • प्रकाशित मितिः असोज ९, २०७९
    • ५२० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved