विदाको दिन पनि राष्ट्रिय परिचयपत्रको फारम भरियो

  • असोज ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेपाल सरकारले भर्खरै प्रयोगमा ल्याएको विद्युतीय राहदानी –इ–पासपोर्ट) प्राप्त गर्न राष्ट्रिय परिचयपत्र लिन अनिवार्य बनाएपछि राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने बनाएपछि अहिले राष्ट्रिय परिचयपत्र लिने सर्वसाधारणको घुइँचो बढेको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन सरकारले तोकेको सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय र मातहतका इलाका प्रशासन कार्यालयमा अत्याधिक भीड बढेपछि फर्म भर्न स्थानीय सरकारसँग समन्वय गरेर वडावडाबाट शुरु गरिएको छ ।

यसै क्रममा धरान उपमहानगरपालिका वडा नं. १५ ले वडाका टोल समितिसँग समन्वय गरेर परिचयपत्र वितरण गर्न थालेको एक महिना भयो । असोज १२ गतेसम्म फर्म भर्ने समय जिल्ला प्रशासन कार्यालयले तोकेपछि वडाले शनिवार समेत फर्म भरेको छ ।

धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष नरेश इवारमले १० करिब १० हजारको हाराहारीमा राष्ट्रिय परिचयपत्रको फरम भर्नुपर्ने भएपनि शुक्रबारसम्म ४ हजार ६ सय जनाले फर्म भरेको बताए । असोज १२ गतेसम्म फर्म भरिसकेर बुझाउनुपर्ने मिति जिल्ला प्रशासन कार्यालयले तोकिदिएका कारण विदाको दिन समेत फर्म भरेकोउनले बताए । उनले अझै वडामा ६ हजारको संख्यामा सर्वसाधारणको राष्ट्रिय परिचयपत्र फर्म भर्न बाँकी रहेको जानकारी दिए ।

वडावडाबाट फर्म भर्ने व्यवस्था गरिदिएपछि सर्वसाधारणले राहतको महसुस गरेका छन् । वडाबाट भर्ने समय सकिन लागेका कारण अहिले टोलबासीले फर्म भर्न सबैलाई आवहान गरेपछि भने १५ नं. वडा समितिमा फर्म भर्नेको अत्याधिक भीड रहेको छ ।

वडाले भने तोकिएको समयमा फर्म भरिसक्ने उद्देश्यका साथ फर्म भर्ने काम धमाधम भइरहेको धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सिर्जना नेपालले बताइन् । भिड भए पनि व्यवस्थापन गरेर सर्वसाधारणलाई सहज ढंगबाट फर्म भर्ने व्यवस्था मिलाइएको उनको भनाई थियो ।

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved