दशै सुवर्ण अवसर: प्रहरी पैसा उठाउँछ, चालकहरु मनपरी भाडा असुल्छन्

  • आश्विन १०, २०७९
  • भगीरथ भण्डारी
alt

इलाम/ मेची राजमार्ग भएर गुड्ने सार्वजनिक सवारी साधनले मनलाग्दी भाडा उठाउने गरेको पाइएको छ । चाडवाडको मुखमा यातायात मजदुर तथा व्यवसायीहरुले मनलाग्दी भाडा असुल्दा सर्वसाधारण मारमा परेका छन् ।
उनीहरुले इन्धनको मूल्य बढेको इन्धनको मूल्य बढेको बहानामा चालकले मनलाग्दी भाडा उठाउने गरेका यात्रुहरुले गुनासो गरेका छन् । इलाम–झापा रुटमा गुड्ने सार्वजनिक सवारी साधनले पाँच सय देखी आठ सय सम्म असुल्ने गरेका यात्रुहरुले बताएका छन् । सार्वजनिक सवारी साधनले मन लाग्दी भाडा असुल्दा पनि प्रहरी प्रशासन भने मूकदर्शक बनेर बसेको छ ।

इलाम–झापा भाडा निर्धारण समितिले तोकेको भन्दा दोब्बर भन्दा बढी सवारी साधनले उठाइ रहेका छन् । निर्धारण समितिले भाडा ३ सय ५३ रुपैयाँ तोकेको भएपनि पाँच सय देखि आठसय सम्म उठाइएको पाइएको छ । मन खुसी भाडा उठाइ रहँदा नयाँ भाडा दर निर्धारण गर्न नसक्नु र तोकेको भाडा दर कार्यान्वयन गर्न नसक्नु सम्बन्धित पक्षको लाचारीपन भएको यात्रुहरु बताउछन ।
चाडवाडको नाउमा प्रहरीले जथाभावि रकम असुल्ने गरेर समस्या दिने गरेकै कारण उनीहरुको मुख बुझो लगाउन बाध्य भएकै कारण पनि भाडा बढी लिनुपरेको बताएका छन् ।

इलाम–झापा रुटमा सार्वजनिक सवारी कुदाउने एक चालकले नाम नबताउने सर्तमा प्रहरीलाई पैसा दिएन भने दुख दिई रहने बताउँछन् । ‘यति बेला त प्रहरीले हामीले चाहिँ दसैँ मान्नु पर्दैन भनेर सिधै भन्ने छन् । पैसा दिएन भने अनेक दुःख दिन्छन् उनीहरलाई पैसा दिएपछि मात्र व्यवसायीले छुटकारा पाउँछन् । ’

इलाम–झापा मात्र होइन जिल्लाका विभिन्न गाउँमा जाने सवारीसाधनबाट हरेक बाहानमा डिउटीमा खटेका प्रहरीले सवारी साधनका चालकबाट पैसा असुल्ने गरेको चालकहरुको गुनासो छ । इलाम–झापाको सिमानामा पर्ने जोर कलश देखी पाँचथरको सिमाना राँके सम्मको राजमार्गमा बस्ने प्रहरीले चाडबाडमा दशै मनाउने बाहानमा पैसा असुल्ने गरेको चालकहरु बताउँछन् ।
जिल्ला यातायात व्यवस्थापन समितिले भाडा दर समायोजन गर्ने गर्दछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले २०७८ असोज १८ गते भाडा दर समायोजन भए पनि त्यस यता कुनै भाडा दर समायोजन हुन सकेको थिएन । चाडबाड सुरु भएसँगै भाडा दर समायोजनका लागि समिति तीन दिन यता छलफलमा व्यस्त छ । पूर्वेली जिप तथा ट्याक्सी यातायात सेवा प्रालिका अध्यक्ष तथा जिल्ला यातायात व्यवस्थापन समितिका सदस्य गृष्म सुब्बा व्यवहारिक भाडा दर कायम हुन नसक्नु र निगरानी गर्ने निकायले निगरानी फितलो गरेको कारण कार्यान्वयन हुन नसकेको बताए । भाडा निर्धारण गर्दा सडकको अवस्था र यातायात व्यवसायीसँग छलफल नगरी भाडा निर्धारण गरेको कारण यातायात व्यवसायीले तोकेको भाडदारलाई कार्यान्वयन हुन नसकेको सुब्बाले बताए ।

जिल्ला यातायात व्यवस्थापन समितिका संयोजक, प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले भाडा दर बढी लिएको विषयमा यातायात व्यवसायी सँग बसेर छलफल भई रहेको बताए । उनले कायम गरिएको भाडा दर भन्दा बढी एक रुपैयाँ पनि लिन नपाउने भन्दै यात्रु, व्यवसायी र सर्वसाधारण सबैले आ– आफ्नो ठाउँबाट कार्यान्वयन गर्न लाग्ने हो भने भाडा दर कायम हुने बताए ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved