हात–हातमा लालपूर्जा र रोजगारी सुनसरी १ मा कुमार कार्कीको उम्मेद्वारी

  • आश्विन ११, २०७९
  • कोशीपत्र/संवाददाता
alt

हात–हातमा लालपूर्जा र साथसाथमा रोजगार ,
सुकुम्बासी मूक्त राष्ट्र बनाउन सुनसरी क्षेत्र नम्बर १ मा कुमार कार्की उमेद्वार

राज्यको गैरजिम्मेवारी र नजरअन्दाजका विरुद्ध त्यही बस्तीहरुबाट कयौं आवाजहरु उठे । त्यहीँ बिलाए । दमन भए । तर, आजसम्म अविरल उठिरहेको एउटा युगिन आवाज हो – कुमार कार्की । अब उनी आन्दोलन र विद्रोहबाट माथि उठ्न खोजिरहेका छन् ।
निर्वाचन अघि नै सुकुम्बासी भूमिहीनलाई लालपुर्जा दिने व्यवस्था गर्न ‘नो लालपुर्जा नो भोट’ जस्ता नारा लगाएर सुकुम्बासीको हितमा कार्यक्रम हुने गरेका छन् । लाखौं जनता सडकमा उत्रन्छन् । तर राजनीतिक दलको आश्वासन सुन्न बाहेक निरिह बस्तीबासीलाई अर्को विकल्प हुँदैन । चुनावपछि जितेर गएका मान्छेले बस्ती बिर्सन्छन् ।

‘एक युगमा एक दिन एक चोटी आउँछ, उलटपुलट उथलपुथल हेर फेर ल्याउँछ ।’ यो क्रान्तिकारीहरुको गीत जस्तै मुलुकमा शासन सत्ता र व्यवस्था दुबै परिवर्तन भइरह्यो । तर, परिवर्तन भएन सुकुम्बासीहरुको व्यथा र बस्तीका कथा ।
सत्ता परिवर्तनका लागि सुकुम्बासी भोट बैंकका रुपमा प्रयोग भए । व्यवस्था परिवर्तनका लागि यिनैले आहुति दिए । गरिब, सर्वहाराको दृष्टान्त यी नै बनिरहे । तर यिनै पिल्सिएको सत्ताको बागडोर सम्हालेर बसिरहेकाहरुले देखेनन् ।
सुकुम्बासी बस्ती र भूमिहीनहरुको करुणा र चित्कारबाट एउटा विद्रोही र परिवर्तनको नारा लिएर आज भन्दा झण्डै दुई दशक अघि विद्यार्थी जीवनबाट उदाएको नाम हो – कुमार कार्की । भूमिहीन सुकुम्बासीहरुको आन्दोलन र विद्रोहको नेतृत्व गरेर आएका कार्की नेपाल बसोबास बस्ती संरक्षण समाजका साधारण सदस्य, जिल्ला कार्यालय सचिव, केन्द्रीय महासचिव र आजको मितिमा केन्द्रीय अध्यक्ष हुँदै मुलुकका १२ लाख घरपरिवारका ७० लाख भूमिहीन सुकुम्बासी जनताको नेतृत्व गरिरहेका छन् ।

kumar

सुकुम्बासी बस्ती र त्यहाँको व्यथालाई नजिकबाट चिनेका कार्कीले विद्यार्थी जीवनको संवेदनशील उमेरबाटै त्यहाँको परिवर्तनको अपेक्षालाई आत्मसात गरेका थिए ।
वि.सं. २०६० सालमा तत्कालीन अञ्चल प्रशाशकले धरान १३ को राईटोल सुकुम्बासी बस्ती जाने बाटोमा गेट लगाई बन्द गरे । त्यसलाई हटाउन राजाको शासन कालमा अञ्चल प्रशासकको गेटमा धर्ना दिए । जतिबेला कार्की मात्र १० कक्षामा अध्यनरत थिए । ७ दिनको निरन्तर धर्नापछि बाटो खोलियो । त्यस अवधिमा कार्कीले सुकुम्बासी र भूमिहीनको पीडा, व्यथा र अपेक्षालाई नजिकबाट बुझे । यो विकराल समस्यालाई मुद्दाका रुपमा अघि बढाउने र सुकुम्बासी मूक्तिका लागि आन्दोलित हुने प्रण गरे ।

अध्ययनसँगसँगै कार्कीले गरिब, सुकुम्बासी र भूमिहीनको अधिकारका लागि संगठित हुनुपर्ने बुझेर संस्थागत रुपमा अघि बढ्नका लागि ठाउँ खोजे । २०६१ जेष्ठ १९ गते नेपाल बसोबास बस्ती संरक्षण समाजको सुनसरी जिल्ला कार्यालय सचिवका रुपमा जिम्मेवारी वहन गर्ने अवसर पाए ।
कार्कीको सक्रियता र नेतृत्व लिनसक्ने क्षमताका कारण २०६२ सालमा नेपाल बसोबास बस्ती संरक्षण समाजको सुनसरी जिल्ला कार्यसमितिको सचिवका रुपमा जिम्मेवारी पाए ।
यो दायित्वले उनलाई सुकुम्बासी बस्तीका आधारभूत आवश्यक्ता परिपूर्ति गर्ने र आन्दोलनको नेतृत्वसम्म गर्ने अवसर प्रदान ग¥यो । वि.सं. २०६२ सालमै सुकुम्बासीका अँध्यारा घरमा उज्यालो हुनुपर्छ भन्ने मनशायले हरेक सुकुम्बासीका घरमा विद्युत मिटर जडान गर्ने अभियान चलाए । त्यतिबेला मिटर जडान गर्न लालपूर्जा आवश्यक पथ्र्यो । तर सुकुम्बासी आन्दोलनको बलमा घरघरमा बिजुलीको मिटर जडान गरियो ।

मुलुकले व्यवस्था परितर्वतनको अपेक्षा गरिरहेको थियो । २०६२–६३ सालमा जनान्दोलनको घोषणा भयो । त्यसबेला कार्कीले सकृयताका साथ आन्दोलनको नेतृत्व गरे । प्रहरी प्रशासनको लाठी खाए । अश्रुग्यास खाए । जनान्दोलनले एउटा निष्कर्ष लियो ।

जनान्दोलनबाट लोकतन्त्रको स्थापना भए पनि सुकुम्बासी भूमिहीन र गरिबको अवस्थामा परिवर्तन भएन । २०६३ सालमा सुनसरीमा व्यापक संगठन सुदृढीकरणको अभियान चलाइयो । र, जिल्लाभरिका सबै समस्याको पूर्ण समाधान खोजी गर्ने र राज्यसँग समाधानको पहल गर्ने काम गरियो ।
1111111

 सुकुम्बासी शक्तिको बलमा प्राप्त भएको लोकतन्त्रमा समेत भूमिहीनको समस्या र संवेदनशीलतालाई व्यवस्थाले बुझेन । राज्यद्वारा नै २०६३ सालमै सुनसरीको पकलीमा सुकुम्बासी बस्ती उठिबास गराउने काम भयो । सो हुन नदिन दबाब दिने गरी तीन दिनसम्म सिडियो कार्यलयमा धर्ना गरियो । क्रुर प्रशासकले धर्नाकै क्रममा गोली चलाउँदा पीडित, भूमिहीन सुकुम्बासी कुस्मीदेवी सदाको गोली लागेर मृत्यु भयो । कार्की आफैं प्रहरीको लाठीचार्जबाट घाइते भए । लगातार ३ दिनसम्मको आन्दोलनपछि समुदायको पुनर्बास भयो । हालसम्म यो बस्ती कायम छ ।
२०६३ मै संगठनलाई बलियो बनाउन सुकुम्बासीहरुलाई भेला, समारोह गोष्ठीलाई व्यापक बनाई सबै समुदायलाई आफ्नो अधिकारका लागि एक बनाउन निरन्तर कार्यक्रम र प्रशिक्षण जारी रह्यो ।
२०६४ सालमा सुकुम्बासीलाई लालपुर्जा दिन माग गर्दै देशव्यापी आन्दोलन भयो । सुनसरी जिल्लाको आन्दोलनको नेतृत्व कार्कीले गरे । आन्दोलनले व्यापकता लियो ।
२०६५ सालमा सुकुम्बासी समुदायमा खानेपानी र भौतिक पूर्वाधार विकासका लागि स्थानीयदेखि प्रदेश सरकारसम्मलाई सशक्त रुपमा ध्यानाकर्षण गराउने काम भयो ।
सुकुम्बासी अधिकार प्राप्तिका लागि आमहड्ताल लगायतका जोखिम मोल्दै चक्काजाम लगायतका काम गर्दै आन्दोलन अघि बढ्यो ।

२०६६ माघ १८ देखि २१ सम्म धरानमा खानेपानीका लागि कार्कीले आन्दोलनको नेतृत्व गरे । सुकुम्बासीलाई निजी धारा जडान गर्ने व्यवस्था थिएन । कार्कीको नेतृत्वमा भएको आन्दोलनले सुकुम्बासी बस्तीमा खानेपानीको धारा वितरण सुरुवात भयो । सुकुम्बासीले धारा जडान गर्ने अधिकार पाएका थिएनन् । उनीहरुलाई राज्यको आधारभूत आवश्यक्ताबाट पनि बञ्चित गराइएको थियो । पहिले सुकुम्बासी, भूमिहीनको आधारभूत आवश्यक्ता परिपूर्ति गर्नेतर्फ कार्कीको ध्यान गयो ।

२०६६ चैत्रमा पुनः लालपुर्जाको आन्दोलन ७ दिन सम्म चल्यो । बारम्बार धर्ना र आन्दोलन जारी राख्ने सुतेको राज्य सत्ताको कानमा बतास लाग्न सकेन । २०६७ सालमा लालपुर्जाका लागि पुनः कार्कीको नेतृत्वमा सदरमुकाम केन्द्रित आन्दोलनलाई व्यापक बनाइयो ।

त्यतिबेला प्रहरीको हस्तक्षेप हुँदा १० जना सुकुम्बासी घाइँते भए । कार्कीलाई प्रहरी हिरासतमा राखियो ।
वि. सं. २०६८ सालमा नेपालमै पहिलो पटक सुकुम्बासी अधिकारका पक्षमा ‘सुकुम्बासी समस्या र समाधानका उपाय’ कार्कीको लेखनमा पुस्तक प्रकाशित भयो । कार्कीले सुकुम्बासी अधिकारका लागि गीतसंगीतको रचना गरी समुदायमा जनचेतना समेत छर्दै आएका छन् ।

 

Finalपुस्तक विमोचनको अवसरमा सुकुम्बासीलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच पु¥याउन १ रुपैयाँबाट अस्पताल निर्माण कोषको स्थापना गर्ने अभियान सुरु भयो । तर त्यसबाट सुकुम्बासीको जीवनस्तर उठ्ने चाल पाएका दल र राज्यले यो पवित्र उद्देश्यलाई निस्तेज पार्ने काम गरे । राज्यले यो कार्यक्रमलाई नै बन्देज गरिदियो । तर पनि यसलाई निरन्तरता दिने कार्कीले उद्घोष गरे ।२०६९ सालमा सुकुम्बासीलाई धुरी करको दायरामा ल्याउन व्यापक खबरदारी गरियो । धरान नगरपालिका र त्यहाँका राजनीतिक दलको सर्वपक्षीय छलफलपश्चात् कार्कीकै नेतृत्वमा राजनीतिक दलसहितको एक कार्यदल निर्माण गरी सुकुम्बासीलाई लालपुर्जा प्रदान गर्ने पहिलो खुड्किलाको रुपमा अभिलेखीकरण गर्ने साथै करको दायरामा ल्याउने काम भयो ।धरानमा पहिलो पटक रेस्लिङ खेलको आयोजना गरी धरानमा खेलको नयाँ स्वाद पस्कने काम भयो । खेल जगतमा समेत अतुलनीय योगदानका लागि प्रयास भयो ।बसोबास भइसकेको बस्तीलाई उठिबास हुन नदिन नेपाल बसोबास बस्ती संरक्षण समाजले निरन्तर वकालत गरिरहेको छ । सुकुम्बासी आन्दोलनलाई निश्कर्षमा पु¥याउन सबै सुकुम्बासी सम्बन्धी काम गर्ने संघसंगठन मिली संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा निर्माण भयो । कार्कीले मोर्चाको समेत नेतृत्व लिए ।

निरन्तर र खबरदारी र प्रयासका कारण सुकुम्बासी क्षेत्रमा शून्य अवस्थामा रहेको भौतिक पूर्वाधार र विकास निर्माणमा पनि राज्यको आँखा पर्न थालेको छ ।
सुकुम्बासी समुदायको विकास र प्रकोप नियन्त्रण तथा त्यसको संरक्षणका लागि पहल गरी बर्सेनी हुने क्षति नियन्त्रण गर्न नेपाल बसोबास संरक्षण समाज दिनरात खट्यो । प्रकोप प्रभावित क्षेत्रमा क्षति नियन्त्रणका लागि सम्पूर्ण समुदाय खट्यो । धरानमा सुकुम्बासी क्षेत्रमा भएको जनश्रमदानको संस्कृति समाजका अध्यक्ष कार्कीकै नेतृत्वमा सुरु भएको हो ।
कार्की भन्छन्, ‘कुनै दिन त १२ बजे रातिसम्म काम ग¥यौं, हामी अहोरात्र बस्तीबासीको अधिकारका लागि लागेका छौं यो कसैसामु लुक्न सकेको छैन ।’
निर्वाचन अघि नै लालपुर्जा दिने व्यवस्था गर्न ‘नो लालपुर्जा नो भोट’ जस्ता नारा लगाएर सुकुम्बासीको हितमा कार्यक्रम हुने गरेको छ । लाखौं जनता सडकमा उत्रन्छन् ।
कार्की भन्छन्, ‘गाँस बास कपास शिक्षा स्वास्थ्य सुरक्षा र रोजगारको ग्यारेन्टीका लागि पहल गरिरहेका छौं, निरन्तर आवाज बुलन्द पारिरहेका छौ ।’

मुल्यवृद्धि विरुद्ध नेपालमै पहिलो पटक भिभिआईपीको सेवा सुविधा खारेजको माग गरी कार्कीकै नेतृत्वमा ३१ दिनसम्म धर्ना र आन्दोलन भयो । बिदाको दिन सरकारी गाडीको दुरुपयोग हुन नदिन बिदाका दिन हिंडेको बहालवाला मन्त्रीको गाडीसमेतलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने काम गरियो ।
नेपाल बसोबास बस्ती संरक्षण समाजको नीति तथा कार्यक्रम लेख्ने कामसमेत कार्कीले गरे । आजसम्म राजनीतिक दलभन्दा माथि उठेर समग्र गरिब, पीडित र सुविधाबाट बञ्चित सुकुम्बासी, भूमिहीनको अधिकार प्राप्तिका लागि, लालपूर्जा प्राप्त गर्ने अधिकारका लागि, समानता, समता, न्याय, समान पहुँच, प्रतिनिधित्व र मानवअधिकारका लागि कार्की आन्दोलनरत छन् ।

283946611_1207482183409634_16563604857342901_n

राज्यको गैरजिम्मेवारी र नजरअन्दाजका विरुद्ध त्यही बस्तीहरुबाट कयौं आवाजहरु उठे । त्यहीँ बिलाए । दमन भए । तर, आजसम्म अविरल उठिरहेको एउटा युगिन आवाज हो – कुमार कार्की । यो आवाज अब आन्दोलन र विद्रोहबाट माथि उठ्न खोजिरहेको छ । गरिब र सुविधाविहीन बस्तीहरुको आवाज बनेर कार्की अब आन्दोलन र विद्रोह गर्ने ठाउँभन्दा माथि उठ्न चाहेका छन् । गरिब, भूमिहीन, सुकुम्बासी, मजदुर, किसान र युवाको अधिकारलाई स्थापित गराउन उनीहरुको प्रतिनिधि बनेर प्रतिनिधि सभामा जान चाहेका छन् ।

सुकुम्बासीको बारम्बारको आग्रह र आन्दोलनपछि पनि राज्य सत्ता अधिकार प्रदान गर्न उदासिन बनेकाले कार्की आफैं जनप्रतिनिधिका रुपमा नेतृत्व लिएर अधिकार दिलाउने मनस्थितिमा पुगेका छन् । उनी मुलुकका ७० लाख सुकुम्बासीको म्याण्डेड र एजेण्डा लिएर निर्वाचनमा होमिंदैछन् । सधैं सुकुम्बासी राखेर राजनीति गर्न खोज्ने राज्यको गलत नियतका विरुद्ध कार्कीको उम्मेदवारी हो । हातहातमा लालपूर्जा र साथसाथमा रोजगार दिलाएर सुकुम्बासी मूक्त राष्ट्र बनाउने बीसौं वर्षको संघर्षपछि दृढ प्रणका साथ कार्की प्रतिनिधि सभाको उम्मेदवारका रुपमा अघि बढेका छन् ।

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

मे दिवसमा सडक दुर्घट ...

काठमाण्डौं/ यातायात मजदुरहरुलाई सडक सचेतना गराउँदै ...

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved