दशैको चहलपहल बढ्यो: बजारमा भीड बढ्दै जाँदा ट्राफिक जाम पनि उस्तै

  • असोज ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेपालीहरुको महान चाड दशै घर घरमा भित्रिएको छ । सोमबार घटस्थापनाका दिन सबैले आ आफ्नो घरमा देवीको प्रसाद स्वरुप जमरा राख्ने काम समेत गरिसकेका छन् । यो सँगै सर्वसाधारण किनमेलमा लागिसकेका छन् ।

तर बजारमा भीडसँगै सवारी चाप अत्याधिक बढ्दा ट्राफिम जाम हुने गरेको छ । अत्यन्तै व्यस्त बजारमा पार्किङको उचित व्यवस्था नहुदा जथाभावि राखिएका पार्किङले बजार अझ अस्त व्यस्त बनेको छ । मुख्य गरेर धरान २ मा रहेको भानुचौक, रत्नरोड, महेन्द्र पथ लगायतका क्षेत्रहरुमा बढी अस्तव्यस्त भएको पाइएको छ । बजारमा भीड बढ्दै जाँदा जथाभावि राखिएको सवारी साधनले दुर्घटनाको जोखिम बढ्ने भन्दै स्थानीय सरकार र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानले सवारी जामलाई नियन्त्रण गर्न थालेको छ ।

सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान र धरान उपमहानगरपालिका वडा नं. २ मिलेर सडकमा दुवैतर्फ पार्किङ गरेका सवारी साधनलाई हटाउन थालेको छ । सडकका दुवै भागमा सवारी पार्किङ हुदा बजार अस्तव्यस्त हुने, बाटोमा हिड्ने सर्वसाधारणलाई समस्या हुने र दुर्घटनाको जोखिम बढेको भन्दै सोमबार रत्न रोडमा रहेका दुवैतर्फको पार्किङ्ग हटाएको हो ।

सडक नै छेक्ने गरी राखिएका खुद्रे व्यापारीलाई नियन्त्रण गरेसँगै दोस्रो चरणमा पार्किङलाई व्यवस्थित गर्न थालेको हो । धरान उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष रमेश राईले विगतदेखि नै सडकको एकतर्फी पार्किङ्ग राख्न सबैलाई अनुरोध गर्दा समेत अटेर गरेर राखिएको पाइएकोले पुन ः यसलाई व्यवस्थित गर्न थालिएको बताए । उनले भने–‘हामीले धरान २ को माछाभौडीदेखि ंिसंहदेवी चौकसम्म एकतर्फी पार्किङको व्यवस्था गरेका छौंै, त्यस ठाउँमा पार्किङ व्यवस्थित नै छ, तर रत्न रोड सानो सडक भएपनि सडकका दुईतर्फी पार्किङ गरिएको पाइएपछि हामीले हटाउन थालेका हौ ।’
उनले धरान उपमहानगरपालिका, २ नं. वडा समिति, जिल्ला ट्राफिक प्रहरी, स्थानीय बासिन्दा, व्यापारी व्यवसायीसँग सनव्य गरेर दुई तर्फी पाकिङलाई एकतर्फी राख्न थालिएको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका प्रमुख प्र्रहरी निरीक्षक श्यामकुमार बस्नेतले दशै भित्रिएसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थित गर्न थालिएको बताए । उनले भने–‘दशैमा बढी भिडभाड हुन्छ, अव्यवस्थित पार्किङले सर्वसाधारणले सास्ती त पाउँछन् नै, दुर्घटनाको जोखिमसमेत बढ्ने सम्भावना बढेर जान्छ, हामीले व्यस्त बजारमा सडकको एकतर्फी पार्किङ गर्न अनुरोध गरेका छौैं, अनुरोधलाई नमानेपछि आफै फिल्डमा गएर हटाउन थालेका हौं ।’

एकतर्फी पार्किङका लागि आवहान गर्दा समेत कार्यान्नवय नभएपछि अहिले सडकको एकापट्टी ‘नो पार्किङ’ को बोर्ड समेत राख्न थालिएको छ । कार्यान्वयनका लागि समय समयमा अनुगमन गर्ने समेत बताइएको छ ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved