समाज

    Showing २०१-२१० of ७,१०९ items.
  • प्रेस युनियन सुनसरीमा आधा कार्यकाल मात्रिकालाई, आधा उषाकिरणलाई

    इटहरी/ नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा सञ्चारकर्मी मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित भएका छन् । युनियनको तीन वर्षे कार्यकालका लागि भएको सहमतिअनुसार नेपाल र घिमिरेले आलोपालो अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन् । सहमति अनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले युनियनको नेतृत्व गर्नेछन् भने त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरे अध्यक्ष बन्नेछिन् । युनियनको अधिवेशनमा नेतृत्वका लागि सहमति जुटेपछि दुवै जना निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्ष खुलातर्फ सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती चौधरी र समावेशी उपाध्यक्षमा वीरेन्द्र साह र

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • ३४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगर बोकेर मोटरसाइकलमा यात्रा गर्दै गरेका धरानका दुई जना इनरुवामा पक्राउ

    इनरुवा/ सुनसरीको इनरुवाबाट लागूऔषध ब्राउन सुगर सहित मोटरसाइकलमा यात्रा गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले  शनिबार दिउँसो करिब २ बजे इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ निवासी ४३ वर्षीय अर्जुन राई र सोही स्थानका ३३ वर्षीय प्रेमबहादुर राई रहेका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प १३५ नम्बरको मोटरसाइकललाई शंका लागेर प्रहरीले रोकी खानतलासी गर्दा उनीहरूको साथबाट ५

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • ६०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १० वर्षीया बालिकालाइ जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

    तानसेन/ पाल्पामा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बगनासकाली पोखराथोकका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत २०८३ साउन ५ गते दिउँसो करिब ३ः३० बजे पाल्पा जिल्लाभित्र बस्ने १० वर्षीया बालिका र १६ वर्षीय युवकबिचको घटनासम्बन्धी उजुरी परेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको जनाएको छ। आरोपितले बालिकालाई आफ्नो घरमा बोलाइ लिची खान दिने भन्दै घरको माथिल्लो तलाको कोठामा लगेर जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेको प्रहरीले जनाएको छ। पीडित पक्षको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनामा संलग्न भएको आरोपमा बालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले घटनाको अनुसन्धानका लागि

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • २७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फोनमा ठूलो स्वरमा बोलेको विषयले लियो ज्यान, तीन छोरासहित गर्भवती श्रीमतीको बिचल्ली

    बागलुङ/ बागलुङको काठेखोला गाउँपालिका–३, माझँकटेरामा सँगै लेबर काम गर्दै आएका साथीबीचको सामान्य विवाद हत्यासम्म पुगेको छ। फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर सुरु भएको झैझगडाले एक जनाको ज्यान गएपछि प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। गत साउन २६ गते राति अन्दाजी ९ः४० बजे काठेखोला गाउँपालिका–३, माझँकटेरास्थित श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा बस्दै आएका ३६ वर्षीय अशोक खत्रीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। प्रारम्भिक अनुसन्धानबाट सँगै लेबर काम गर्ने ढोरपाटन नगरपालिका–६ का २५ वर्षीय अर्जुन घर्ती मगरले खत्रीमाथि धारिलो चक्कु

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा नगर अस्पतालबाटै मोतिया बिन्दुको अप्रेसन

    वराहक्षेत्र/ बराहक्षेत्र नगर अस्पताले मार्सिक रुपमा मोतिया बिन्दुको अप्रेसन कार्यक्रमको नियमितमा संचालन गरेसंगै मोतिया बिन्दुको अप्रेसन गर्न स्थानिय सेवा ग्राहिलाई नगर बाहिर जानू पर्ने वाध्यताको अन्त्य भएको छ । नगर अस्पताले मार्सिक रुपमा मोतिया बिन्दुको अप्रेसन कार्यक्रमको नियमितमा संचालन गर्दै आएको छ । चक्रघट्टि स्थित बराहक्षेत्र नगर अस्पताल अन्तर्गत सञ्चालित बराहक्षेत्र आँखा उपचार केन्द्रमा मोतिया बिन्दुको अप्रेसन कार्य सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । अस्पताले मोतिया बिन्दुको परिक्षण गर्ने र मोतिया बिन्दुको निशुल्क रुपमा शल्यक्रिया अर्थात अप्रेसन कार्य गर्ने गरेको छ । नि

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ओझेलमा लेम्लेमा झरना, पर्यटकीय गन्तव्य बनाउन संरक्षण र प्रवर्द्धनको माग

    धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ अन्तर्गत हर्दिया, दिलुङटार, सालुम र सानोसफाइ क्षेत्रको संगमस्थलमा रहेको लेम्लेमा झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि संरक्षण र प्रवर्द्धनको आवश्यकता रहेको स्थानीयहरूले बताएका छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रको झरना, हरियाली वातावरण र शान्त परिवेशले पर्यटक आकर्षित गर्ने ठूलो सम्भावना बोकेको भएता पनि आवश्यक प्रचारप्रसार, पूर्वाधार विकास र संरक्षणको अभावमा अझै ओझेलमा परेको स्थानीयहरूको भनाइ छ। स्थानीयवासीका अनुसार लेम्लेमा झरनालाई व्यवस्थित रूपमा विकास गर्न सकेमा यसले स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै रो

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ३०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय बालक

    नवलपरासी/  पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालक तीन दिनपछि जंगलमा सकुशल फेला परेका छन्। अबोध बालक जंगलमा हराएपछि परिवार, आफन्त र स्थानीयवासीमा छाएको चिन्ता र पीडा बालक भेटिएसँगै खुसीमा परिणत भएको छ। भागर निवासी हेमकुमारी आले च्याउ टिपेर घर फर्कने क्रममा उनका नाती हराएपछि परिवारले बालकको खोजीका लागि स्थानीयवासी तथा सुरक्षाकर्मीलाई खबर गरेका थिए। बालक कहाँ पुगे होलान् भन्ने चिन्ताले परिवार मात्रै होइन, सिंगो गाउँ नै बेचैन बनेको थियो। बालकको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी निरन्तर खटिएका थिए। सशस्त्र प्रहरी बल नेपाल औद्योगिक

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • २८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ

    काठमाडौँ/ प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ गरेको छ । पौडेललाई चेक बाउन्सको मुद्दामा बिहीबार टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । उनीमाथि दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए । जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए।

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • १४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कर्णालीले पठायो प्रधानमन्त्री बालेन शाहलाई ऐन संशोधन प्रस्ताव

    काठमाण्डौं/ प्रस्तावित सवारी तथा यातायात ऐन, २०८३ संशोधनको माग राख्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सुझाव पठाएको छ । बिहिबार जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्द्रा धामी, जिफन्ट कर्णाली प्रदेशका कार्यवाहक अध्यक्ष राधा श्रेष्ठ, सचिव श्रीपाल सारु मगरलगायतका प्रतिनिधि सहभागी श्रमिकहरुको टोलीले मस्यौदामाथिका तीनमहले सुझाव मुख्यमन्त्री शाहीलाई हस्तान्तरण गरेको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र महासचिव केशवबहादुर थापाद्धारा हस्ताक्षरित सुझावमा सरोकारवालासँग पर्याप्त छलफल न

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • ६५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागु औषधसहित सुनसरीबाट पाँच युवा पक्राउ

    धरान/ इटहरी उपमहानगरपालिका–८ स्थित बिजुली अफिस नजिकबाट प्रहरीले खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका प्रहरी कार्यालय इटहरी र अस्थायी प्रहरी बिट पूर्वी गैसारबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–५ का २६ वर्षीय निकेश माझी, इटहरी उपमहानगरपालिका–८ का २२ वर्षीय युवराज विक, मोरङको केरावारी गाउँपालिका–१ का २१ वर्षीय रेजन विश्वकर्मा र झापाको अर्जुनधारा नगरपालिका–

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • ४२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved