इटहरी । तिन वर्ष अघि एक नं प्रदेशलाइ हर्न निषेधित क्षेत्र घोषणा गरेपनि कार्यान्वयन कमजोर भएको भन्दै एक नं प्रदेश प्रहरी कार्यालय बिराटनगरले सवारी चालकहरूलाइ कडाइ गर्न थालेको छ । सम्बन्धित ट्राफिक प्रहरी कार्यालयहरूमा सुचना दिदै हर्न निषेध अभियानलाइ टुंगोमा पु¥याउन र कार्यन्वयन पक्षलाइ बलीयो बनाउन एक नं प्रदेश प्रहरीले राजमार्गमा गुडने सबै प्रकारका सवारीसाधनहरूलाइ कडाइ गर्न आन्तरिम आदेश जारी गरे संगै कडा रुपमा प्रस्तुत हुन थालेको छ । तिन वर्ष अघि नै प्रदेश एकलाइ हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो । एक नं प्रदेशमा हर्न निषेध अभियान चलिरहदा अभियान बिरूद्ध गत २०७४ साल कात्तिक १४ गते रिट
इटहरी/ इटहरीका गाँउ गाँउमा लैङ्गिक हिंसा विरुद्धको १६दिने अभियानलाई विकेन्द्रित गरिएको छ । अभियानका क्रममा इटहरीका सवै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका सवै वडामा गठित किशोरी साथीसमूह,प्रतिरक्षा समूह र महिला संजाल सँग वडा वडामा अन्तरक्रिया गरिदै छ । इटहरीका वडाहरुमा ६३ वटा किशोरी साथी समूह २० वटा प्रतिरक्षा समूह सकृय छन । यहिक्रममा आज वडा नम्वर १९ र २० मा अन्तरक्रिया सम्पन्न भयो । वडामा लैगिंक हिंसाको अवस्था,चुनौती,साथी समूह र प्रतिरक्षा समूह गठन भएपछि गरिएका कार्य,समस्या लगायतका बिषयमा अन्तरक्रिया भएको छ । २० वटै
इलाम । पूर्र्व प्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभाका सांसद झलनाथ खनाल र संविधान सभाका अध्यक्ष तथा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभाका सांसद सुवासचन्द्र नेम्बाङले स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमको आठ करोड रुपैयाँ जिल्लाका १० स्थानीय तहका ५२ योजनामा विनियोजन गरेका छन् । पूर्व प्रधानमन्त्री तथा सांसद खनालकोे निर्वाचन क्षेत्रमा रहेका नगर तथा गाउँपालिकामा चार करोड रुपैयाँ वडा संख्याको आधारमा वितरण गरिएको छ । कार्यक्रम अन्र्तगत सबैभन्दा ठूलो रकम सूर्योदय नगरपालिकालाई एक करोड ३५ लाख, इलाम नगरपालिकाललाई १० लाख, माइ नगरपालिकालाई ६८ लाख, रोङ गाउँपालिका ६० ल
विराटनगरः प्रदेश १ मा आज १८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरंगमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २–२, भोक्राहानरसिंहमा १ जदना रहेका छन् भने झापाको दमकमा २२, विर्तामोडमा ७, भद्रपुरमा ५, अर्जुनधारामा ४, मेचीनगरमा ३, कनकाईमा २, शिवसताक्षी, बा¥हदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जना छन् । मोरंगको विराटनगरमा १६, कटहरी र सुन्दरहरैचामा ४–
धरान । बराहक्षेत्र–२ मा रहेको आदर्श माविको नवनिर्मित भवनको आज (शुक्रबार) उद्घाटन भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं. १ का संघिय सांसद जयकुमार राईबाट प्राप्त रकमबाट विद्यालयको दुई तले भवन निर्माण सम्पन्न भएको हो । शुक्रबार सांसद जयकुमार राईले भवनको उद्घाटन गर्नुभएको हो । २० लाखको लागतमा विद्यालयको भवन निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद जयकुमार राईले विद्यालयको शैक्षिक विकासकालागी संघिय सरकारले महत्वका साथ हेरिरहेको बताए । उनले शिक्षाको क्षेत्र अहिले आइटिको युगमा प्रवेश गरेको भन्दै सोही अनुरुप शिक्षाको
धरान । उच्च अदालत बिराटनगरको फैसला विरुद्ध सर्वाेच्च अदालत गएका सिद्ध बाबा भनिने कृषण बहादुर गिरिको मुद्धामा आज (शुक्रबार) सर्वाेच अदालतले आदेश गरेको छ । उच्च अदालत बिराटनगरले गिरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । गिरि माथि आफ्नै एक महिला अनुयायी माथि बलात्कार गरेको मुद्धा जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो । आज सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलाशले उच्च अदालतको आदेशलाई नै सदर गरेको । सर्वाेच्चको यो आदेश सगै सिद्धबाबा भनिने कृषण बहादुर गिरि अनिश्चितकालका लागि कारागारमै बस्ने भएका छन् । गिरिलाई जिल्ला अदालत सुनसरीले३ लाख धरौटि
विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेता नेपाल निकटका केन्द्रीय सदस्यले सुनसरीको इटहरीमा अलग्गै भेला आयोजना गरेका छन । प्रदेश १ स्तरीय भेलाका रुपमा केन्द्रीय नेताको सहभागितामा प्रदेशस्तरीय नेतृत्वले अलग्गै भेला आयोजना गरेका हुन । केहीअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूँ निकटका प्रदेशस्तरीय नेता कार्यकर्ताहरुसंग भर्चुअल छलफल आयोजना गरेका थिए । ओलीको छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि सहभागी थिए । सुनसरीमा गोप्य रुपमा आयोजना गरिएको भेलामा भूगोलका इन्चार्ज र सहइन्चार्जसहित प्रदेशका नेता कार्यकर्ता सहभागी थिए । इटहरीको साथी पेट्रोल पम्प अगाडिको
इलाम/ इलामको फाकफोकथुम गाउँपालिकाले मंसिर १४ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमणको कारण गत चैत्र ११ गतेबाट बन्द रहेका विद्यालय १४ गतेबाट खुल्ने भएका हुन । पालिकाले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार सुरक्षाका उपाए अपनाएर मंसिर १४ गतेबाट पठनपाठन सञ्चालन गर्न विद्यालयलाई पत्र पठाईसकेको प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले बताए । उनले भने ‘स्टाफ, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला समेत राखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेर मंसिर १३ गते भित्र गाउँपालिकामा पेश गर्नुपर्ने र १४ गतेबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।’ विद्य
मोरङ । ज्यानै जाने गरि केही दिन अघि भएको घटनामा पिडित बनेका मोरङ बेलवारी नगरपालिका ५ कसेनीका एक सुकुम्बासी परिवार अहिले थातथलो नै छाड्नु पर्ने अवश्थामा पुगेका छन् । गत भदौ १२ गते भएको घटनामा एक जनाको हत्या र तिन जना सदस्य सिकिस्त घाइते बनेका धन कुमार राईको परिवार अहिले विस्थापित हुनुपर्ने अवश्थामा पुगेका छन् । घटनाका दोषिहरु धरौटीमा छुटेर धाकधम्की दिन थाले पछि उनीहरुमा सुरक्षा जोखिम बढेको छ । रिहा भई हुन थाले पछि बाँसको पुल तर्दा चर्को शुल्क उठाएको भन्दै विरोध गर्नेलाई आक्रमण गरेको झगडा मिलाउन जाँदा एक जनाको हत्या भएको र तीन जना सदस्य सिकिस्त घाइते बनेपछि पिडित बन्ने पुगेको एक सुकुम्बासी परि
बराहक्षेत्र । बिहीबार पवित्रा मगरको मन फुरुङ् थियो । फुरुङ्ग मन लिएर झण्डै २ घण्टा हिंडेको पनि पत्तो पाइनन् । हिंड्दै चम्पापुर आइपुगिन् । त्यहाँ एकघण्टा हिउँदे घाममा उभिइन् । सामाजिक कार्यकर्ता बोलेको सुनिन् । राजनीतिक दलका नेता बोलेको सुनिन् । वडाध्यक्ष बोलेको सुनिन् । मेयर बोलेको सुनिन् । सांसद बोलेको सुनिन् । सबै बोलिसके पछि फुरुङ्ग भएको उनको मन झनै फुरुङ्ग भयो । उनलाई १ घण्टा भन्दा बढी हिंडेर विद्यालय आउनुपर्छ । कोशी नदी उकास श्रीलंकाटप्पुस्थित चिलैयाबाट बेलका ९ स्थित कमलाबारी आइपुग्न लाग्ने समय हो यो । कक्षा ८ मा पढ्छिन् पवित्रा । बिहान परिवारका सबै सदस्यलाई खाना बनाएर मात्रै उनको फुर्सद