झापा/ झापाको कमल गाउँपालिका–५ स्थित पुर्व पश्चिम राजमार्गमा दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बस र मोटरसाईकल आपसमा ठोक्दिा मोटरसाइकल चालक बराहक्षेत्र १० का २२ वर्षीय अभिषेक यादव को मृत्यु भएको हो । हिजो (बुधबार)बेलुकी पौने पाँच बजे पुर्वतर्फ जाँदै गरेको नम्वरको बसले बिपरित दिशाबाट आउदै गरको प्र.१.०२.०४८ प ३०८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका यादव र सोही स्थानका २५ बर्षिय राम कुमार खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार भईरहेकोमा यादवको उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका–२ का सोम बह
इलाम/ जग्गाको धनिपुर्जा भएर सरकारलाई राजस्व तिरिरहेको निजी जग्गामा रुख लगाएर विक्री गर्नको लागि अनेक झञ्झट ब्यहोर्नु परेको भन्दै निजी जग्गामा उत्पादन भएको काष्ठजन्य बस्तुलाई नगदेबाली सरह विक्री गर्न पाउनुपर्ने माग गरेका छन । पारिवारीक निजी वन संघ नेपाल जिल्ला शाखा इलामको आयोजनामा भएकोे ‘पारिवारीक निजी वनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा निजी जग्गामा लगाएका कृषि जन्य उत्पादन बेच्न कृषि ज्ञान केन्द्रलाई सोध्न नपर्ने तर निजी जग्गाकै रुख बेच्न वन कार्यालयलाई सोध्नुर्दा झन्झटिलो भएको गुनासो सरोकारवालाको रहेको छ । केन्द्रिय अध्यक्ष जोगराज गिरिले एउटै जग्गामा भएको धान बेच्न
धरान । तत्कालिन धरान नगरपालिकाले गुरुयोजना अनुसार पर्यटकीय गन्तव्यको रुपमा विकाश गर्न २१ वर्ष अघि सप्तरंगी पार्क बनाउन थालेको हो । धरान १७ मा रहेको सप्तरंगी पार्कले अहिले सम्म पनि पुरा हुन नसक्दा अझै लथालिंगनै छ । विडिआर भन्ने संस्थासंग सहकार्य गरेर ६२ विगाहा जग्गामा सुविधा सम्पन्न सहिद स्मारक पार्क, बाल उद्यायन, खेलकुदका गतिविधि लगायतका ठूलो महत्वांकांक्षी गुरु योजना बनाएर उपमहानगरपालिकाले थालेको काम बीचैमा रोकिएको थियो । तत्कालिन अवश्थामा करिब ३ करोड रुपैया लगानी गरेको थियो । यतिबेला संप्तरंगी पार्कको जग्गा समेत अतिक्रमणमा परेको छ । ६२ विगाहा जग्गा अहिले ९ विगाहा क्षेत्रफलमा मात्रै संप्तरं
धरान । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेका चिकित्सक, विद्यार्थी हरुले प्रमुख पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खुलाउन सर्बोच्च अदालतले दिएको आदेश कार्यन्वयनमा अवरोध गरे पछि आन्दोलनरत डा। सुर्य प्रसाद रिमाललाइ १ हप्ता भित्र स्पष्टीकरण दिन सर्बोच्चले आदेश दिएको छ । पुस ६ गतेको तेज बहादुर केशीको एकल इजलाशले १ हप्ता भित्र फैसला कार्यान्वयन गर्नु नपर्ने कारण खुलाइ हाजिर हुन आदेश गरेको छ । गत मंसिर २१ गते नवराज विष्टले दिएको निबेदन मा फैसला गर्दै प्रतिष्ठानमा लगाएको ताला खोल्न सर्बोच्चले आदेश दिएको थियो । सर्बोच्चको आदेश अनुसार स्थानीय प्रहरी प्रशासनले ता
धरान/ बजेट विनियोजन भएर पनि कोरोनाका कारण कटौती भएको धरान स्थित जिल्ला ट्राफिक कार्यालयको भवन निर्माण योजना पुर्ण रुपमा सेलाएको छ । स्थानीय सरकारले पहल गर्न नसक्दा अन्तै जान लागेको भवन निर्माणको योजना ठप्प भएको हो । दुई वर्ष अघि प्रदेश नम्बर १ सरकारले २ करोड ३० लाख रुपैया बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन सँगै धरान १५ स्थित नयाँ रात्रीकालिन बसपार्क परिषरमा ट्राफिक कार्यालयको भवन निर्माण गर्न लागिएको थियो । तर कोरोनाको जोखिम बढ्दै गए पछि बजेट रकमान्तर भएको थियो । ट्राफिक भवन निर्माणका लागि रकम अन्यत्रै लगे पछि भवन निर्माणको काम पनि ठप्प बनेको थियो । अहिले कोरोना संक्रमणको जोखिम कम
इलाम/ नागरीकता बनाउनका लागि इलाका प्रशासन कार्यलय मंगलबारे गए पनि हस्ताक्षर गराउन भने जिल्लामा नै पुग्नु परेको छ । इलामका प्रशासन कार्यलय मंगलबारेमा नागरीकतामा हस्ताक्षर गर्ने कर्मचारी नहुँदा नागरीकता बनाएर हस्ताक्षर गराउन जिल्ला पुग्नु परेको हो । इलाकामै नागरीकता बने पनि हस्ताक्षर गर्ने कर्मचारी नहुँदा सेवाग्राही समस्यामा परेका हुन । सबै कागजात पुरा गरी नागरीकता बनेपनि हस्ताक्षर गर्ने कर्मचारी नहुँदा त्यसै फर्कनु परिरहेको छ । इलाका प्रशासनमा नागरीकता बनाएर हस्ताक्षर गराउन जिल्ला प्रशासन ल्याउनु पर्दा स्थानीयले हैरानी व्यहोर्नु परेको छ । जिल्लाको इभाङ, गजुरमुखी, लुम्दे, फुएतप्पा, आमचोक फ
मोरङ / मोरङको रंगेली नगरपालिका-२ का चन्द्र उराउको २१ महिना कि छोरी युनिसा उराउलाई कर्तब्य गरि ज्यान मार्ने कसुरमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रंगेली नगरपालिका-२ का ४६ बर्षिय सैनी उराउ र ३५ बर्षिया संगिता उराउ रहेका छन । गत मंसिर २६ गते युनिसा उराउ घरबाटै हराई बेपत्ता भएकि थिइन । खोज तलासको क्रममा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले युनिसाको शव घर नजिकै पैनीमा गाडेको अवस्थामा मंसिर २८ गते फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
धरान/ धरानमा सुनसरीमै ठूलो यलम्बरको प्रतिमा निर्माण भएको छ । धरान–१७ स्थित साकेला सांस्कृतिक पार्कमा प्रथम किराँत राजा यलम्बरको प्रतिमा स्थापना भएको हो । उधौली पर्वको अवसरमा प्रतिमाको अनावरण गरिएको छ । एक कार्यक्रमका बीच धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रतिमाको अनावरण गरेका छन् । धरानका स्व. क्याप्टेन भीमराज राईको सम्झनामा श्रीमती धुर्पीमाया राई, छोराबुहारी बीरबहादुर, लीलादेवी राईलगायत परिवारनै मिलेर प्रतिमा निर्माण गरिदिएका हुन् । यसैबीच सोमबार नै पार्कमा उधौली पर्व पनि धुमधामका साथ मनाइएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा उधौली पर्व आयोजना
धरान/ मंसिरे पूर्णिमा आदिवासी जनजातिहरुले उद्यौली पर्व मनाउन शुरु गरेका छन् । उद्र्याैली पर्व अन्तर्गत लिम्बुहरुले चासोक तङनाम, किरात राईहरुले साकेला, सान्केवा, किरात याख्खाहरुले चसुवा र किरात सुनुवारहरुले फोल स्यादर भनेर मनाउने गर्दछन् । यो मध्ये पनि लिम्बुहरुले धरानमा भने उद्यौली पर्व चासोक तङ्नामको नामले बर्षेनी सामुहिक रुपमा पाँच दिन सम्म मनाउने गरेका छन् । प्रत्येक बर्ष विविध कार्यक्रमको आयोजना गर्दै मनाउदै आएका उनीहरुले यस बर्ष पनि भव्य रुपमा मनाउदै छन् । सामुहिक रुपमा मनाउन थालिएको यो पर्वमा पछिल्लो समय युवा वर्गले समेत आफ्नो मौलिक पर्व जोगाउन जागरुक देखिएका छन् । बहुभाषिक, वहुजा
धरान । मेन्याङबो कल्याणकारी संघ नेपालको १९ औं वार्षिक साधारण सभा तथा चासोक तङनाम २०७८ सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दिपक मेन्याङबोको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री राम कुमार सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो । संघले गालीश्राप पुजा गरि कार्यक्रमको शुरुवात गरेको थियो । साधारणसभामा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८ को आर्थिक प्रतिवेदन, संस्थाको विधान संशोधन तथा पुर्ण परिमार्ज प्रतिवेदन सहित तेस्रो वंशावली प्रकाशन लगायतका विषयमा छलफल गरि अनुमोदन गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष नविन मेन्याङबोले जानकारी दिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका पुर्व