परम्परागत दशै हरायो : ‘छैन पिङ, हुँदैन लिपपोत’

  • असोज १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेपालीहरुको घरघरमा दशै भित्रियो । हिन्दु धर्मालम्बीहरुले मनाउँदै आएको दशै पछिल्लो समय साझा पर्वको रुपमा मनाउन थालिएको छ । साझा परम्परा बन्नु सकारात्मक कुरा हो, तर परम्परागत दशै भने हराउदै गएको छ ।

सहरमा मात्र हैन पछिल्लो समय परम्परागत दशै ग्रामीण क्षेत्रमा समेत हराउदै जान थालेको छ । विगतमा ढुंगामाटोले छाएको घर अहिले पक्की बनेका छन्, पक्की बनेसँगै दशैका समयमा रातो माटोबाट लिपपोत गरी सजाइएका घरहरु खोज्दा पनि भेटिदैनन्, यो संगै दशैको रौनक लिंगे पिङले ल्याउने गर्दथ्यो, अहिले गाउँघरका युवाहरु वैदेशिक रोजगारमा भएका कारण गाउँका बुढापाकाहरुले पिंग नै लाउन नसक्दा यस्ता पिङहरु हराउन थालेका छन् ।

धरान ८ मा विगत १० बर्षदेखि बस्दै आएकी मन्दिरा खड्का अहिले उमेरले ७० पुगिन् । ग्रामीण क्षेत्रमा हुर्किए पनि सुख गर्न धरान झरिन । धरान झरेदेखि नै दशै तथा तिहार आउदा पनि खल्लो लाग्ने बताउँछिन् । उनी भन्छिन्–‘दशै आउन एक÷दुई महिना अगाडिदेखि नै पहाडमा हुदाँ सिंगार पेटारमा लाग्थ्यौ, ढुंगा र माटोले बनेका घरलाई लिपपोत गर्न एक महिना अगाडिदेखि नै एक दुर्ई कोष टाढाबाट रातो माटो डोकोमा बोकेर ल्याउँथ्यौ, दशै नजिकिदै जाँदा उमंग बढ्ने भएकोले डोको भरि रातो माटो बोकर आउँदा पनि थकान हुदैनथ्यो, साथीसँगीसँग गफिदै चाडवाडका कुरा गर्दै जाँदा साह«ै रमाइलो हुन्थ्यो ।’ उनले अहिले ढुंगामाटोको घर खोज्नुपर्ने अवस्था आएको र सिमेन्ट रड प्रयोग गरेर घर बनाएको हुदा पहाडी क्षेत्रमा समेत ढुंगामाटोले बनेको घर खोज्नुपर्ने बताइन् । उनी भन्छिन्–‘घर लिपपोत गरिएन भने त हामीलाई दशै आएजस्तो पनि लाग्दैनथ्यो ।’

यस्तै भनाई धरान १५ की फत्तमाया खड्को पनि छ । उमेरले ६५ पुगेकी उनी तेह्रथुमको लाली गुरास नगरपालिका तत्कालीन बसन्तपुर गाविस वडा नं. २ मुसाङखेलमा हुर्केकी हुन् ।
धरान झरेको १५ बर्ष भएको बताउने खड्का पनि मन्दिराले भनेको कुरामा सहमत जनाउँछिन् । उनी भन्छिन् –‘त्यसबेला नयाँ लुगा लगाउन, मासु खान दशै नै पर्खिनुपथ्र्यो, बल्लतल्ल बुबाआमाले नयाँ लुगा किन्दिदा हामी यति खुशी हुन्थ्यौ कि भनेर साध्य छैन ।’ त्यसबेला यहाँका बासिन्दाको किनमेल गर्ने ठाउँ बसन्तपुर बजार नै भएको उनी बताउँछन् । दशैमा सबैले बसन्तपुरमा आएर नया लुगा किन्ने गरको उनी सुनाउँछिन् । उनी भन्छिन्–‘लुगा किन्न बुबाआमासँग बसन्तपुर आउँदा हामी ज्यादै खुशी हुन्थ्यौ, खरिद गरेर लगेको लुगा गाउँकै दर्जीले सिलाउँथे, कतिखेर सिलाइसक्छ र लगाउने भनेर हामी पटक पटक धाउने गर्दथ्यौ, छिटो लुटा सिलाएर लाउन पाए कस्तो हुन्थ्यो भनेर हामी अत्यत्यै उत्साहित हुन्थ्यौंै ।’

पछिल्लो समय चाडपर्व देखासिकी हुन थालेको उनी बताउछिन् । सबैले एकै प्रकारको दशै मनाउँदा आर्थिक भार पनि सबैलाई प्राय ः उस्तै हुने गरेको उनी बताउँछिन् । उनी भन्छिन्–‘अहिले त टीका लगाएको, भासुभात खाएको, तास खेलेको, घुम्न गएको त्यो फेसबुक हो कि के भन्छन् त्यसमा लगाउँछन्, म त त्या दे खाउनकै लागि लगाएको जस्तो लाग्छ ।’

अष्ठमीका दिन बोका, खसी काट्दा त झन खुसीको सीमा नहुने खड्काद्वय बताउँछन् । लामो पैदल यात्रा गरेर साथीभाई, दिदीबहिनीसँग टिका जमरा लगाउन मामला घर, आफन्तको घर जाँदा छुट्टै आनन्द आउने उनीहरु बताउँछन् । निधारभरि टीका, कानमा जमरा सिउरिएर अभिभावकले दिएको आर्शीवाद कहिल्यै नविर्सिने मन्दिरा बताउँछिन् । त्यसबेला कोसेली र दक्षिणको कुनै मतलब नहुने उनी बताउँछिन् । उनी भन्छिन्–‘अहिले त आफन्त गरिब छ भने भरसक टीका लगाउनै जाँदैनन्, धनी हेरेर कोसेली बोकेर टीका लगाउन गयो भने धेरै दक्षिणा झर्छ भन्ने मानसिकता बढेर गएको छ ।’ उनले दशैलाई अहिले दक्षिणा र कोसेलीसँग दाँज्न थालिएकोमा आफूलाई राम्रो लागेर फत्तमाया बताउँछिन् । उनी भन्छिन्–‘रातो टिका र जमरा लगायो, टिकाको दिन लिंगे पिङ खेल्नैपर्छ, टिकाको दिन एक दिन भुई छोड्नै पर्छ भन्ने थियो, सबैजना साथीभाई मिलेर पिङ खेल्न जादाको क्षण अहिले पनि ताजै छ, त्यो सबै हरायो, दशै आए पनि दशै आए जस्तो लाग्दैन आजकल त ।’

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved