धरान उपमहानगरको बेथिति : ‘व्यक्तिगत काममा सरकारी सुविधा’

  • असोज १३, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

विजयपुर/ राज्यले सरकारी सवारीलाई बिदाको दिन हिंड्न निषेध गरेको छ । दशैं लागेका बेला सरकारी गाडीमा काजमा काठमाडौं हिंडेका कर्मचारीलाई आपत् आइलागेको छ ।
एक जना पत्रकार महिलाले सरकारी गाडीमा सवारी गरेको फोटो सामाजिक सञ्जालमा हाल्दै बाइबाइ धरान भनेर पोस्ट गरेपछि पत्रकार महिला त विवादमा आएकी छन् नै सरकारी गाडी लिएर हिंडेका कर्मचारी र धरान उपमहानगरपालिका पनि विवादमा तानिएको छ ।

सुसासनको चर्को आवाज उठाइरहेका अभियान्ता हर्कराज राई अहिले धरान उपमहानगरपालिकाका प्रमुख छन् । तर आफ्नै प्रमुख प्रशासकिय अधिकृतले निजी काममा उपमहानगरपालिकाको गाडी दुरुपयोग गरि रहदा भने बेखबर बनेका छन् ।

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सह सचिब) उद्धबप्रसाद रिजालले उपमहानगरपालिकामा काज विदा लिएर छोरीको विबाहमा गएका छन् । धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले प्रमुख प्रशासकिय अधिकृतले काज विदा स्वीकृत गर्राइ गाडि लिएर जानु भएको उल्लेख गरे ।

उपमहानगरपालिकाको रेकर्डमा प्रमुख प्रशासकिय अधिकृत यतिबेला उपमहानगरको काममा नै रहेको देखाउ छ । तर प्रमुख प्रशासकिय अधिकृत रिजालले भने आफु परिवारको विबाहमा आएको स्वीकार गरेका छन् ।

सुुरुमा कार्यालयको कामले आफु आएको र आफुले गाडि दुरुपयोग गरेको अस्वीकार गरेका रिजालले पारिवारीक कार्यक्रममा उपमहानगरको गाडी प्रयोग भएको प्रमाण रहेको बताएपछि भने आफु परिवार भित्रको वैबाहिक कार्यक्रममा आएको स्वीकार गरे ।

उपमहानगरपालिकाको रेकर्ड र प्रमुख प्रशासकिय अधिकृत रिजालकै भनाई अनुसार बैबाहिक कार्यक्रममा भत्ता सहितको विदा लिएका छन् । ‘यो सरासरी अख्तियारी र सरकारी सेवाको दुरुपयोग हो’ सुुकुम्बासी नेता कुमार कार्किले बताए ।

प्रमुख प्रशासकिय अधिकृत रिजाललाई कुन सरकारी कामका लागि सरकारी गाडि लिएर जानु भएको हो ? भन्ने जिज्ञासामा भने ‘सबै सरकारी काम तपाईलाई भन्न मिल्दैन ।’रिजाल गत विहिबार विराटनगरबाट प्लेनमा काठमाण्डौ गएका थिए भने उपमहानगरपालिकाको को १ झ ५३८ नम्बरको हेग्जा गाडिमा आफन्त र धरानका नजिकका मान्छे लगेका थिए ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved