समाज

    Showing 4,671-4,680 of 6,725 items.
  • ‘बैंकको ऋणका कारण व्यवसायी धरासायी’

    मोरङ । व्यवसायीहरु बैंकको चर्को व्याजदरको विरोधमा निरन्तर आन्दोलित हुँदै आएको अवस्थामा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुकमार कार्कीले बैंकको चर्को व्याजदरका कारण स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री कार्कीले वैंकले व्यवसायी तथा उद्योगीबाट लिएको चर्को व्याजदरकै कारण उद्योगहरु धरासायी बन्दै पलायन हुने अवस्थामा पुगेको बताए । मुख्यमन्त्री कार्कीले साना उद्योगीहरुले जग्गा उपलबध गराएमा उद्यमीको उत्पादनलाई बजारीकरण गर्न विराट

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 772 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनधिकृत रुपमा निर्माण गरिएको टहरा भत्काइयो

    धरान । धरान उपमहानगरपालिका वडा नं. १७ को सदुखोला किनारमा अनाधिकृत रुपमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको घर टहरा धरान उपमहानगरपालिकाले डोजर लगाएर खाली गरेको थियो । बुधबार विहान धरान नगर प्रहरी, सशस्त्र प्रहरी, जनपथ प्रहरी र वन कार्यालयको सक्रियतामा सर्दु खोला किनारमा अनाधिकृत रुपमा बनाइएका घर टहरा भत्काइएको धरान नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । एक महिना अगाडिदेखि बनाइएको राजकुमार लिम्बु, प्रेम लिम्बु, विजय हाङ, धनबहादुर श्रेष्ठको टहरा सहित संगुरको खोर भत्काइएको हो । अतिक्रमित जग्गा खाली गराउन विष्णुपादुका सबडिभिजन वन कार्यालयका प्रमुख बिक्रम आमात्यको समेत उपस्थिति रहेको

    • प्रकाशित मितिः वैशाख २, २०८०
    • 813 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएन नवोदयद्वारा विद्यार्थीलाई स्वागत तथा विदाई

    धरान /  युएन नबोदय कलेज धरानको ११ औ बार्षिकोत्सब तथा स्वागत र बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।कलेजले बिबिएस र बिएचएम पहिलो बर्षलाई स्वागत गरेको र बिविएस चौथो बर्ष र कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको प्रिन्सिपल डम्बर कुमार तुम्वाफोले जानकारी दिए । स्वागत र बिदाई हुनेलाई क्याम्पस प्रमुख तुम्बापो, कलेजका म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर झा, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, राम लिम्बू लगायतले अबिर खदा लगाएर विदाई गरेका थिए । नेपाल परीक्षा बोर्ड कोशी प्रदेशका निर्देशक युवराज पौडेलको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रम कलेजका म्यानजिङ डाइरेक्टर ज्ञानेश्वर झाले गरेक

    • प्रकाशित मितिः वैशाख १, २०८०
    • 997 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेटका लागि महानगरद्वारा सुझाव संकलन

    मोरङ / आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट निर्माणका लागि विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित पूर्व बजेट छलफल तथा सुझाव संकलन सुरु गरेको छ । महानगरले बुधबार सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आगामी आर्थिक वर्षका लागि पूर्वबजेट छलफल आयोजना गरेको हो । पूर्वबजेट छलफलमा आएका सुझावअनुसार आगामी वर्षको बजेट निर्माणमा लाग्नका लागि समयमै सुझाव संकलन सुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, राजस्व महाशाखा सरोज गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, लेखा प्रशासन महाशाखा प

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 686 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मन्त्री राजभण्डारीको घर तोडफोड

    मोरङ / कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आएका पहिचानवादी शक्तिहरुले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको निवासमा तोडफोड गरेका छन् । बुधबार विहान काठमाण्डौको पेप्सिकोलास्थित निवासमा केही व्यक्तिरु प््रवेश गरेर तोडफोड गरेको जनाइएको छ । तोडफोडका विषयमा नेकपा एमाले सोलुखुम्बुले प्रेस विज्ञप्ती प्रकाशित गर्दै जनप्रतिनिधिमाथिको आक्रमण भएको भन्दै खेद प्रकट गरेको छ । एमाले सोलुखुम्बुका नगर अध्यक्ष डुफकुमार बास्तोलाद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस्ता कार्य रोकी समाधानको बाटो खोज्न आग्रह गरेका छन् । राजभण्डारी एमालेकातर्फबाट सोलुबाट निर्वाचित सांसद हुन् ।

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 997 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा अत्याधुनिक भेटरिनरी अस्पताल बन्दै

    सुनसरी / इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न भेटेरिनरी अस्पताल बन्ने भएको छ । पशुपन्छीको उपचारका लागि इटहरीमा भेटेरिनरी अस्पतालको भवन शिलान्यास गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरि इटहरीका मेयर हेमकर्ण पौडेलले अत्याधुनिक भवनको शिलान्यास गरेका हुन । इटहरी उपमहानगरपालिकाका कृषकहरुलाई सहजता प्रदान गर्न भेटनगरी अस्पताल सञ्चालनमा ल्याउन लागेको मेयर पौडेलले बताए । उनले भने कृषकहरुले पालेका चौपाया विरामी हुँदा सहज रुपमा उपचार गर्न सकून भन्ने उद्देश्यले हामीले भेटनरी अस्पताल सञ्चालन गर्न लागेका हौं । २ करोड ६ लाख ८२ हजार १ सय ६५ रुपैयाँ लागतमा तीन तले अस्पतालको भवन निर्माण हुने भएको छ । यो अस

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्येष्ठ नागरिकका लागि धार्मिक यात्रा

    मोरङ / विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्यसमितिले ज्येष्ठ नागरिकहरुलाई धार्मिक यात्रा गराएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा बुधबार धार्मिक यात्रा गराएको हो । सामूहिक रुपमा धार्मिक भ्रमण गराउँदा ज्येष्ठ नागरिकहरुमा हौसला प्राप्त हुने भएकाले कार्यक्रम राखिएको समितिका अध्यक्ष ललित श्रेष्ठले बताए । ]उनका अनुसार ज्येष्ठ नागरिकहरु बिहान ५ बजेदेखि नै ज्येष्ठ नागरिक भवनमा आएर बसेको सुनाए ।समितिको वडा नम्बर ११ मा आफ्नै भवन छ । धार्मिक भ्रमणमा ज्येष्ठ नागरिकलाई हौसला प्रदान गर्न वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, वडा सदस्य गायत्री थापा, गेनादेवी पासवान, वडासचिव सरस्वती ढकालका साथ

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 906 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बार्षिक उत्सवमा जेहेन्दार विद्यार्र्थी पुरस्कृत

    धरान । धरान ११ कल्याणचौकमा रहेको भिक्टोरी रेसिडेन्सियल स्कुलले बार्षिकोत्सवको अवसर पारेर प्रोत्साहन स्वरुप विभिन्न विधामा उत्कृष्ट पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।स्कुलले बुधबार ३४ औं बार्षिकोत्सवको अवसर पारेर जुनियर र सिनियर कक्षाका कक्षामा टप ल्याउने विद्यार्थी, आउट स्टेन्डिङ, हेड राइटिङ, सफा सुग्घरमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साह स्वरुप पुरस्कृत गरेको हो । धरान उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष लोकेन्द्र फागोको प्रमुख आतिथ्यमा सम्पन्न ३४ औं बार्षिकोत्सवको अवसरमा विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको स्कुलका अध्यक्ष विनोदकुमार राईले बताए । उ

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 868 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘जीवन स्तर उकास्ने राज्यको नीति नै छैन’

    धरान । साना व्यवसायीहरुलाई राज्यबाट हेर्ने दृष्टिकोणमा फरक रहेको व्यवसायीहरुले बताएका छन् । नेपाल साना उद्योग व्यवसायी संघ प्रधान कार्यालय धरानको २२ औ साधारणसभा तथा १० औ अधिवेशन कार्यक्रमका अवसरमा व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् । धरान २० माछामारामा रहेका गोर्खा स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष झलकमान श्रेष्ठले साना व्यवसायिक अहिले पीडामा रहेको बताएका छन् । उनले कोरोना सक्रमणको असर अहिलेसम्म रहेको बताए । उनले भने–‘कोरोना संक्रमणको असर अहिलेसम्म छँदैछ, फेरि आर्थिक संक्रमण भएको छ, साना व्यवसायीहरुको रोजीरोटी गुम्ने अवस्थामा छ, सरकारले यस्ता व्यवसायीका लाग

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 814 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मन्दिरको संरक्षणमा स्थानीय सरकार गम्भीर छैन

    विजयपुर । धरान उपमहानगरपालिकाभित्र सैयौ मठमन्दिर रहेका छन् । यसमध्ये पनि सबैभन्दा बढी मठमन्दिर धरान १४ विजयपुरमा रहेका छन् । यसबाहेक अन्य वडामा समेत पुराना ऐतिहासिक मठ मन्दिरहरु छन् । तर ती मन्दिरको संरक्षण हुन नसक्दा दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् । यसको प्रत्यक्ष उदाहरण बनेको धरान उपमाहानगरपालिका वडा नम्बर ५ निशान डाँडामा रहेको निसानदेवी माताको मन्दिर । यो मन्दिर संरक्षणको अभावमा दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । अहिले यो मन्दिरको भित्ता उप्किएको अवस्थामा रहेको छ भने टिनका छाना चुहिने अवस्थामा पुगेका छन् भने पर्खाल समेत भत्किन थालेको छ । स्थानीय चन्द्रमान श्रेष्ठका अनुसार यो २०५५ सालमा स्थ

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 895 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved