विजयपुर/ ‘दशैले छपक्कै छोयो महंगीले किनेर खानै गाह«ो भयो’ यो भनाई विगत पाँच बर्षदेखि सिटी सफारी चलाउदै आएका धरान ११ तुलबहादुर श्रेष्ठको हो । शुरुका दिनमा भ्याइनभ्याई हुने उनको काम अहिले धेरै सिटी सफारी भएकै कारण चल्न छोडेपछि उनलाई अहिले छाक टार्न नै धौ धौ परेको उनी बताउँछन् । उनले दशैको समयमा पनि मुस्किलले ८सयदेखि १ हजार सम्म कमाइ हुने बताए । उनले भने–‘दशैको समयमा मुस्किलले १ हजार कमाई हुन्छ, आधा त साहुलाई बुझाउनुपर्छ ।’ उनले बचेको पैसाले परिवार पाल्न सम्म नपुग्ने बताए । उनले भने–‘कमाई नै कम छ, बाँच्न नै मुस्किल भएको समयमा कसरी दशै मनाउने ?’
एकातिर महंगीले सताएको छ, अर्कोतर्फ आर्थिक मन्दीका कारण मजदुरहरुको कमाई नै छैन । उनीहरुले स्थानीय सरकारलाई कर समेत तिर्नुपर्ने बताए । उनले भने– ‘दशै त हामीलाई नआओस् जस्तो लाग्छ, गरिखानेहरुलाई दशै दशा बनेको छ ।’ यस्तै भनाई सफारी चालक सरोज तामाङको समेत रहेको छ । चाडवाड आएपछि सामानको भाउ समेत बढेर किनेर खान नसक्ने बताउछन् । उनले भने–‘ पहिला ९० रुपैया पर्ने चिनी अहिले केजीको १ सय भन्दा बढी तिरेर खरिद गर्नुपर्ने हुन्छ, २५ केजी तौलको चामल १ हजार ७ सयमा किनेको भएको पनि अहिले २ हजार हाल्नुपर्छ, अनि हाम्रो कमाईले कसरी थाम्छ ? घर चलाउन न धौ धौ परेको छ, दशै मनाउनु भनेको त परकै कुरा हो ।’
उनले धेरै सामानमा मूल्य बढाएको बताए । उनले भने–‘यो त मैले उदाहरणमात्र दिएको हो, अहिले सामानको भाउ आकासिएर किन्नै नसक्ने अवस्थामा छौ हामी ।’
सिटी रिक्सा चलाउने मात्र हैन मजदुरी गरेर खानेका लागि पनि दशै दशा बनेको छ । दिनभरि काम गरेर कमाएको ज्यालाले परिवार पाल्न नै धौ धौ परेको उनीहरुको भनाइृ छ । घरको मजदुरी गर्दै आएकी शारदा श्रेष्ठले–‘महंगी अनुसार ज्याला नपाउने गरेकाले घर परिवार पाल्न धौ धौ परेको छ, दशै आयो भने हामीलाई त चिन्ता बढ्छ, खान नपुग्ने ज्यालाले दशैको कपडा, खाद्यन्न लगायतका सामान किन्न नै धौ धौ पर्छ ।’
यस्तै विगत २१ ब्र्षदेखि ठेलामा सामान बोकेर जीविको पार्जन गर्दै आएका धनबहादुर विश्वकमाको पनि अन्यको जस्तै समस्या छ । मजदुरी गरेर परिवार पाल्ने, शिक्षा दिएका उनले अहिले महंगीका कारण खान समेत पुग्न छाडेको उनी बताउछन् । उनी भन्छन्–‘मैले २१ बर्ष ठेलामा लगेर व्यापारीकोमा सब्जी पु¥याउने काम गरेँ, अब त शारीरिक रुपमा पनि अशक्त बन्दै गएको छु, बल्लतल्ल काम ग¥यो, कमाएको पैसाले पुग्नै छाडेको छ ।’
उनी भानुचौकमा सब्जीमण्डी हुदादेखि नै ठेलामा सब्जी बोक्ने् गर्दथे । भानुचौकमा रहेको बजार धरान १३ मा रहेको कृषि बजारमा सरेपछि पनि उनी त्यहीबाट काम गर्न थालेको बताउछन् । ’
यी त प्रतिनिधिपात्र मात्र हुन धरानमा यस्तै धेरै ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुको अवस्था दिनप्रतिदिन मंगाईका कारण दयनीय बन्दै गएको छ । व्यापारीरुले पनि चाडवार्डलाई कमाउने मौकाको रुपमा लिने गरेका छन् । काम गरेको ज्याला नबन्ने तर महंगी दिनप्रतिदिन बढेकै कारण उनीहरुको दिनचर्या कष्टकर बन्दै गएको हो ।
महंगी नियन्त्रणका लागि समय समयमा अनुगमन हुने गर्छ । तर यस्ता अनुगमन प्रभावकारी हुदैन । कालाबजारी नियन्त्रण गर्ने जिम्मा धरान उपमहानगरपालिकालाई रहेको छ । उपमहानगरपालिकाका उपमेयरको संयोजकत्वमा अनुगमन समिति समेत बनेको छ । चाडपर्व भित्रिइसके पनि त्यो समितिले अहिलेसम्म अनुगमन गर्न सकेको छैन ।अनुगमन नहुँदा व्यापारीहरुले एउटै सामानको मूल्य मनपरी ढंगले लिने गरेको सर्वसाधारणको गुनासो बढ्न थालेको छ ।