नाईके एलबीको हत्यामा संलग्न नौ जना पक्राउ

  • असोज ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम / स्थानीय गुण्डा नाईके एलबी भनिने झापाको बेलडाँगी शिविरका भुटानी शरणार्थीको हत्यामा संलग्न आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । एलबी भनिने ४४ वर्षे लालबहादुर गुरुङको हत्यामा संलग्न आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।
असोज ५ गते इलाम र झापाकोे सीमा रतुवा खोलाको झोलुङ्गे पुलनजिक बोलाएर गुरुङमाथि कुटपिट र खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए । १०÷१२ जनाको समूहले गुरुङलाई खुकुरी, ढुङ्गा प्रहार गर्दै खुट्टाको छेपारी, घुँडा र कुममा काटी गम्भीर घाइते बनाएर फरार रहेका थिए ।

घटनामा संलग्न आरोपमा प्रहरीले इलामकै चुलाचुली गाउँपालिका ४ का २५ वर्षे शिव हिङहाङ भनिने नरेन्द्र दर्जी, २९ वर्षे झ्याम्ले भनिने नरेशकुमार याक्खा,२१ वर्षे अभिषेक केरुङ, २० वर्षे सेसे भनिने सेसेयाङ याक्खा, ३३ वर्षे सन्तु भनिने चन्द्रकुमार यवा, ३५ वर्षे डम्बर यवा, ३० वर्षे टीका भनिने नरेन्द्र तुम्रोक, २६ वर्षे विक्रम हिङमाङ (नेपाली) र २९ वर्षे पर्शु राईलाई पक्राउ गरेको हो । उनीहरूलाई विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार असोज २ गते मृतक गुरुङले टीका भनिने नरेन्द्र तुम्रोकका भाइ सुजनलाई कुटपिट गरी नगद २ हजार रुपैयाँ खोसेका थिए । त्यसैको बदला दिन स्थानीय युवाको समूहले गुरुङको हत्या गरेको खुलासा भएको एसपी घिमिरेको भनाई छ । स्थानीय दावा भनिने दावा तामाङसँग गुरुङको पहिलादेखि नै रिसीबी रहेको प्रहरकोे अनुसन्धानबाट खुलेको छ । मृतक गुरुङकी पत्नीको मोबाइलमा सम्पर्क गरी घटनास्थलमा गुरुङलाई बोलाएको देखिन्छ एसपी घिमिरेले भने, मृतक गुरुङको पृष्ठभूमि पनि आपराधिक नै देखिएको छ ।

मृतक गुरुङ विभिन्न अपराधमा संलग्न भइ जेल सजाय सकेर भर्खरै छुटेका हुन् । गुरुङले टोलभर ‘दादागिरी’ गरी आफूहरूलाई निकै दुःख दिनेगरेको स्थानीयले पनि बताएको प्रहरी भनाइ छ । आक्रमणपछि गम्भीर घाइते गुरुङलाई उपचारका लागी झापाको लाइफलाइन अस्पतालमा लगिएकामा उपचार हुन नसक्दा बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो । अस्पतालले उनलाई असोज ५ गते साँझ मृत घोषित गरेको थियो ।

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

श्रम संस्कृति पार्टी ...

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved